मूख्य समाचार

एशियाली खेलकुदमा नेपालको चमत्कार: टी–२० मा कीर्तिमानी स्कोर सहित मंगोलियालाई २७३ रनले हरायो
नेपालले १९ औं एसियाली खेलकुदमा मंगोलियामाथि २ सय ७३ रनको विश्व कीर्तिमानी जित हात पारेको छ । जितको लागि ३ सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमा अल आउट भयो । यो टि–२० आई इतिहासकै सबैभन्दा ठूलो जित हो । यसअघि २०१९ मा चेकरिपब्लिकनले टर्कीविरुद्ध २ सय ५७ रनको जित हात...
फेवाताल संरक्षण
फेवातालको ६५ मिटरभित्रका सबै संरचना ६ महिनाभित्र हटाऊ : सर्वोच्च (पूर्णपाठ)
पोखरा । फेवाताल ६५ मिटरभित्रका सबै संरचना हटाउन पोखरा महानगरपालिकासहितको विपक्षीको नाममा परमादेशको पूणर्पाठ सार्वजनिक भएको छ । पोखरा महानगरपालिकाले गरेको फेवातालको मापदण्ड संशोधनविरुद्ध परेको रिट निवेदनको पूर्ण पाठमा सर्वोच्चले पछिल्लो फैसलामा पानीको उच्चतम बहाव रहेको वर्षायाममा नापेर ६५ मिटर क्षेत्रभित्रको संरचना ६ महिनाभित्र भत्काउन पुनः आदेश दिएको छ। महानगरको निर्णयविरुद्ध अधिवक्ताहरु खगेन्द्र सुवेदी, सरोजनाथ...
१९ औं एसियाली खेल औपचारिक रुपमा सुरु
चीनको हाङ्जाओमा १९ औं एसियाली खेलकुद प्रतियोगिता औपचारिक रुपमा सुरु भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबार १९औं एसियाली खेलको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसहित एसियाका विभिन्न सरकार तथा राष्ट्र प्रमुखहरूको उपस्थिति थियो । उक्त प्रतियोगिता २३ सेप्टेम्बरमा सुरु भई ८ अक्टोबरसम्म चल्नेछ । जहाँ ४५ देशका...
कोइराला परिवार
शेखर, सुजाता र शशांकले भने- ‘१४ मा छुट्टिँदा दुःख पाइयो, १५ औं महाधिवेशनमा एक हुन्छौं’ [भिडियोसहित]
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा परिवारका अन्य सदस्यहरूले सहयोग गरेको भए अहिलेको परिणाम नआउने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित बीपी साहित्य महोत्सवको तेश्रो दिनको कार्यक्रममा ‘परिवारले बुझेको बीपी’ विषयक अन्तरसंवादमा कोइरालाले यस्तो बताएका हुन् । ०७८ को १४ औं महाधिवेशनमा शेखर, सुजाता र शशांक एकजुट भएका थिएनन्। शेखर सभापति पदमा...
संविधान दिवसमा गण्डकी प्रदेशमा विशेष कार्यक्रम
पोखरा, असोज ३ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतामा रहेको केहि निराशा र असन्तुष्टीलाई प्रयोग गरेर संविधानमाथि प्रहार गर्नेबिरुद्ध मिलेर लड्नुपर्ने बताएका छन् । गण्डकी प्रदेश सरकारले संविधान दिवस–२०८० को अवसरमा बुधबार पोखरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतामा रहेको केहि निराशा र असन्तुष्टीलाई देखाएर जनताको अधिकार खोस्ने प्रयास भइरहेको बताएका हुन् ।...
पल शाहको मुद्दा फैसलाको पूर्णपाठ: नाबालिका र पिताले नै `हाेइन´ भनेपछि दाेषी भन्न मिलेन
लामो समयपछि जाहेरी पर्नुलाई सोच विचार गरी जाहेरी दिएको भन्न मिल्छ मुद्दा सर्वोच्च अदालततिर सोझियाे  नायक पल शाहमाथि लागेको अभियोगमा उच्च अदालत पाेखराले सफाइ दिएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । उच्च अदालत पोखराले पललाई फागुन १४ गते सफाइ दिएको थियो । २०७८ फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका पल ठिक एक वर्षपछि...
