मूख्य समाचार

विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण
– रमेश लम्साल काठमाडौँ, २९ साउन (रासस) : देशभित्र उल्लेख्य रुपमा बिजुली उपलब्ध हुन थालेपछि विद्युतीय सवारी साधन प्रयोग गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । सरकारले पनि विद्युतीय सवारी साधनको प्रवद्र्धनमा विशेष व्यवस्था गरेको छ । नीतिगत रुपमा प्रष्टता तथा बिजुलीको सहज उपलब्धताका कारण पेट्रोलियम सवारी साधन छाड्दै क्रमश: विद्युतीय सवारी साधनको प्रयोगमा उपभोक्ताको...
शिवालयमा भक्तजनको भीड
काठमाडौँ, ३० साउन (रासस) ःसौरमास अनुसार साउन महिनाको अन्तिम सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । यस वर्ष साउन महिनामा पाँच सोमबार परेकामा आज अन्तिम सोमबार बिहान ३ः१५ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख गौरीशङ्कर पराजुलीले...
पोखराका विद्यालयलाई स्थानीय विदा
पोखरा, २९ साउन । पोखरा महानगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरुलाई साउन ३१ गते स्थानीय विदा दिइएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाले आज सूचना प्रकाशित गरी सामुदायिक तथा संस्थागत विद्यालय र मन्टेश्वरीलाई साउन ३१ गते स्थानीय विदा दिएको जनाएको हो। महाशाखा निर्देशक हेम प्रसाद आचार्यलले सूचना प्रकाशित गरी सो दिन तमु(गुरुङ) समुदायले मनाउने ट्होटे पर्व परेकाले आफैले...
साढे चार दशकदेखिको सपना साढे चार महिनामा पूरा हुँदै
–वासुदेव पौडेल÷कृष्ण दवाडी गण्डकी, २९ साउन (रासस) ः पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने पोखरेली जनताको साढे चार दशकदेखिको सपना अब भने पूरा हुने अवस्थामा छ । सरकारको घोषित कार्यक्रमअनुसार अबको साढे चार महिनामा यस विमानस्थलबाट उडान हुनेछन् । घोषित योजनाअनुसार चुनौतीका रुपमा खडा भएका ल्याण्डफिल साइटलगायतका केही काम सम्पन्न भएमा आगामी सन् २०२३ को जनवरी...
फोहरका कारण मुख्य प्रवेशद्वार नै बन्द
– शर्मिला पाठक काठमाडौँ, २८ साउन (रासस) ः नियमितरुपमा फोहर व्यवस्थापन हुन नसक्दा कालीमाटी तरकारी बजार प्रवेश गर्ने मुख्य प्रवेशद्वार नै बन्द भएको छ । कालीमाटीबाट तरकारी बजार प्रवेश गर्नका लागि तीन प्रवेशद्वार रहेकामा दुई स्थानबाट सवारीसाधन आवतजावत गर्ने एक मानिसका लागि बनाइएको हो । दुई महिनादेखि कालीमाटी क्षेत्रको फोहर व्यवस्थापन हुन नसक्दा तरकारी बजारबाट...
प्रहरीको गाडी दुर्घटना, दुई डिएसपीसहित पाँच घाइते
रुकुम (पूर्व), २८ साउन (रासस):रुकुम(पूर्व) मा नेपाल प्रहरीको गाडी पल्टिँदा दुई प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक रविन्द्र श्रेष्ठसहित अन्य सुरक्षाकर्मी रहेका छन् । सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने क्रममा प्रहरीको गाडी पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लो...
डुबेर दुई बालबालिकाको मृत्यु
बनियानी, २७ साउन (रासस) :झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर मृत्यु भएको छ । शिवसताक्षी–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो । बिहीबार बेलुका पौडी खेल्न घरबाट हिँडेका उनीहरु अबेरसमम...
फेवातालमा श्री श्री राधाकृष्ण बोट फेष्टिबल
पोखरा, २६ साउन । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ पोखरा शाखाले पोखरामा बिहीबार भगवान् श्री श्री राधाकृष्ण बोट फेष्टिबल गरेको छ । फेवा बोट एसोेशियशन गौरीघाटको समन्वयमा फेवातालमा फेष्टिबल गरिएको हो । राधाकृष्णलाई सजाएर करिब एक सय पचास श्रद्वालु भक्तजन बोटमा सवार भई एक घण्टा भजनकिर्तन गरिएको थियो । ‘संस्कृति जोगाऔं, प्रकृति बचाऔं’ भन्ने उद्देश्यले फेष्टिबल...
एम्बुलेन्सको ठक्करबाट मृत्यु
बाग्मती, २६ साउन (रासस):हेटौँडाबाट मनहरितर्फ गइरहेको ना२च ४१६१ नंको एम्बुलेन्सको ठक्करबाट मनहरि गाउँपालिका–९ को खरङ्गामा एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृत्युहुनेमा सङ्खुवासभा घर भएकी ५२ वर्षीया नमूना शेर्पा रहेको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ । एम्बुलेन्स चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
विद्यार्थी बेहोस् हुन थालेपछि पठनपाठन प्रभावित
बैतडी, २५ साउन (रासस) ःबैतडीको तल्लो स्वराडका विद्यार्थी बेहोस् हुने समस्या आएपछि पठनपाठन प्रभावित भएको छ । मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत छात्रामा विद्यालयमै बेहोस् हुन थालेपछि पठनपाठन प्रभावित भएको हो । विद्यालय आइसकेपछि छात्रा रुने, कराउने, काप्ने, बेहोस् हुने समस्या देखिएको मणिलेक माविका प्रधानाध्यापक रमेशदत्त बागले जानकारी दिनुभयो । गत हप्तादेखि छात्रामा यो...
सङ्क्रमण बढेपछि विद्यालय बन्द
भोजपुर, २५ साउन(रासस) :कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो । शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य कार्यालय भोजपुरका अनुसार यस गापमा सबैभन्दा बढी सङ्क्रण देखिएको छ । यहाँ...
सङ्क्रमणबाट मृत्यु हुनेमध्ये ७५ प्रतिशत खोप नलगाएका
काठमाडौँ, २४ साउन (रासस) :कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुने अधिका‌ंश खोप नलगाएका रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार हालसम्म मृत्यु भएकामध्ये ७५ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छैनन् । उहाँले कोरोना भाइरसविरुद्धको खोप नलगाएका उच्च जोखिममा भएकाले खोप लगाउन आग्रह गर्नुभयो । “खोप नलगाएका उच्च जोखिममा रहेकाले...