मूख्य समाचार

धार्मिक वन हस्तान्तरण
म्याग्दी, २३ जेठ (रासस) ःम्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पीपलबोटमा धार्मिक वन समुदायलाई हस्तान्तरण गरिएको छ । सार्वजनिक जग्गाको संरक्षण र वन विकासमार्फत पर्यटन विकास गर्ने उद्देश्यले पीपलबोटको कैलाशफाँटमा धार्मिक वन स्थापना गरिएको हो । १.०६५ हेक्टर क्षेत्रफलमा फैलिएको वन आइतबार समुदायलाई हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय, म्याग्दीले जनाएको छ । कार्यालय प्रमुख मनोज रानाभाटले विश्व...
सफा हिमाल अभियान : चारवटा हिमाल क्षेत्रबाट निकालियो झन्डै ३४ टन फोहर
नारायण ढुङ्गाना काठमाडौँ, २२ जेठ (रासस) :नेपाल सरकारको योजनाअनुसार नेपाली सेनाले सञ्चालन गरेको ‘सफा हिमाल अभियान’अन्तर्गत विभिन्न हिमाल क्षेत्रबाट यस वर्ष झन्डै ३४ टन फोहर निकालिएको छ । तीनवर्षे अभियानमा यो पटक (सन् २०२२ मा) सबैभन्दा बढी फोहर सङ्कलन गरिएको हो । यसअघि सन् २०१९ मा १० टन र सन् २०२१ मा २७.६ टन फोहर...
चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु
चितवन, २२ जेठ (रासस) :चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न तथा बस्तु चराउन गएका २२ जनाको जङ्गली जनावरको आक्रमणबाट मृत्यु गएको छ । चालू आर्थिक वर्षमा निकुञ्ज सुरक्षामा खटिँदा, घाँस दाउरा गर्न जाँदा, पूजा गर्न जाँदा, पर्व मनाएर घर फर्कदै गर्दा जङ्गली जनावरको आक्रमणमा परी विभिन्न समयमा उनीहरुको मृत्यु भएको हो...
यात्रुबाहक बस खोलामा खस्दा नौ जनाको मृत्यु
रुपन्देही, २२ जेठ (रासस)ःभैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रुबाहक बस खस्दा नौ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् । ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नंको बस आज बिहान करिब पौने ५ बजे रोहिणी पुलबाट खोलामा खसेको हो । चौतीस...
भारतबाट फर्किएकामा देखिन थाल्यो कोरोना सङ्क्रमण
बैतडी, २१ जेठ (रासस)ःसुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ । यहाँ थप एक जनामा कोरोना सङ्क्रमण देखापरेको हो । शुक्रबार २१६ जनामा परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार गौरीफन्टा नाकाबाट स्वदेश आइरहेका कैलालीका एक व्यक्तिमा सीमा नाकामै एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको हो...
प्रशासन कार्यालयद्वारा रातिको समयमा पनि सेवा
बैतडी, २० जेठ (रासस) : जिल्ला प्रशासन कार्यालय बैतडीले रातिको समयमा पनि सेवा दिन थालेको छ । सरकारले हप्ताको दुई दिन बिदा दिन थालेसँगै कार्यालयमा सेवाग्राहीको भीड बढ्न थालेपछि रातिको समयमा पनि सेवा दिन थालेको हो । पहिलाको तुलनामा आजभोलि नागरिकता लिनेको निकै भीड बढेकाले रातिसम्म पनि सेवा दिइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र...
गाडी भाडा घट्यो
काठमाडौँ, २० जेठ (रासस) ःयातायात व्यवस्था विभागले इन्धनको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । नेपाल आयल निगमले बिहिबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा लिटरमा रु १० को दरले घटाएसँगै विभागले पनि अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको हो । भाडा घटेसँगै यात्रुबाहक सवारीमा दुई प्रतिशत,...
मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, २० जेठ (रासस) :देशको अधिकांश भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभावले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि...
विपद्को भयले त्रसित मनहरू
 नारायण ढुङ्गाना काठमाडौँ, १९ जेठ (रासस) :गत वर्षको भिषण वर्षासँगै सिन्धुपाल्चोकको हेलम्बुका पहाड खसेर आएको कल्पनीय बाढीले ठूलो क्षति ब्यहोरेकी मेलम्ची नगरपालिका–११ की मैया दुलाललाई वर्षा शुरु हुनै लागेकाले फेरि चिन्ता बढेको छ । उही पुरानै शैलीमा मेलम्ची उर्लिने पो हो कि भने चिन्ता उहाँलाई छ । आकासमा कालो बादल देख्नासाथ उहाँलाई त्यही त्रासदीपूर्ण दिनको...
ढुक्कले अझै खानेपानी पाइँदैन
बलेवा, १९ जेठ (रासस) :बागलुङ नगरपालिका–६ का झण्डै एक दर्जन गाउँमा सधैँ खानेपानीको समस्या रहन्छ । पानीको मुहान गाउँभन्दा झण्डै ६ किलोमिटर टाढा छ । बागलुङ नगरपालिका–७ तितौरे गाउँबाट पानी यहाँ ल्याइएको हो । एक्काइस वर्ष अघि सुरु भएको पानी ल्याउने काम केही वर्ष अघि पूरा भएको हो । गाउँमा पानी त आयो तर ढुक्कका...
मौसम सफा नभएसम्म उडान अनुमति नदिने निर्णय आजदेखि लागू
काठमाडौँ, १८ जेठ (रासस) :नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जहाज प्रस्थान गर्ने विमानस्थल र गन्तव्य विमानस्थलको मौसम सफा नभएको खण्डमा उडानको अनुमति नदिने नियम आजदेखि लागू गरेको छ । जहाज प्रस्थान गर्ने विमानस्थल तथा पुग्नुपर्ने विमानस्थलसहित ‘इनरुट’ को मौसम सफा नभएसम्म जहाजलाई उडान अनुमति नदिइने नियम आजदेखि लागू गरिएको क्यानका महानिर्देशक ई प्रदीप अधिकारीले...