प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ । ६९ वर्षको उमेरमा आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको हो । रातिदेखि स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई बिहान अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ । लामो समयदेखि अर्धचेत अवस्थामा रहेकी प्रधानमन्त्री पत्नी दाहाल पार्किन्सन...
सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित ६ जनाको मृत्यु
सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर मंगलबार बिहान सम्पर्कविहीन भयो। सोलुको सुर्के हेलिप्याडबाट उडेको ९ एन-एएमभी कलसाइन रहेको हेलिकप्टर सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर २ र लिखुपिके गाउँपालिका-५ को सीमा लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो। हेलिकप्टर पाइलट चेतबहादुर (सीबी) गुरूङले उडाएका थिए। उनीसँगै हेलिकप्टरमा सवार मेक्सिकोका नागरिकहरू फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो...
प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले राजीनामा माग्नु दुवै गलत : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गलत भएको बताएका छन्। आइतवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले संसद, सांसदहरु र नागरिकको आत्मसम्मानमा असर पु¥याउने गरी बोल्न नमिल्ने प्रष्ट पारे। स्थिर सरकारको परिकल्पना गरेर प्रतिपक्षले पनि पाँच-पाँच महिनामा राजीनामा माग्नु गलत भएको उनको भनाइ छ। ‘पाँच वर्षसम्म...
गण्डकी संसदको नयाँ लोगो
पोखरा । गण्डकी प्रदेश सभाको प्रतीक चिन्ह (लोगो) परिवर्तन हुने भएको छ । प्रदेश सभा नियमावली मस्यौदा समितिले पुरानो लोगोमा व्यापक परिवर्तन प्रस्ताव गरेको हो । हाल सांसदले लगाइरहेको लोगोमा हरियो रङको प्रयोग धेरै गरिएको छ । प्रस्तावित नयाँ लोगोमा पहेंलो रङ प्रयोग भएको छ । गैंडा, मृग देखाएर हालको लोगोमा नवलपुरसँग जोडिएको चितवन राष्ट्रिय...
गण्डकीमा लाइसेन्सको राजस्व अब अनलाइनबाटै
पोखरा । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को राजस्व अनलाइनबाटै तिर्न सकिने भएको छ । संघीय यातायात मन्त्री प्रकाश ज्वाला र गण्डकी प्रदेशका भौतिक तथा यातायात मन्त्री रेशमबहादुर जुग्जाली मगरले बुधबार भर्चुअल माध्यमबाट गण्डकीमा अनलाइनबाटै राजस्व तिर्न मिल्ने व्यवस्थाको सुरुवात गरेका हुन् । सात प्रदेशमध्ये गण्डकी प्रदेशबाट यो अभियान सुरु भएको हो । संघीय यातायात मन्त्री...
कास्कीका इन्स्पेक्टरले महिला प्रहरीलाई आपत्तिजनक म्यासेज गरेपछि छानबिन समिति गठन
जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत इन्स्पेक्टर सुवास तिमिल्सिनाले मातहतकै महिला प्रहरीलाई आपत्तिजनक म्यासेज पठाएको भन्दै छानबिन अघि बढेको छ। तिमिल्सिनाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत महिलालाई ‘आइ एम फ्यान अफ योर बडी फिगर’ भन्दै म्यासेज लेखेको विवरण सार्वजनिक भएको हो। पीडित महिला प्रहरीले इन्स्पेक्टर तिमिल्सिनाले पठाएको भनिएको म्यासेजको स्क्रिनसट नयाँ ट्विटर बनाएर हेडक्वार्टरसम्म मेन्सन गरी पोष्ट गर्दै...