मूख्य समाचार

माटोमा पुरिएर जुम्लामा दुई बालकको मृत्यु
खलङ्गा, २१ वैशाख (रासस) :जुम्लाको तिला गाउँपालिका–२ मा घरको जग लगाउँदै गर्दा आएको सुक्खा पहिराले दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार तिला– २ लिहीका स्थानीयवासी रणबहादुर बोहोराको घरको जग लगाउँदै गर्दा खेलिरहेका दुई बालकको सुक्खा पहिराले च्यापिएर मृत्यु भएको जानकारी दिनुभयो । लगाउँदै गरेको घरको माथिबाट...
मनाइयो इदुल फित्र
काठमाडौँ, २० वैशाख (रासस)ःअरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले नमाज पाठ गर्नाका साथै ठूलाबडाबाट आशीर्वाद लिएर इदुल फित्र पर्व मनाएका छन् । दशौँ महिनाको पहिलो दिन नमाज पाठ सकेपछि तीन दिनसम्म आफ्ना मान्यजनबाट आशीर्वाद लिइन्छ । यसपर्वमा आफूभन्दा सानालाई आशिर्वाद दिने र आशीर्वाद लिन आउने आफन्तलाई सेवई,...
सन्दर्भ अन्तर्राष्ट्रिय श्रमिक दिवस : श्रमिकका हक संविधानमा लेखिए, व्यवहारमा आएन
काठमाडौँ, १८ वैशाख (रासस) :‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिष्य श्रमिक दिवस मनाइँदैछ । एक सय ३६ वर्षदेखि निरन्तर मनाउन सुरु गरिएको श्रमिक दिवसले श्रमिकको एकता, वीरता र गौरवपूर्ण इतिहास बोकेको...
होटलमा युवती मृत फेला
गोदावरी, १७ वैशाख (रासस) :कैलालीको एक होटलमा एक युवती मृतावस्थामा फेला परेकी छन् । लम्की–चुहा नगरपालिका–३ स्थित धमला होटलमा ती युवती मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी सहायक निरीक्षक मदनराज उपाध्यायका अनुसार आज दिउँसो साढे १ बजे भोजपुर घर भएकी अन्दाजी २५ वर्षीया रोशनी राई मृत फेला परेकी हुन् । उनी...
उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै
काठमाडौँ, १७ वैशाख (रासस) :देशभरका निर्वाचन अधिकृतको कार्यालयबाट आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदैछ । शुक्रबार साँझ प्रकाशित अन्तिम नामावलीअुनसार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्न लागिएको हो । यही वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ता गराएर मनोनयन फिर्ता नलिएका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन अधिकृतले उम्मेदवारलाई निर्वाचन...
बर्डफ्लू भेटियो, तीन हजार ४५३ कुखुरा नष्ट
बागमती, १६ वैशाख (रासस) :बागमती प्रदेशको राजधानी हेटाँैडाको एक कुखुरा फार्ममा बर्डफ्लू भेटिएको पुष्टि भएपछि आज त्यहाँको तीन हजार ४५३ कुखुरा, ५८० अण्डा र ५० केजी दाना नष्ट गरिएको छ । भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र मकवानपुरका अनुसार हेटाँैडा उपमहानगरपालिका–७ नागस्वतीस्थित व्यवसायी राजन खतिवडाको आदर्श कुखुरा फार्ममा बर्डफ्लू भेटिएपछि प्राविधिकसहितको टोली खटाएर उक्त परिमाणको कुखुरा,...
यसरी अवतरण भयो वाइड बडी भैरहवा विमानस्थलमा
सिबी अधिकारी काठमाडौँ, १६ वैशाख (रासस) ः संघीय राजधानी काठमाडौँको २२ डिग्री तापक्रम । बिहीबार अपराह्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन अघिल्तर यात्रुको भीडभाड । समूह, समूहमा भलाकुसरी गरिरहेको दृश्य कुनै मेला महोत्सवकै भान दिन्थ्यो । सायद पहिलोपटक हुनुपर्छ यती धेरै भीडभाड आन्तरिक टर्मिनलमा तर, यो भीडभाड व्यवसायिक उडानका यात्रु नभई परीक्षण उडानका लागि...
पानी माग्दै पूजा !
बागलुङ, १५ वैशाख (रासस) ःसुक्खायाम चलिरहेको छ । खेतीबाली सप्रेको छैन । किसानलाई पिरलो छ । खडेरीले दिन पनि यसै उराठिला छन् । पानी पर्ने छाँटकाँट छैन । यस्तोमा यहाँका स्थानीयवासीले पुरानो रीतिलाई पछ्याएका छन् । चुनावी सरगर्मी छलेर गलकोट नगरपालिका–७ मल्मका बासिन्दा बिहीबार ‘टापु’ पुगे । पानी परोस् भनेर प्रकृति र देउता पुजे ।...
चितवनको नारायणगढमा आगलागी
चितवन, १५ वैशाख (रासस) :नारायणगढ बजारस्थित कमलनगर चोकमा भीषण आगलागी भएको छ । तुलसीराम सापकोटाको चार तले घरमा गए रातिदेखि लागेको आगो आज बिहान ७ बजे मात्र निभाइएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो निभाइएको हो । प्रहरीले आगो लागेको...
जेठदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा
काठमाडौँ, १४ वैशाख (रासस) ःसरकारले आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन सावर्जनिक बिदा दिने निर्णय गरेको छ । हाललाई परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार हप्तामा दुई दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यही वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री तथा सरकारका...
कास्कीका निर्माण व्यवसायी आन्दोलनमा,कन्स्ट्रक्सन होलिडे घोषणा
पोखरा, १४ वैशाख । नेपाल निर्माण व्यवसायी महासंघको आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार कास्की जिल्लाका निर्माण व्यवसायीहरुले गण्डकी प्रदेश प्रमुख र जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना दिएका छन् । महासंघका केन्द्रीय सदस्य शुरेस श्रेष्ठको नेतृत्वमा निर्माण व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालयको गेट अगाडि एक घण्टा धर्ना दिएका हुन् । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएको महासंघले...
मुलुकको वातावरण निर्वाचनमय
नारायण ढुङ्गाना काठमाडौँ, १३ वैशाख (रासस) : मुलुकका ७५३ वटै स्थानीय तहमा राजननीतिक दलबाट उम्मेदवारी मनोनयन दर्तासँगै मुलुकको वातावरण निर्वाचनमय बन्न पुगेको छ । यही वैशाख ३० मा हुन लागेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछिको दोस्रो स्थानीय तह निर्वाचन आउन अब १७ दिनमात्रै बाँकी रहँदा निर्वाचन आयोगले आफ्नो तयारीलाई अझै तीव्र पारिरहेको छ भने राजनीतिक दल र...