मूख्य समाचार

भरतपुर अस्पताल: २४ घण्टासम्म ‘ड्युटीका चिकित्सक राउण्ड’मा नजाँदा..
नारायण अधिकारी चितवन, २६ असार (रासस): चिकित्सकले अस्पतालमा भर्ना भएका बिरामीको स्वास्थ्य अवस्थाका आधारमा २४ सै घण्टा सेवा दिनुपर्छ र खटिनुपर्छ । विडाम्बना यहाँस्थित भरतपुर अस्पतालको पुरुष र महिला मेडिकल वार्डमा भर्ना भएका बिरामीले शनिबार विहानदेखि चिकित्सकको सेवा लिन पाएका छैनन् । अहिले अस्पतालको पुरुष मेडिकल वार्डमा १६ र महिला मेडिकल वार्डमा २४ बिरामी छन्...
संशोधन नभए बजेट पास हुन नदिने कांग्रेसको निर्णय
गोदावरी, २५ असार (रासस) : नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट संशोधन नगरेसम्म बजेट पास हुन नदिने निर्णय गरेको छ । आज नेपाली कांग्रेस संसदीय दलका उपनेता देवराज पाठकको अध्यक्षतामा बसेको सुदूपश्चिम प्रदेश संसदीय दलको बैठकले बजेट संशोधन गर्नुपर्ने र नगरे पारित हुन नदिने निर्णय गरेको हो ।...
नेपाल प्रहरीका ३२ एसपीलाई एसएसपी पदमा बढुवा सिफारिस
काठमाडौँ, २५ असार (रासस)ः नेपाल प्रहरीका ३२ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । नेपाल प्रहरीको आज बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ ३२ एसपीलाई एसएसपी पदमा बढुवाका लागि सिफारिस गरेको हो । सिफारिस हुनेहरुमा गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, दानबहादुर कार्की, डा मनोजकुमार...
सीमा क्षेत्रमा बढ्दै कोरोना सङ्क्रमण
वीरगञ्ज, २४ असार (रासस) ः सीमा नाकामा भइरहेको आवतजावतका कारण कोरोना सङ्क्रमितहरुको सङ्ख्या बढेको पाइएको छ । पर्साको वीरगञ्जनाका भई नेपाल प्रवेश गर्नेमा कोरोना सङ्क्रमण पुष्टि हुने क्रम बढ्दै गएको हो । सीमानाकामा स्थापित हेल्थ डेस्कमा एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको पाइएको छ । गत चैत र वैशाखमा एन्टीजेन विधीबाट परीक्षण...
शिक्षा र प्रविधिमा जर्मनीले सहकार्य बढाउने
काठमाडौं, २३ असार (रासस)  नेपालको शिक्षा, प्रविधि र अन्य अत्यावश्यक क्षेत्रको प्रवद्र्धनका लागि जर्मनी सरकारको सहयोग र सहकार्य वृद्धि हुने भएको छ । एड्भान्स्ड कलेज अफ इञ्जीनियरिङ एण्ड म्यानेजमेन्टले गोथे जेन्ट्रमसँगको सहकार्यमा बिहीबार आयोजना गरेको ‘जर्मनीबारे जानकारी’ विषयक सत्रमा नेपालस्थित जर्मनी दूतावासका कन्सुलर लउरा लगबेयरले नेपालको शिक्षा, प्रविधि तथा अन्य अत्यावश्यक क्षेत्रमा सहकार्य बढाउने उल्लेख...
काठमाडौँमा साझाका विद्युतीय बस सरर
सञ्चिता घिमिरे काठमाडौँ, २३ असार (रासस)ः काठमाडौँ उपत्यकामा सरकारी लगानीको विद्युतीय बस सञ्चालन गरिएको छ । साझा यातायात सहकारी संस्था प्रालिका संस्थापक अध्यक्ष ९५ वर्षीय विश्वबन्धु थापाले साझाको झण्डा फहराएपछि बस सञ्चालनमा ल्याइएको हो । प्रालिले आज तीन विद्युतीय बस सञ्चालन सुरु गरेकामा सबै चालक र सहचालक महिला छन् । ती बसमध्ये दुई माछापोखरी–बालाजु–सोह्रखुट्टे–जमल–पुरानो बसपार्क–माइतीघर–नयाँबानेश्वर–तीनकुने–सिनामङ्गल–एयरपोर्टको...
सार्वजनिक बिदा
पोखरा, २३ असार । सरकारले असार २६ गते आइतबार  देशभर सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद( ईद उल अजहा)को अवसरमा बिदा दिएको हो । गहृ मन्त्रालयले बुधबार सूचना प्रकाशित गरी नेपाल राजपत्रमा मिति २०७८÷११÷२६ मा प्रकशित सूचनामा सो पर्वको दिन बिदा दिने व्यवस्था रहेको र बिदाका लागि मुस्लिम आयोगबाट अनुरोध गरिएकाले...
छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कैद सजाय
सप्तरी, २२ असार (रासस) : आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै सप्तरी जिल्ला अदालतले आज एक शिक्षकलाई कैद सजाय र जरिवाना तोकेको छ । जिल्ला न्यायाधीश प्रमेश पोखरेलको इजलासले सुरुङ्गा नगरपालिका–२ स्थित जनता आधारभूत विद्यालय भेडिया, हर्दियामा अध्यापनरत शिक्षक बोदे बसाईन नगरपालिका–१० का ४० वर्षीय पशुपतिकुमार यादवलाई तीन महिना कैद र १०...
खेर गएको प्लास्टिकबाटै उत्पादन हुन्छ इन्धन
रमेश लम्साल काठमाडौँ, २२ असार (रासस) ः हरेक दिन एकजना व्यक्तिले ३१७ ग्राम फोहोर उत्पादन गर्छ । एसियाली विकास बैंकको सहयोगमा फोहोर मैला व्यवस्थापन तथा प्रशोधन केन्द्रले तयार पारेको विवरण हो । यो विवरण सन् २०१३ को हो । पछिल्ला दिनमा आइपुग्दा यसमा केही परिवर्तन भएको छ । एक जनाले दैनिक आधा किलो अर्थात् ५००...
तीन फरार प्रतिवादी पक्राउ
काभ्रेपलाञ्चोक, २२ असार (रासस): प्रहरीले तीन फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत धुलिखेलबाट कैद तथा जरिवाना फैसला गरिएका उनीहरूलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी टोलीले तीनै जनालाई अदालतको फैसलाअनुसार कैद सजाय भुक्तान गराउन कारागार पठाएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताउनुभयो । पक्राउ पर्नेमा...
बस दुर्घटना ,नौ जनाको मृत्यु, २३ घाइते, ‘ब्रेक फेल’ हुँदा दुर्घटना
नारायण ढुङ्गाना काठमाडौँ, २१ असार (रासस) ः रामेछाप जिल्लाको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा नौ जनाले अकालमै ज्यान गुमाए । नेपालको भौगोलिक अवस्था, चालकको लापरबाही तथा गाडीको अवस्था राम्रो नभएकाले यस्ता सवारी दुर्घटनाहरु बढ्दो छ । रामेछापको उक्त दुर्घटनामा कच्ची सडकको ठूलो घुम्तीबाट बस मोडिन नपाई एक्कासि भिरमा खसेर तल्लो सडकमा बजारिँदा...