मूख्य समाचार

भूकम्प
काठमाडौँ, २८ जेठ (रासस) ःभक्तपुर जिल्लाको चाँगुनारायण आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ३६ मिनेट जाँदा भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु भएर ४.७ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ । केन्द्रका भूकम्पविद् सुजनकुमार सुवेदीले विसं २०७२...
यसपाली विपद्जन्य घटनाबाट २० लाख मानिस प्रभावित हुने
नारायण ढुङ्गाना काठमाडौँ, २७ जेठ (रासस) : बाढी, पहिरालगायत विपद्जन्य घटनाको उच्च जोखिममा रहेको मुलुकमा यसपाली २० लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्राकृतिक प्रकोपले चार लाख २१ हजार घरधुरीका १९ लाख ९९ हजार मानिस प्रभावित हुने अनुमानका आधारमा प्रतिकार्य योजना तयार पारिएको छ ।...
१० महिनामा १४ खर्ब ३१ अर्ब व्यापार घाटा
अशोक घिमिरे काठमाडौँ, २७ जेठ (रासस) : चालू आर्थिक वर्ष २०७८÷७९ को १० महिनाको अवधिमा नेपालको कूल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०.५ प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आवको वैशाखसम्मको अवधिमा नेपालको कूल वैदेशिक व्यापार रु १७ खर्ब ७८ अर्ब पुगेको छ । कूल व्यापारमा निकासी तथा...
पृथ्वी राजमार्गमा सडक भाँसिदा यातायात अवरुद्ध
तनहुँ, २७ जेठ (रासस) :पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । तत्काल मर्मतसम्भार पनि गर्न...
‘राजनीतिक र चुनावी एजेण्डा कार्यकर्तामार्फत जनतामा पु¥याउनुपर्ने’
अच्युत रेग्मी काठमाडौँ, २६ जेठ (रासस) ः नेपाली कांग्रेसले लोकतन्त्रलाई संस्थागत गर्न पार्टीको स्पष्ट धारणा निर्माण गरेर जनतामाझ जानुपर्ने आवश्यकता औँल्याइएको छ । कांग्रेसले स्थानीय तह निर्वाचन–२०७९ का लागि गठन गरेको अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण उपसमितिले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तथा स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक एवं पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई...
अनुमतिपत्रबिना इन्टरनेट सेवा सचालन नगर्न आग्रह
काठमाडौँ, २६ जेठ (रासस)ःनेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न आग्रह गरेको हो । पछिल्ला केही दिनयता कानुनी व्यवस्थाको...
श्रमिकको पुनः एकीकरणका लागि स्विट्जरल्यान्ड सरकारको ८६ करोड सहयोग
काठमाडौँ, २५ जेठ (रासस) :वैदेशिक रोजगारबाट स्वदेश फर्केका श्रमिकलाई पुनः एकीककरण गर्ने कार्यक्रम सञ्चालन गर्न स्विट्जरल्यान्ड सरकारले आर्थिक सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा सोसम्बन्धी सम्झौतापत्रमा नेपाल सरकार र स्विट्जरल्यान्ड सरकारका अधिकारीबीच हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्याल र...
चितवनमा नयाँ चरा भेटियो
चितवन, २५ जेठ (रासस) :चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ । नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो । छ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहाका सदस्य राजु तामाङले सो चराको तस्वीर लिनुभएको थियो । नयाँ चरा भेटिएपछि चराविज्ञ डा हेमसागर बरालसहितको विज्ञ समूह...
जुनसुकै बेला इन्टरनेट काटिन सक्ने
काठमाडौँ, २४ जेठ (रासस) :देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएकोे छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका रुपमा रहेको इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले नेपाल विद्युत् प्राधिकरणका कारण उक्त स्थानमा इन्टरनेट जुनसुकै बेला काटिनसक्ने जनाएकोे हो । आइस्पानले एक विज्ञप्ति जारी गर्दै इलाम, विराटनगर, खोटाङ, गाईघाट, इनरुवा, धरान,...
चट्याङ लागेर मृत्यु
मकवानपुर, २४ जेठ (रासस) ःमकवानपुरको मनहरी गाउँपालिका–६ हिलेदमारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३७ वर्षीया जमुनामाया मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । प्रनाउ कार्कीका अनुसार सोमबार साँझ साढे ६ बजेको समयमा वर्षासँगै आएको चट्याङ लागेर मोक्तानको घटनास्थलमै मृत्यु भएको हो ।...
कास्कीका स्थानीय तह : नीति, कार्यक्रम र बजेटको तयारीमा
कास्की, २४ जेठ (रासस):कास्कीका स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटको तयारी सुरु गरेका छन् । संविधानतः स्थानीय सरकारले आगामी असार १० गतेभित्रमा बजेट ल्याइसक्नुपर्छ । स्थानीय तहले आगामी वर्षका कार्यक्रममा समेट्नुपर्ने विषयहरूका बारेमा सम्बन्धित विषयमा राम्रो ज्ञान हासिल भएकाहरूसँग सुझाव लिन सुरुआत गरेका हुन् । नयाँ जनप्रतिनिधि आएकाले पनि उनीहरूले सरोकारवालासँग सुझाव...
३५ लाख लुटपाट गर्ने दुई पक्राउ
काठमाडौँ, २३ जेठ (रासस) ःनेपाल प्रहरीले काठमाडौँको लैनचौरमा एक व्यक्तिलाई लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीवृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका वडा नं २६ लैनचौरस्थित ब्याडमिन्टन कोर्टनजिक खाजा घरमा पोखराका ४० वर्षीय एक व्यक्तिको साथबाट रु ३५ लाख लुटपाट गर्ने नुवाकोट घर भई बूढानीलकण्ठ बस्ने २५ वर्षीय पेम्बा तामाङ र दाङ...