मूख्य समाचार

बस दुर्घटनाः पाँचको अवस्था जटिल, एक बेपत्ता
डोटी, ७ जेठ (रासस)ःडोटीमा आज बिहान बस दुर्घटना भएको छ । दुर्घटनामा परी घाइते भएका १२मध्ये पाँच जनाको अवस्था जटिल रहेकाले उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको दिपायल इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाले जानकारी दिनुभयो । उक्त दुर्घटनमा एक बालक बेपत्ता भएका छन् । अछामको चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिने छोरा...
हावाहुरीको कारण मृत्यु हुने तीन जनाको सनाखत
चितवन, ७ जेठ (रासस) ःशुक्रबार साँझ आएको हावाहुरीका कारण मृत्यु भएका तीन जनाको सनाखत भएको छ । हावाहुरीले रुख ढाल्दा च्यापिएर एउटा अटो र एउटा म्याजिकमा सवार तीन जनाको मृत्यु भएको थियो । यससँगै जिल्लाका विभिन्न क्षेत्रमा हावाहुरीका कारण ठूलो क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–११ को भोजाड जङ्गलमा...
जेठ १० गते सरकारको नीति तथा कार्यक्रम
काठमाडौँ, ६ जेठ (रासस) :गठबन्धन सरकारको नीति तथा कार्यक्रम यही जेठ १० गते मङ्गलबार सङ्घीय संसद्मा पेश हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसदिन सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई जानकारी गराउनुभयो । त्यसदिन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक संयुक्तरूपमा बोलाइएको छ । अपराह्न...
पोखरा महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै
गण्डकी, ६ जेठ (रासस) :पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । महानगरको ६४ हजार ११ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले २६ हजार ४११ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले २३ हजार २४५ मत प्राप्त गर्नुभएको छ । आचार्यले...
पोखरामा रगत अभाव
कास्की, ५ जेठ (रासस) ःस्थानीय तह निर्वाचनका कारण एक साताभन्दा बढी समयदेखि रगत आपूर्ति नहुँदा पोखरामा अत्यावश्यक रगतको अभाव भएको छ । निर्वाचनका समयमा विभिन्न सङ्घ संस्थाले आयोजना गर्ने रक्तदानका कार्यक्रम रोकिएपछि नेपाल रेडक्रस सोसाइटी कास्कीअन्तर्गतको क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखरामा रगत अभाव भएको हो । केन्द्रमा रगत अभाव हुन थालेपछि अस्पतालमा उपचाररत बिरामीलाई आपूर्तिमा कठिनाइ...
पोखरामा गणना ढिलो भएपछि मतगणनास्थल थप
कास्की, ४ जेठ (रासस) :स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्कीका पाँच पालिकामध्ये चार गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकाको परिणाम सार्वजनिक भइसक्दा पनि पोखरा महानगरको गणना जारी छ । वैशाख ३१ गतेबाट पोखराको मतगणना सुरु भएकामा महानगरका ३३ वडामध्ये हालसम्म वडा नं १, २, ४, १२ र २३...
मदन–आश्रित स्मृति दिवस मनाइँदै
चितवन, ३ जेठ (रासस) ःनेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभागका प्रमुख जीवराज आश्रितको स्मृति दिवस आज मनाइँदै छ । विसं २०५० जेठ ३ गते हालको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा जीप दुर्घटना हुँदा उहाँहरुको निधन भएको थियो । विगतका वर्षहरूमा ठूला कार्यक्रमसमेत हुने भए पनि यस वर्ष मतगणना भइरहेकाले जिल्लामा ठूला कार्यक्रमा राखिएको छैन...
हालसम्म १३० पालिकाको मतपरिणाम सार्वजनिक
काठमाडौँ, २ जेठ (रासस) :स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत हालसम्म १३० वटा पालिकाको सम्पूर्ण परिणाम सार्वजनिक भएको छ । गत वैशाख ३० गते विभिन्न कारणले निर्वाचन अवरुद्ध भएका २९ र उम्मेदवारको मृत्यु भएका कारणले जेठ ३ गते निर्वाचन हुने दुई स्थानीय तह र गोरखाको चुम्नुब्री गाउँपालिकाबाहेक अन्य सबै पालिकामा मतगणना कार्य जारी रहेको निर्वाचन आयोगले...
चट्याङले युवाको मृत्यु
झापा, २ जेठ (रासस) :आइतबार राति अविरल वर्षासँगै परेको चट्याङ लागेर हल्दिबारी गाउँपालिका–२ राइटोल निवासी २६ वर्षीय युवा भेना हास्दाको मृत्यु भएको छ । उहाँलाई राति घरबाट शौचालय जान बाहिर निस्किएको अवस्थामा चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले बताउनुभयो ।
मुग्लिङ–पोखरा सडक : पश्चिम खण्डबाट विस्तारको काम सुरु
कृष्ण न्यौपाने दमौली, २ जेठ (रासस) : पृथ्वीराजमार्गको मुग्लिङ–पोखरा सडक विस्तारकार्यअन्तर्गत तनहुँको पश्चिम खण्डबाट काम सुरु भएको छ । राजमार्ग विस्तारकार्यका लागि जामुने–पोखरा खण्डअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित कोत्रेबाट विस्तारको काम सुरु भएको हो । राजमार्गलाई चार लेनको बनाउन तनहुँमा दुई खण्ड विभाजन गरी कामलाई अगाडि बढाइएको छ । पश्चिम खण्डमा सडक चौँडा बनाउने कामको पश्चिम...
नेपाल–भारत वार्ता जलविद्युत्, विकास र सम्पर्क सञ्जाल विस्तारमा केन्द्रित हुने
लुम्बिनी, २ जेठ (रासस) ःप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज मध्याह्न यहाँ हुने द्विपक्षीय वार्ता जलविद्युत् आयोजना निर्माण, नेपालको भौतिक पूर्वाधार विकास र सम्पर्क सञ्जाल विस्तारका विषयमा केन्द्रित हुने भएको छ । दुई देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच हुने वार्तामा आपसी हित र चासोका समग्र पक्षमा विचारविमर्श हुनाका साथै व्यापार, पर्यटन, लगानी,...
त्रिविमा आइतबार पनि नियमित पठनपाठन हुने
काठमाडौँ, १ जेठ (रासस)ःत्रिभुवन विश्वविद्यालयले हप्ताको छ दिन नै नियमित पठनपाठन र अन्य सेवाहरु सञ्चालन गर्ने भएको छ । नेपाल सरकारले परीक्षणका रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन (प्रत्येक शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको सन्दर्भमा विश्वविद्यालयले आज एक सूचना जारी गरी अर्को सूचना नभएसम्मका लागि साबिकबमोजिम नै आइतबारसमेत...