मूख्य समाचार

भारतमा जीप दुर्घटनामा दश नेपाली घाइते
महेन्द्रनगर, ६ भदौ (रासस) ःकञ्चनपुरको सीमावर्ती भारतीय बजार बनबासाबाट खटिमातर्फ गइरहेको यात्रुबाहक जीप आज दुर्घटना हुँदा दश नेपाली यात्रु घाइते भएका छन् । बनबासाबाट यात्रु बोकेर खटिमातर्फ गइरहेको भारतीय नम्बर प्लेटको जीप चकरपुरस्थित थाना नजिक दुर्घटना भएको खबर प्राप्त भएको गड्डचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब निरीक्षक बहादुरसिंह धामीले युके ०६ टिए...
साइबर अपराध ः फेसबुक ह्याक गर्दै रकम माग्दै
– कृष्ण दवाडी कास्की, ६ भदौ (रासस) ः पोखरा महानगरपालिका–१ बगरका ‘फ्रेन्सी’ व्यवसायी बलराम आचार्यलाई शनिबार दिउँसो परिचित व्यक्ति रमेश बञ्जाराको फेसबुक म्यासेन्जर कल आयो । ती परिचितले सञ्चो विसञ्चो सोधपुछ गरी नम्बर हराएकाले पुनः मोबाइल नम्बर पठाउन आग्रह गरे । यसपछि मोबाइलमा आफूले एउटा लिङ्क पठाएकाले सोको कोड दिन आग्रह गरेपछि व्यवसायी आचार्यले चिनजानको...
नेता गिरीको निधनले शोकमा डुब्यो बस्तीपुर
– राजु विश्वकर्मा लहान, ५ भदौ (रासस) ः “आब ककरा बाबु कहबै, के कर साहारामे रहबै” (अब कसलाई बुबा भन्नु ? कसको साहारमा बाँच्नु ?) लहान नगरपालिका–१४ बस्तीपुरका जितनीदेवी रामले रोइकराइ गरेपछि उपस्थित गाउँलेह?ले पनि आँसु थाम्न सकेनन् । समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनको खबर सुनेलगत्तै विक्षिप्त बनेकी जितनीदेवीको आँशु रोखिएको...
५० जिल्लाका बालबालिकाका लागि आजदेखि कोरोनाविरुद्धको खोप
काठमाडौँ, ५ भदौ (रासस) :स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि दोस्रो चरणमा ५० जिल्लाका पाँचदेखि १२ वर्ष मुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको छ । मन्त्रालयका अनुसार आजदेखि यही भदौ ११ गतेसम्म कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा बालबालिकालाई दिइनेछ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आजदेखि दोस्रो चरणमा ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप ‘फाइजर...
अङ्ग्रेजलाई हराएको सम्झनामा पाल्पामा जात्रा
सुशीला रेग्मी रामपुर (पाल्पा), ४ भदौ (रासस) :पाल्पाको तानसेनमा आज ऐतिहासिक भगवती जात्रा हर्षोल्लासका साथ मनाइएको छ । गोरखालीले अङ्ग्रेजलाई युद्धमा हराएको सम्झनामा वीरताको प्रतकिको रुपमा सिन्दुर जात्रा गरी बजारमा जय जयकारको गुञ्जनसहित भगवतीको रथयात्रा निकालिएको छ । भगवतीटोलमा रहेको श्री ७ रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गरिएको हो । कुमाल जातिका जवानले...
नवौँ राष्ट्रिय खेलकुद ः अझै कतिपयमा खेल पूर्वाधारकै चिन्ता
– कृष्ण दवाडी कास्की,४ भदौ (रासस) ः विसं २०७६ वैशाखमा लुम्बिनी प्रदेशमा भएको आठौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा गण्डकी प्रदेशले नवौँ आयोजनाको जिम्मेवारी पायो । गण्डकीको टोलीलाई दुई वर्षपछि नवौँ आयोजनाको जिम्मेवारीसहित झण्डा हस्तान्तरण गरियो । गण्डकीमा विसं २०७७ को फागुन अन्तिम सातालाई तय भएको राष्ट्रिय खेलकुद यसबीचमा कोरोनाका कारण पटक पटक प्रभावित बन्यो ।...
समाज परिवर्तनको अभियान आफैबाट शुरु गरौं – मन्त्री श्रेष्ठ
पोखरा, ४ भदौ । कृष्ण जन्माष्टमीको अवसरमा पोखरा – ८ रत्नचोकस्थित श्री कृष्ण प्रणामी मन्दिरमा शुक्रबार श्रीकृष्ण जन्माष्टमी प्राकट्य महोत्सव गरिएको छ । कार्यक्रममा झण्डै पाँच हजार श्रद्वालु भक्तजनको सहभागिता रहेको थियो । महोत्सवमा राति १२ बजेसम्म विभिन्न झाँकि, भजन तथा नृत्य प्रदर्शन गरिएको थियो । मन्दिरमा साउन २ गतेदेखि आयोजित श्रीमद् बितक चर्चा शब्द...
देशभरका श्रीकृष्णमन्दिरमा बिहानैदेखि भक्तजन पूजाआजा गर्दै
काठमाडौँ, ३ भदौ (रासस):प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति छ । यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिर, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा रहेको नवतनधाममा पनि भक्तजनको भीड लागेको छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालय परिसरमा रहेको कृष्ण मन्दिरमा...
स्रोत नखुलेको ६९ लाख रकमसहित तीन पक्राउ
काठमाडौँ, २ भदौ ९रासस० ःनेपाल प्रहरीले स्रोत नखुलेको रु ६९ लाख रकमसहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले स्रोत नखुलेको रकमसहित काठमाडौँ मनमैजुका ४५ वर्षीय माधव श्रेष्ठ, बारा घर भई काठमाडौँको कुलेश्वर बस्ने ३३ वर्षीय सुनिलकुमार साह र धनुषा जनकपुर घर भई काठमाडौँको टेकु बस्ने ३३ वर्षीय अङ्कित...
जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु , नौ जना घाइते
दार्चुला, १ भदौ (रासस) :दार्चुलामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट आज दिउँसो दार्चुला सदरमुकाम खलङ्गा आउँदै गरेको से१ज ५५१ नम्बरको जिप शैल्यशिखर नगरपालिका–६ उलानीमा दुर्घटनामा परेको हो । जिप दुर्घटनामा परी मृत्यु हुनेमा बझाङ जिल्ला बुङ्गल नगरपालिका–८ का उज्जलसिंह बोहरा, हिक्मत जागरी,...
३६ लाख नगदसहित पक्राउ
सर्लाही, ३१ साउन (रासस) ःसर्लाहीको बरहथवाबाट रकमसहित दुईजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले रु ३६ लाख नगद र गरगहनासहित दुईजना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–७ स्थायी घर भई काठमाडौँको कपन बस्दै आएका ३० वर्षीय हर्कबहादुर कठायत र भक्तपुरको चाँगुनारायण–२ दुवाकोटका...
निर्वाचनलाई सुव्यवस्थित तुल्याउन तीव्र गृह कार्यमा छौँ ः आयोग
काठमाडौँ, ३१ साउन (रासस) ःनिर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई सुव्यवस्थित रुपले सम्पन्न गर्न निर्वाचन कार्यतालिका स्वीकृत गरी थप गृह कार्यलाई तीव्र तुल्याएको छ । सोही क्रममा आयोगले निर्वाचनका लागि आवश्यक पर्ने निर्देशिका, कार्यविधिको तर्जुमा र परिमार्जनको काम गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाकाअनुसार आयोगले यसबीचमा निर्वाचनमा...