मूख्य समाचार

पृथ्वीराजमार्गको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध
दमौली, ४ साउन (रासस) :पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । मङ्गलबार राति परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो । सडकमाथिबाट खसेको पहिराका कारण उक्त खण्ड दुईतर्फीरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । पहिरो हटाएर राजमार्ग सञ्चालन...
पोखरामा साउन ६ देखि वृत्ति परामर्श तथा रोजगार मेला
गण्डकी, ३ साउन(रासस)ः गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको आयोजनामा यही साउन ६ गतेदेखि ८ गतेसम्म पोखरामा वृत्ति परामर्श तथा रोजगार मेला हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमका विषयमा विद्यार्थी एवम् सरोकारवालाका लागि जानकारी सहितको परामर्श प्रदान गर्नुका साथै बेरोजगारका लागि रोजगारीको अवसर र रोजगारदाताका लागि कामदारको उपलब्धताका...
पहिराले रित्तिँदै बस्ती
गलेश्वर, ३ साउन (रासस) ःजथाभावी खनिएका मोटरबाटोका कारण बाढीपहिरो र प्राकृतिक विपद्का समस्या बढ्दै जान थालेपछि म्याग्दीका थुप्रै बस्ती रित्तिँदै गएका छन् । जिल्लाको बेनी नगरपालिका– ३ तोराखेतको बस्ती पनि अहिले सुनसान छ । केहीवर्ष अगाडिसम्म निकै चहलपहल हुने तोराखेत गाउँ अहिले झाडीमा परिणत हुन थालेको छ । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकामा पर्ने रायखोर गाउँको...
कर कार्यालयको कर्मचारी भनेर रकम उठाउने पक्राउ
धादिङ, ३ साउन (रासस) ः उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिकाका व्यापारीसँग कर कार्यालयका कर्मचारी भनेर रकम सङ्कलन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कर कार्यालयका कर्मचारी बताउँदै कर सङ्कलन गर्न गाउँ आएको बताउने दुई जनालाई कर रकम सङ्कलन गरिरहेको अवस्थामा सोमबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा देव अधिकारी र मैना सापकोटा रहेको जिल्ला...
पोखरा महानगरद्वारा निजी शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउँदै
कास्की, ३ साउन (रासस):पोखरा महानगरपालिकाले व्यक्ति तथा निजी कम्पनीका शौचालयहरूलाई सर्वसाधारणले निःशुल्क प्रयोगका लागि उपयोगमा ल्याउने भएको छ । देशकै पर्यटकीय सहर पोखराको मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा महानगरले निजी शौचालयलाई समेत सार्वजनिक प्रयोगमा ल्याउने तयारी गरेको हो । महानगरले सार्वजनिक सूचना जारी गरी सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिन...
राष्ट्रिय वन क्षेत्रमा तस्करी गर्ने ६१ जना पक्राउ
चितवन, २ साउन (रासस) राष्ट्रिय वन क्षेत्रमा वन पैदावार तस्करी गर्ने ६१ जना पक्राउ परेका छन् । गत आर्थिक वर्षमा वन पैदावारका ४१ मुद्दामा ८३ जना संलग्न रहेको पाइएकामा ६१ जनालाई पक्राउ गरिएको हो । डिभिजन वन कार्यालयका अनुसार अन्य २२ जना फरार रहेका छन् । पक्राउ परेकालाई वन ऐनअनुसार कारबाही सुरु गरिएको छ । यस्तै...
दश वस्तुको आयात प्रतिबन्ध निरन्तर
काठमाडौँ, १ साउन (रासस) : सरकारले विभिन्न १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको छ । यसअघि असार मसान्तसम्म उक्त वस्तु आयातमा प्रतिबन्ध लगाइएकामा त्यसलाई निरन्तरता दिँदैै आगामी भदौ १४ गतेसम्म लम्बाइएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज राजपत्रमा सूचना प्रकाशन गर्दै कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादन, सबै प्रकारका मदिरा (औद्योगिक कच्चा पदार्थबाहेक),...
सिन्धुपाल्चोकको गोल्छे केन्द्रविन्दू भएर भूकम्प
काठमाडौँ, ३२ असार (रासस) : सिन्धुपाल्चोक जिल्लाको गोल्छे केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बेलुका ६ बजेर ४० मिनेट जाँदा सिन्धुपाल्चोकको गोल्छे आसपास केन्द्रविन्दू भएर ३.६ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।
पोखराको ६३ रोपनी सार्वजनिक जग्गा भाडामा लगाउने सम्झौता खारेज
कास्की, ३२ असार (रासस) ः उपत्यका नगर विकास समितिले निर्वतमान नगरप्रमुख मानबहादुर जिसीले आफ्नो कार्यकालको अन्तिममा समिति मातहतको विभिन्न तीन स्थानको ६३ रोपनी सरकारी जमिन भाडामा लगाउनेसम्बन्धी गरेको सम्झौता खारेज गरेको छ । स्थानीय तह निर्वाचन–२०७९ को मतगणना चल्दै गर्दा र जिसीको कार्यकाल सकिनु दुई दिनअघि गत जेठ ३ गते अपारदर्शी ढङ्गले सार्वजनिक जग्गा निजी...
उपसभामुखमा पुष्पा भुसाल निर्वाचित
काठमाडौँ, ३१ असार (रासस) :प्रतिनिधिसभाको आजको बैठकले उपसभामुख पदमा सत्तारुढ दल नेपाली काङ्ग्रेसकी सचेतक पुष्पा भुसाल गौतमलाई निर्वाचित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा भएको उपसभामुख पदको निर्वाचन पक्रियामार्फत भुसाललाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४८ मत, उक्त प्रस्तावको विपक्षमा ९३ र मत दिन्न भन्नेमा एक मत परेको थियो । बैठकमा जम्मा २४२...
चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते
फुङ्लिङ, ३१ असार (रासस) :ताप्लेजुङमा चट्याङ लागेर बिहीबार एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन् । मकै गोड्ने क्रममा चट्याङ लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर सोही ठाउँका १९ वर्षीय निमतेम्वा शेर्पा र १२ वर्षीय...
उपसभामुखमा कांग्रेसका गौतमको उम्मेदवारी दर्ता
काठमाडौँ, ३० असार (रासस) ःसत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल गौतमले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा पुगेर उहाँले उपसभामुखको उम्मेदवारी दर्ता गराउनुभएको हो । सो उम्मेदवारीमा नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङ प्रस्तावक र नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीकुमारी चौधरी समर्थक हुनुहुन्छ । लामो समयदेखि प्रतिनिधिसभाको उपसभामुख...