मूख्य समाचार

पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध
बलेवा, २१ असार (रासस)ः वर्षासँगै खसेको पहिराका कारण मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड गए रातिदेखि अवरूद्ध भएको छ । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेका कारण सो सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन बाटोमै थन्किएका छन् भने यात्रुले सास्ती व्यहोरिरहेका छन्...
प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १४ घाइते
बाजुरा, २० असार (रासस) :अछामको पञ्चदेवल विनायक–४ का १५ वर्षीय विनोद शाहीको मुत्यु प्रकरणलाई लिएर पीडित पक्ष र प्रहरीबीच झडप भएको छ । झडपमा परी जिल्ला प्रहरी कार्यालयका १४ जना प्रहरी घाइते भएका छन् । विनोदको न्यायका लागि सदरमुकाम मङ्गलसेनमा सोमबार प्रर्दशन भएको हो । प्रर्दशनकारीहरूले सरकारी वकिल कार्यालय र जिल्ला अदालत अछाममा ढुङ्गामुढा गर्दा...
ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला
काठमाडौँ, २० असार (रासस)ःनेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको फेला परेको छ । काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको अणुवाङ्शिक (जीन सिक्वेन्सिङ) अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिनुभयो । उहाँका अनुसार देखिएको सङ्क्रमणमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति (द्यब्छ’) हो ।...
पोखरा खानेपानी सुधार आयोजनाको ८५ प्रतिशत काम सकियो
कृष्ण दवाडी कास्की, २० असार (रासस) ः बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । संघीय राजधानी काठमाडौँको मेलम्ची खानेपानी आयोजना पछिको सो आयोजनाका ठूलो मानिन्छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को रु पाँच अर्ब अनुदान सहयोगमा सो आयोजना विसं २०७६ देखि पोखरामा सुरु भएको थियो । पोखरेलीले सिधै धाराबाट धापेर पिउन...
एन प्याब्सनले अमर प्रहरीका छोराछोरीलाई निःशुल्क शिक्षा दिने
काठमाडौँ, १९ असार (रासस) ः राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन नेपाल ९एन प्याब्सन०ले अमर, अशक्त तथा आर्थिक रुपले विपन्न प्रहरी कर्मचारीका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ । एन प्याब्सनले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अमर, अशक्त तथा आर्थिक रुपले विपन्न प्रहरी कर्मचारीका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्नेबारे आज नेपाल प्रहरी श्रीमती सङ्घसँग सम्झौता गरेको...
अझै सुध्रिएन नरभक्षी बाघको आनीबानी
नवलपुर, १९ असार (रासस): मान्छे मारेका कारण चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको नरभक्षी बाघको ‘आनीबानी सुध्रिएको’ जनाउँदै यस वर्ष निकुञ्जले चार बाघलाई प्राकृतिक वासस्थानमै छाडेको छ । निकुञ्जले यस वर्ष छवटा बाघ नियन्त्रणमा लिएकामा चार बाघ छाडेको जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले यस आर्थिक वर्ष २०७९÷८० मा चार बाघ छाडिए पनि...
पाँचथरमा पहिराले घर बगाउँदा तीन जना बेपत्ता
पाँचथर, १८ असार (रासस) ःअविरल वर्षासँगै पहिरो गएर पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन् । रुपलालका काका ७१ वर्षीय दलप्रसाद...
काम नलाग्ने नोट नष्ट गर्न पोखरामा बिएसबिएस मेसिन
गण्डकी, १७ असार (रासस) : नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोट नष्ट गर्नका लागि पोखरामा बैंक नोट सेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बिएसबिएस) मेसिन सञ्चालनमा ल्याएको छ । मेसिन सञ्चालनको स्वीच अन गरेर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक समारोहकाबीच शुभारम्भ गर्नुभयो । यसअघिसम्म आगोको प्रयोगबाट जलाएर नोट नष्ट गर्ने गरिएकामा अब भने बिएसबिएस मेसिनका...
बालिकाको शवसहित तीनजना पक्राउ
वीरगञ्ज, १७ असार (रासस) :पर्सामा बालिकाको शवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका–७ ढोङ्गी खोलाको मसानघाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय १८ वर्षीया किशोरी, ४० वर्षिया आशा देवी र ५० वर्षीया उर्मिला देवी रहेका छन् । बुधबार बहुदरमाई–७ की १४ वर्षीया बालिकाको विष...
खोलामा बगेर बालक बेपत्ता
कञ्चनपुर, १६ असार (रासस)ःशुक्लाफाँटा नगरपालिका–१० झलारीका १३ वर्षीय रघुवीर जोशी खोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन् । स्थानीय टोटी खोलामा नुहाउने क्रममा बालक बुधबार साँझ बेपत्ता भएका हुन् । झलारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहका अनुसार खोलाको किनारामा कपडा र चप्पल फेला परेपनि बालकको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन । “खोलाको...
विद्युतीय मतदानयन्त्रको प्रबन्ध गरिदिन सरकारलाई निर्वाचन आयोगको आग्रह
काठमाडौँ, १६ असार (रासस) :निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विद्युतीय मतदानयन्त्रको प्रयोगका लागि आवश्यक प्रबन्ध गरिदिन नेपाल सरकारलाई आग्रह गरेको छ । निर्वाचन व्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन निर्वाचनसम्बन्धी कानुनमा भएको व्यवस्थासमेतका आधारमा विद्युतीय मतदानयन्त्रको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न आयोगले गठन गरेको समितिबाट प्राप्त प्रतिवेदनका आधारमा गृह...
कात्तिक वा मङ्सिरसम्ममा सङ्घ र प्रदेशको निर्वाचन : प्रमुख आयुक्त
काठमाडौँ, १६ असार (रासस) :निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताउनुभएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको केन्द्रीयस्तरको समीक्षा कार्यक्रमको शुभारम्भका अवसरमा प्रमुख आयुक्त थपलियाले उक्त निर्वाचन गराउने दायित्व आयोगको रहेको र सोबारे निर्णय हुन...