मूख्य समाचार

भूकम्पबाट घर भत्कियो
भोजपुर, १५ साउन (रासस) ःभूकम्पबाट भोजपुरमा एउटा घर भत्किएको छ । खोटाङ केन्द्र विन्दु भएर आज बिहान गएको भूकम्पबाट भोजपुर नगरपालिका–१२ टक्सारमा प्रमोद हलवाईको घर भत्किएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार २०७२ सालमा गएको भूकम्पबाट चर्किएको सो घर जीर्ण बनेको थियो । यो बाहेक भोजपुरमा अन्य कुनै पनि भौतिक तथा मानवीय क्षति नभएको प्रहरीले...
छुरा प्रहार गरी पाँच लाख लुटियो
जलेश्वर, १४ साउन (रासस) :महोत्तरीको गौशाला–सम्सी सडकखण्डमा छुरा प्रहार गरी एक व्यापारीको रु पाँच लाख लुटिएको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौला बस्ने ३५ वर्षीय अरुणकुमार चौधरीमाथि अज्ञात समूहले छुरा प्रहार गरी उनको साथमा रहेको रु पाँच लाख लुटेको छ । आफ्नै गाउँमा बैष्णवी मनी ट्रान्सफर...
जब पत्रकारलाई केबलकारमा रोकियो !
नारायण ढुङ्गाना काठमाडौँ, १३ साउन (रासस) ः काठमाडौँको चन्द्रागिरिमा रहेको केबलकार चढ्न आज उपत्यकाका एक हुल पत्रकार पुगेका थिए । चन्द्रागिरि केबलकारका प्रायःसबै गोण्डोला (डिब्बा) भरिभराउ भए, यत्तिकैमा पत्रकारको यात्रा चल्यो । चल्दै गरेका गोण्डोला (केबलकारको डिब्बा) केही मिनेटपछि रोकिए । त्यसबेला पत्रकार आत्तिएनन् । बरु गोण्डोलामा उभिएरै तस्बिर तथा भिडियो लिन ब्यस्त भए ।...
परीक्षणको १४ प्रतिशतमा सङ्क्रमण पुष्टि
काठमाडौँ, १२ साउन (रासस) ःपछिल्लो समय कोरोना सङ्क्रमण दर तीव्र रूपमा बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार परीक्षण गरिएको नमूनाको १४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । आज पाँच हजार २५ नमूनाको परीक्षण गर्दा ७१० जनामा सङ्क्रमण पुष्टि भएको छ । जुन १४ प्रतिशत बढी हो । आज दुई हजार ५४१ नमूनाको पिसीआर...
एसइईको नतिजा सार्वजनिक
रमेश गिरी भक्तपुर, ११ साउन (रासस) ः राष्ट्रिय परीक्षा बोर्डले आज अपराह्न माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७८ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले एसइई परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले परीक्षामा सहभागीमध्ये चार लाख ९५ हजार सात सय ५१ परीक्षार्थीको नतिजा सार्वजनिक गर्नुभएको हो । सदस्य सचिव...
पूर्वराजपरिवारका तीन गाडी प्रदर्शनमा
काठमाडौँ, ११ साउन (रासस) ःपूर्वराजपरिवारले प्रयोगमा ल्याएका तीन सवारी नारायणहिटी दरबार सङ्ग्रहालयमा सर्वसाधारणका लागि प्रदर्शनमा राखिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले आज पूर्वराजा त्रिभुवन र महेन्द्रले प्रयोग गर्नुभएका तीन सवारी सर्वसाधारणले हेर्न पाउने गरी आज खुला गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर...
एसइई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै
भक्तपुर, ११ साउन (रासस) :राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । “विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थी जन्म मिति, अङ्कलगायत गल्ती भयो भन्दै सच्याउन आउने गरेका थिए, त्यस्तो समस्या...
बुढ्यौलीलाई जितेका १०५ वर्षीय पुर्जा
ध्रुवसागर शर्मा गलेश्वर, १० साउन (रासस) ः दार्शनिक रुसोले ‘प्रकृतिमा आश्रित मानिस कहिल्यै बुढो हुँदैन, प्रकृतिले मानिसलाई सधैँ जवान बनाइरहन्छ’ भनेका थिए । नभन्दै उनको यो उक्तिलाई म्याग्दीको धवलागिरि गाउँपालिका–४ को दुर्गम गाउँ बगरा गाउँका १०५ वर्षीय पनाजु पुर्जाको दैनिकीले पनि सत्य साबित गरिदिनुभएको छ । मानिसले भौतिक क्षेत्रमा जति नै ठूलो उन्नति गरेको भए...
पहिराको त्रासले रित्तियो गाउँ
 तारानाथ आचार्य बलेवा, ८ साउन (रासस):पल्लोपाखा सामुदायिक माध्यमिक विद्यालयका दुई शिक्षकले यस वर्ष एकैपटक काम छाड्नुभयो । पढाउन थालेको झण्डै १० वर्षमा विद्यालय छाड्नुभएका राजु पौडेल र सात वर्षमा विद्यालय छाड्नुभएका विकास पौडेल विद्यालयबाट मात्रै टाढा हुनुभएन, उहाँहरू जन्मेको थातथलो नै छाडेर हिँड्नुभयो । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको टारगाउँमा रहेको पल्लोपाखा माध्यमिक विद्यालयमा अध्यापन उहाँहरू...
बस र माइक्रो एकापसमा ठक्कर खादाँ एकको मृत्यु
मुग्लिन, ६ साउन (रासस) :पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार साँझ साढे ५ बजे काठमाडौँबाट बझाङ जाँदै गरेको ना६ख १३४० नंको बस र भैरहवाबाट काठमाडौँतर्फ गइरहेको लु२ख ३५०२ नंको माइक्रो विङ्गर एकापसमा ठक्कर खाँदा घाइते भएका विङ्गरमा सवार नाम, थर,...
नदीले बगाउँदा दुई बालक बेपत्ता
बनेपा, ४ साउन (रासस) :काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का दुई बालक आज सुनकोसी नदीले बगाएर बेपत्ता भएका छन् । तेमाल गाउँपालिकाको वडा नं २ स्थित लामबगरमा आज दिउँसो पौडी खेल्ने क्रममा नदीले बगाएर उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार बेपत्ता हुनेमा तेमाल गाउँपालिका–३ चौथली बस्ने...
सेती नदीले सडक कटान गरेपछि यातायात बन्द
बझाङ, ४ साउन (रासस) : बझाङमा सेती नदीले सडक कटान गरेपछि यातायात सेवा बन्द भएको छ । नदीमा पानीको बहाव बढेपछि सदरमुकाम चैनपुर जोड्ने सडक कटान हुन थालेको हो । नदीको पानीले जयपृथ्वी राजमार्गअन्तर्गत जालेजगरमा सडक कटान गरेपछि यातायात बन्द भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार सेतीको बाढीले जालेबगरमा...