मूख्य समाचार

मेलम्ची क्षेत्रमा पूर्वसूचना प्रणाली जडान
सिन्धुपाल्चोक, ६ असार (रासस) ःमेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली (साइरन) को अवस्था परीक्षण गरिएको छ । मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आवमा मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको साइरनको अवस्था परीक्षण गरिएको हो । मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलाल भन्नुभयो, “यसबाट मनसुनको समयमा हुनसक्ने सम्भावित विपद्को...
जापानमा बस्ने जग्गाधनीको नक्कली मृत्युदर्ता बनाएर जग्गा बिक्री, पाँच पक्राउ
काठमाडौँ, ५ असार (रासस) :विगत २४ वर्षदेखि सपरिवार जापानमा बस्दै आउनुभएकी शान्तादेवी लोहनीको नक्कली मृत्युदर्ता बनाएर ११ आना दुई पैसा जग्गा बिक्री गरेको पाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले विसं २०५५ देखि जापानमा बस्दै आउनुभएकी लोहनीको नक्कली श्रीमान् बनेर काठमाडौँको कीर्तिपुर नगरपालिका–२ स्थित कित्ता नं ३४४ को क्षेत्रफल रहेको जग्गा बिक्री गर्ने पाँचजनालाई...
दुई महिनाभित्र भतरपुर सवस्टेशन सञ्चालन हुने
काठमाडौँ ५ असार (रासस) :चितवन र आसपासका क्षेत्रमा भरपर्दो विद्युत् सेवा प्रदान गर्ने लक्ष्यका साथ सुरु भएको नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सवस्टेसनको निर्माण करिब ८० प्रतिशत सकिएको छ । भरतपुर महानगरपालिका–११ आँपटारीमा निर्माणाधीन सवस्टेसन निर्माण दुई महिनाभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतका निर्माणाधीन...
हात्तीको आक्रमणबाट मृत्यु
टीकापुर, ५ असार (रासस):कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ ब्लक नं १५ की ५० वर्षीया टङ्क सोडारी रहेका इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । कर्णाली नदी किनार सनकट्टीघाटमा शनिबार साँझ जङ्गलबाट निस्केका दुईवटा हात्तीले सोही नदीमा भइरहेको तटबन्धमा मजदुरी गरेर घर फर्किरहेका सोडारीलाई आक्रमण गरेको प्रहरी...
सामाजिक सुरक्षा कोषबाट एक अर्ब ४३ करोड दाबी भुक्तानी
काठमाडौँ, ४ असार (रासस) ःसामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई झण्डै डेढ अर्ब भुक्तानी गरिसकेको छ । कोषले यही असार २ गतेसम्म योगदानकर्तालाई विभिन्न सुविधा शीर्षकमा रु एक अर्ब ४३ करोड ५३ लाख भुक्तानी गरेको हो । कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत १० हजार ५९६ योगदानकर्तालाई रु १९ करोड ४५ लाख...
मल पाइने भएपछि कृषक खुसी
वालिङ, ४ असार (रासस) ःरासायनिक मलको अभाव खेपिरहेका यहाँका कृषक सोमबारदेखि मल पाइने खबरले खुसी देखिएका छन् । स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको डिपोमार्फत रासायनिक मल (डिएपी) वितरण हुने खबर पाएका कृषक खुसी भएका हुन् । लामो समयदेखि रासायनिक मलको चर्को अभावका कारण तरकारी खेती, धान, मकैको उत्पादनमा कमी हुँदै आएको बेला स्याङ्जाको...
मङ्किपक्स आशङ्कामा गरिएको व्यक्तिमा कुष्टरोग
काठमाडौँ, ३ असार (रासस) :मङ्किपक्सको आशङ्का गरिएको एक जना व्यक्तिमा कुष्टरोग पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार रहेका व्यक्तिमा कुष्टरोग रोग पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा विभिन्न छ ठाउँबाट ‘स्लिट स्किन स्मियर’ जाँच गर्दा ती...
वर्षा र पहिरोले शैक्षिक संस्था बन्द
फुङ्लिङ, ३ असार (रासस)ःनिरन्तर वर्षा र पाढीपहिराका कारण सिदिङवा गाउँपालिका र सिरिजङ्गा गाउँपालिका भित्रका सबै शैक्षिक संस्थाहरु बन्द भएको छ । निरन्तर वर्षाले खोलामा पानीको सतह बढेको र विद्यालय जाने बाटोहरु भत्किएर जोखिम भएसँगै गाउँपालिकाले विद्यालयहरु बन्द गरिएको हो । निरन्तरण वर्षा पहिराका कारण अर्को सूचना प्रकाशन नगरेसम्मका लागि स्कुल बिदाको निर्णय गरिएको सिदिङवा गाउँपालिकाका...
भारतमा रेलको ठक्करबाट नेपाली युवाको मृत्यु
झापा, ३ असार (रासस):झापाको मेचीनगर नगरपालिका–६ का ३० वर्षीय विजय श्रेष्ठको गए राति सीमावर्ती भारतीय नाका पानीट्याङ्कीमा रेलको ठक्करबाट मृत्यु भएको छ । रेलको लिकमा हिँडिरहेका बेला विहारबाट पश्चिम बङ्गालको सिलीगुडीतर्फ जाँदै गरेको रेलले ठक्कर दिँदा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीको भनाइलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी...
फेरि बढेर आयो पेट्रोलियम पदार्थको खरिद मूल्य
काठमाडौँ, २ असार (रासस) ःपेट्रोलियम पदार्थको खरिद मूल्य फेरि बढेर आएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले आज पठाएको नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको छ । आइओसीले पठाएको मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर छ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ तीन पैसा र हवाई इन्धनमा प्रतिलिटर रु ९१ रुपैयाँ ९१...
बेरोजगारी अन्त्य गर्न यस्ता छन् प्रदेश सरकारका कार्यक्रम
अशोक घिमिरे काठमाडौँ, २ असार (रासस) :सातै प्रदेशका सरकारले बुधबार आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन् । संविधानका अनुसूचीअनुसार प्रदेश सरकारका क्षेत्राधिकारभित्र पर्ने विषयलाई सम्बोधन गर्ने गरी प्रदेश सरकारका बजेट आएका छन् । सातै प्रदेशले रोजगारी सिर्जना, सीपमूलक तालिम प्रदान, औद्योगिक क्षेत्रका प्रवद्र्धनका लागि बजेट विनियोजन गरेका छन् । बागमती प्रदेश सरकारले १०...
यी प्रदेशमा मनसुनी वर्षा
काठमाडौँ, २ असार (रासस) :हाल प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेकोे पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेकाले बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १ र मधेस प्रदेशमा सामान्य...