मूख्य समाचार

नेपालमा भेटियो छेपारोको नयाँ प्रजाति
– नारायण ढुङ्गाना काठमाडौँ, २४ साउन (रासस): नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ । पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेको हो । यसको नाम ‘सिक्किम छेपारो’ अर्थात् वैज्ञानिक नाम ‘ट्याकीड्रोमस सिक्किमेन्सिस’ हो । ‘लेसरटिडे’ परिवारअन्तर्गत पर्ने यो छेपारोको नयाँ...
शिवालयमा भक्तजनको भीड
काठमाडौँ, २३ साउन (रासस) ःसाउने सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । दर्शनका लागि लाखौँ भक्तजन पशुपति क्षेत्रमा लाममा बसेको उहाँले जानकारी...
अब सवारी अनुमति पत्र तीन दिनमै !
–अच्युत रेग्मी काठमाडौँ, २२ साउन (रासस) : तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ ? यदि चाहिएको भए अब तीन दिनमै तपाईंले प्राप्त गर्नुहुन्छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडाले आकस्मिक (इमर्जेन्सी) रुपमा सवारी अनुमति पत्र चाहिने सेवाग्राहीलाई ध्यानमा राखेर छिटोमा तीन दिनमै दिने व्यवस्था गरेको हो । अन्य सेवाग्राहीलाई भने...
५.३ रेक्टरस्केलको भूकम्प
काठमाडौँ, २१ साउन (रासस) ःनुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर २६ मिनेट जाँदा नुवाकोट जिल्लाको बेलकोटगढी आसपास केन्द्रबिन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको पराकम्प भएको सो केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईले राससलाई जानकारी दिनुभयो । उक्त...
नदीको बाढी बस्तीमा
महेन्द्रनगर, १८ साउन (रासस) ःचौधर नदीको बाढी कञ्चनपुरको बेदकोट नगरपालिका–४ सार्कीपार्की गाउँमा पसेको छ । बाढीले निरन्तर जग्गा कटान गरिरहेको छ । बाढीका कारण बस्ती पूरै जोखिममा छ । स्थानीयवासी सुरक्षित वासस्थानको खोजीमा छन् । सशस्त्र प्रहरी र स्थानीय अहिले उद्धारमा खटिएका छन् । गए राति चौधरको बाढी सडक कटान गरी बस्तीमा पसेको स्थानीयले बताएका...
पहिरोमा परी एकै परिवारका पाँच जनाको मृत्यु
गलेश्वर, १७ साउन (रासस) ःम्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परी हराइरहेका थप तीन जनाको शव भेटिएको छ । मङ्गलबार बिहान करिब ३ बजे बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाएपछि सम्पर्कविहीन भएका एकै परिवारका तीन जनाको शव पुरिएको अवस्थामा भेटिएको वडा सदस्य भक्तबहादुर पुनले जानकारी दिनुभयो । “पहिरोबाट शव निकालिएको छ, मृतक सबै एकै...
भूकम्पको क्षति
खोटाङ, १७ साउन (रासस): साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति पुगेकोे छ । जिल्ला विपद् व्यवस्थापन कार्यालयका अनुसार एक घर पूर्णरूपमा भत्किएको छ भने अन्यमा चर्किएर क्षति भएको जनाइएको छ । यही साउन १५ गते बिहान ८ बजेर १३...
कर्मचारी युनियनले बुझायो मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र
पोखरा, १६ साउन । नेपाल निजामती कर्मचारी युनियन कास्कीले सोमबार पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेललाई ध्यानाकर्षण पत्र बुझाएको छ । युनियनका अध्यक्ष सुरेश कुमार श्रेष्ठको नेतृत्वमा पुगेको कर्मचारीको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो । पत्र बुझ्दै मुख्यमन्त्री पोख्रेलले कर्मचारीका जायज विषयमा सरकार गम्भिर रहेको उल्लेख गर्नुभयो । संघीय निजामती सेवा ऐन जारी नभए...
एकै परिवारका चारजना मृत फेला
काठमाडौँ, १६ साउन (रासस)ःकाठमाडौँको तारकेश्वर नगरपालिका– २ काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् । काभ्रेस्थलीको पदमसालमा घर बनाएर बसेका गोरखा भीमसेन थापा गाउँपालिका–६ का ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीय सुनिता, १३ वर्षीय छोरी र ८ वर्षको छोरा मृत फेला परेका हुन् । नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले घरमुली पाण्डेले...
अर्थमन्त्रीमा पुनःशर्मा नियुक्त
काठमाडौँ, १५ साउन (रासस) ःराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जनार्दन शर्मालाई आज अर्थमन्त्री पदमा नियुक्त गर्नुभएको छ । उहाँले आजै शर्मालाई मन्त्रीमा नियुक्त गरी हाल प्रधानमन्त्रीले सम्हाली आउनुभएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी कार्यभार तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रधानमन्त्री देउवाको नेतृत्वमा २०७८ साल असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको...