मूख्य समाचार

दुर्घटनामा तीनको मृत्यु
जनकपुर, १३ वैशाख (रासस) ःधनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ सिन्धुलीटोलमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । ना.२ख ८६२४ नंको ट्रकमा लु८३ प ८६५१ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ का १९ वर्षीय सुमित टिण्डेवाल र धनुषाकै बिदेह नगरपालिका–६ का २२...
निर्वाचन सुरक्षामा होमियो सुरक्षा संयन्त्र, एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन
नारायण ढुङ्गाना काठमाडौँ, १० वैशाख (रासस) : नेपालको सुरक्षा संयन्त्र यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ । सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन, रेखी तथा स्थलगत निरीक्षणको काम गरिरहेको छ भने निर्वाचन गतिविधि सुरु भएको क्षेत्रमा...
आगलागीबाट चार बालबालिकाको मृत्यु
कर्णाली, १० बैशाख (रासस) :तिला गाउँपालिकाका–३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरु ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना...
देशभर सुरु भयो आजदेखि एसइई परीक्षा
भक्तपुर, ९ वैशाख (रासस) :यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभर दुई हजार सात परीक्षा केन्द्रबाट एकैपटक परीक्षा सञ्चलन गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा शान्तिपूर्णरूपमा सम्पन्न गर्न तथा गराउन सबैमा आग्रह गर्नुभएको छ । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७७...
७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
काठमाडौँ, ८ वैशाख (रासस) ःआसन्न स्थानीय तह निर्वाचन सम्पन्न गराउन आज ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६७६ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम रहेको स्थानीय तहको केन्द्र र ६७६ निर्वाचन अधिकृतले सम्बन्धित पालिकाको केन्द्रमा कार्यालय स्थापना भएको आयोगले जनाएको छ । कार्यालयले यही...
सत्ता गठबन्धनले टुङ्गो लगायो महानगर र उपमहानगरमा सिट बाँडफाँट
काठमाडौँ, ७ वैशाख (रासस) :पाँच दलीय गठबन्धनले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाहरुका प्रमुख र उपप्रमुख पदमा उम्मेदवारको सिट बाँडफाँट टुङ्ग्याएका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको गठबन्धनका शीर्षनेताको बैठकले सो सहमति गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गठबन्धन दलबीच कांग्रेसले काठमाडौँ, ललितपुर र...
गण्डकी प्रदेशका सम्पदा सूचीकृत गर्न आग्रह
जमुना वर्षा शर्मा पोखरा, ७ वैशाख (रासस) ः गण्डकी प्रदेशका प्राकृतिक सम्पदाहरुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीले आग्रह गरेको छ । विश्व सम्पदा दिवसको अवसरमा नाट्टा गण्डकीले प्रदेशमा रहेका ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक पुरातात्विक महत्व बोकेका स्थल पहिचान र संरक्षणका लागि सरोकारवालाबीच छलफल गर्दै युनेस्कोको लिष्टमा भएका...
चट्याङबाट वृद्धको मृत्यु
मकवानपुर, ७ वैशाख (रासस) :मकवानपुरमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोले छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार गए राति वर्षासँगै आएको चट्याङ लागेर गोले गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौँडा ल्याउँदै...
गर्भनरविरुद्धको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
काठमाडौँ, ६ वैशाख (रासस) :सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले आज छानबिन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । आदेशमा भनिएको छ, “नेपालको संविधानको धारा १३२ (२) तथा धारा...
आजदेखि राष्ट्रिय कृषिगणना
पोखरा, ६ वैशाख । केन्द्रीय तथ्याङ्क विभागले आजदेखि राष्ट्रिय कृषिगणना शुरु गरेको छ । हरेक १०÷१० वर्षमा राष्ट्रिय कृषिगणना हुँदै आएको छ । यसपटक सातौं कृषिगणना हो । गणना वैशाख ६ देखि जेठ १९ गतेसम्म हुनेछ । ४५ दिनमा दुई चरणमा गणना हुनेछ । पहिलो चरणमा सूचीकरण हुनेछ भने दोस्रो चरणमा मुख्य प्रश्नावली भरिने छ...
बालबालिकालाई आज र भोली भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
पोखरा, ६ वैशाख । सरकारले आज र भोली बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकाकालाई जुकाको औषधि खुवाउन लागेको हो । भिटामिन ‘ए’ क्याप्सुल २७ लाख बालबालिका तथा जुकाको औषधि २४ लाख बालबालिकालाई...
सडकमा विद्युतीय सवारी बढ्दै, आठ महिनामै भित्रियो एक हजार ३५७ सवारी साधन
रमेश लम्साल काठमाडौँ, ५ वैशाख (रासस) ः नेपाल विद्युत् प्राधिकरणले टाटा कम्पनीको २० वटा विद्युतीय सवारी (इभी) साधन खरिद ग¥यो । नेपालमा विद्युतीय सवारी साधनको प्रयोगमा उदाहरण पेस गर्ने लक्ष्यका साथ प्राधिकरणले एकै पटक ठूलो परिमाणमा त्यस्ता सवारी साधन भित्र्याएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार ती सवारी साधन काठमाडौँ उपत्यकामा प्रयोग गर्ने...