मूख्य समाचार

पोखरामा १८ औं रोपाइँ महोत्सवको रौनक [फोटो फिचर]
असार १५ अर्थात् राष्ट्रिय धान दिवस । यसै दिन ‘पोखरा सबै मौसमका लागि’ भन्दै वर्षेनी आयोजना हुने रोपाइँ महोत्सव यो पटक पोखरा–१३ कसेरीमा आयोजना भयो । पोखरामा हरेक वर्ष फरक फाँटमा रोपाइँ महोत्सव हुँदै आएको छ। पोखरामा पर्यटन प्रवर्द्धन गर्न र धानखेतीबारे सचेतना फैलाउने उद्देश्यले यो महोत्सव आयोजना हुने गरेको छ। पोखराका पर्यटन व्यवसायीको छाता...
यस्तो हुनेछ तीन दिनको मौसम, सतर्कता अपनाउन आग्रह
मौसम विश्लेषण (Meteorological Analysis) हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल मौसमको अवस्था (Present Weather Status) देशभर आँशिक देखि सामान्य बदली  रही गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । २०८० आषाढ १६ गते (शनिबार) दिउँसो:  देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू...
पोखरा सडक महोत्सवको संयोजक र सह–संयोजक चयन
पोखरा, १४ असार । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखरा २५ औं सडक महोत्सवको तयारीमा जुटेको छ । अंग्रेजी नयाँ वर्षका अवसरमा सञ्चालन हुने महोत्सवको यो संस्करणका लागि रेवानले संस्थाका प्रथम उपाध्यक्ष विश्वराज पौडेललाई संयोजकमा चयन गरेको छ । त्यसैगरी सह–संयोजकमा सह–कोषाध्यक्ष वैभव पौडेललाई चयन गरिएको छ । रेवान पोखराका अध्यक्ष नरेश भट्टराई अध्यक्षतामा बसेको...
पाउदुरको जाम हटाउन वैकल्पिक सडक सञ्चालन गरिने
पोखरा, १४ असार । कास्कीको अन्नपूर्ण गाउँपालिका –३ को पाउदुरको पहिरोले मध्य पहाडी लोकमार्गको पोखरा–बाग्लुङ खण्डमा भएको सवारी जामको समस्या हटाउन दुई वटा वैकल्पिक सडक सञ्चालन गरिने भएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली, मन्त्रालयका उपसचिव लक्ष्मी भण्डारी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर केसी, मध्य पहाडी लोकमार्ग...
ठूला दरका भारतीय नोटलाई वैधानिकता दिन व्यवसायीको माग
पोखरा, ११ असार । नेपाल राष्ट्र बैंक पोखराकी निर्देशक आर्या जोशीले आपूर्ति बढी हुँदा बजारमा भारतीय रुपैयाँ छ्यापछ्याप्ति भएको बताउनुभएको छ । ‘भारतीय पर्यटकहरुको आवागमन बढेको छ, सीमा क्षेत्रमा त क्यासिनो पनि खुलेका छन्,त्यहाँबाट भारतीय रुपैयाँ भित्रिएको छ’उहाँले भन्नुभयो्,‘भारतबाट हुने आयात कम हुँदा माग भने कम भएको छ ।’ निर्देशक जोशी पोखरा उद्योग वाणिज्य संघले...
चट्याङ लागेर पोखरामा एकको मृत्यु
पोखरा, १० असार । चट्याङ लागेर पोखरामा एक जनाएको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं २३ हर्पनका ४९ वर्षीय देव बहादुर बि.कको मृत्यु भएको हो । शनिवार घरको ढोका लगाउने क्रममा चट्याङ लागेको थियो । चटयाङ् लागेर बेहोस भएको अवस्थामा प्रहरीले बि.कको उद्वार गरी उपचारका लागि मेट्रोसिटी हस्पिटलमा लगेकोमा उपचारका क्रममा आइतबार दिउँसो...
आजदेखि पोखरामा चिनियाँ ड्रागन रेस फेस्टिभल
पोखरा, ८ असार । पोखराको फेवातालमा शुक्रबार नेपाल–चाइना ड्रागन बोट रेस फेष्टिवल हुने भएको छ । चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । असार ८ र ९ गते हुने प्रतियोगितामा चिनियाँ ४ टिम र नेपाली ४ टिम गरी ८ टिमको सहभागिता रहने छ...
गण्डकी प्रदेशद्वारा ५० लाख बढिको बिपद्मा प्रयोग हुने सामग्री हस्तान्तरण
पोखरा, ७ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिपद्बाट हुने जनधनको क्षती न्यूनिकरण गर्न, उद्धार, उपचार, राहतका सबालमा विषेश ध्यान दिन निर्देशन दिनुभएको छ । बिहीवार आयोजित प्रदेश विपद् ब्यवस्थापन परिषद्को बैठकमा बोल्दै उहाँले भन्नुभयो ‘हामीले सर्वसाधारण नागरिकको सेवा सँधै गर्नु नै पर्छ, दुःख परेका बेला सहयोगको आशा अझै धेरै हुन्छ, जनतासँग प्रदेश सरकार...
गण्डकीमा ‘सुरक्षित ग्रामीण सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी’ कार्यक्रम
पोखरा, ६ असार । गण्डकी प्रदेशमा सुरक्षित ग्रामीण सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी २०८० कार्यक्रम संचालन गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय गगनगौडा कास्कीको अवधारणा अनुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको समन्वय एवं सहकार्य र प्रदेश अन्तर्गत रहेका ११ वटै जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुको...
पोखराका २१ वाङ्मयिक संस्थाले विश्व संगीत दिवसमा सांगीतिक कार्यक्रम गर्ने
पोखरा, ४ असार । पोखराका २१ वाङ्मयिक संस्थाले विश्व संगीत दिवसका अवसरमा सांगीतिक कार्यक्रम गर्ने भएका छन् । सप्तरंगी सांस्कृतिक प्रतिष्ठान पोखराको मुख्य आयोजना र अन्य २० वाङ्मयिक संस्थाको सहआयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । पोखरा उद्योग बाणिज्य संघको सभाहलमा असार ६ गते दिउँसो ३ बजे हुने कार्यक्रममा लोकदोहोरी, मौलिक गीत, शास्त्रीय संगीत, लोक...
साहसिक पर्यटन तान्दै पर्वत
पोखरा, ४ असार । पर्वतले साहसिक पर्यटकलाई आतिथ्यता दिन थालेको धेरै भएको छैन् । पर्वतलाई २०४८ साल तिर पर्वत सडक सञ्जालले जोडेपछि नै कालगण्डकीमा सेता छाला भएकाहरु पुग्न थालेको पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका संस्थापक अध्यक्ष शिव शर्मा पौडेल सम्झनु हुन्छ । ‘२०४८ मा पर्वत सडक सञ्जालले जोडिएपछि २०५०÷५१ तिरबाट कालीगण्डकीमा ¥याफ्टिङ चल्न सुरु भएको हो,’...
बैंकर डा. बुद्धि मल्लको “सफलता सम्भव छ” बिमोचन
पोखरा, २ असार । बैंकर डा. बुद्धि मल्लको पुस्तक “सफलता सम्भव छ” को बिमोचन भएको छ । शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तक नेपाल ब्यवस्थापन संघका अध्यक्ष उपेन्द्र पौड्याल र नेपाल बैंकर संघका अध्यक्ष सुनिल के.सि.ले संयुक्त रुपमा बिमोचन गर्नुभएको थियो । पर्फमेन्स म्यानेजमेन्ट कोच तथा लेखक डा. मदन बिष्ट र पत्रकार तथा लेखक रोहित...