मूख्य समाचार

डेङ्गु नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने
काठमाडौँ, २६ भदौ (रासस) :स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । डेङ्गुको सङ्क्रमण बढदै गएपछि मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै स्थानीय तह परिचालन गरेर डेङ्गु नियन्त्रण गर्न अभियान चलाउने निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयले सामान्य प्रशासनमन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई लामखुट्टेको...
यसरी सम्पन्न भयो जिब्रो छेड्ने जात्रा
मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठले जिब्रो छेडेर नगर परिक्रमा गर्नुभएको छ । येँया अर्थात् इन्द्रजात्राका अवसरमा शनिबार राति मध्यपुरथिमिस्थित दिगु भैरव मन्दिर अगाडि डबलीमा उहाँले जिब्रो छेड्नुभएको थियो । दश इन्च लामो सुइरोले जिब्रो छेडेर उहाँले १७ दीपसहितको अर्ध चन्द्राकार भ्यें बोकी थिमि परिक्रमा गर्नुभएको थियो । योसँगै थिमिमा मनाउने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु...
आत्महत्या रोकथाम दिवस : प्रभावितले दिएका पूर्व–सङ्केतको ख्याल नगरे क्षति
काठमाडौँ, २५ भदौ (रासस): मानसिक समस्या एक प्रकारको गम्भीर प्रकृतिको सामाजिक समस्या हो भनेर स्वीकार नगरिँदा त्यसले आत्महत्यासम्मको जोखिम बढाइरहेको छ । विज्ञका अनुसार मानिसक समस्या बढ्नुमा प्रथमतः घर, परिवार तथा समाज नै कारक बनेको हुन्छ । तर यसबारे धेरैले बुझेका हुँदैनन् । मनोविद्हरू त्यही मनोसामाजिक समस्या बढ्दै गएर मानिस पछि आत्महत्यासम्म पुग्ने बताउँछन् ।...
दार्चुला बाढी पहिरो : एकजनाको मृत्यु, सात वेपत्ता
सुदूरपश्चिम, २५ भदौ (रासस):अविरल वर्षासँग गए राति दार्चुलामा आएको बाढी र पहिरोमा परी एक जनाको मृत्यु भएको छ । सात जना वेपत्ता छन् । सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार महाकाली नगरपालिका–४ स्थित लास्कुखोलामा आएको बाढीमा परी बेपत्ता भएका एकजनाको शव भेटिएको छ । उनको सनाखत हुन सकेको छैन । अन्य सात जना बेपत्ता...
हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, २४ भदौ (रासस) :देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेकाले बदलीसँगै वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । विभागका अनुसार आगामी २४ घण्टा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा...
प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन असोज २३ गते हुने
काठमाडौँ, २३ भदौ (रासस) : निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । कार्यक्रमअनुसार आगामी असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि...
कांग्रेसको घोषणापत्र तयारी समितिको संयोजकमा महामन्त्री शर्मा
काठमाडौँ, २२ भदौ (रासस) : नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ घोषणापत्र तयारी समितिको संयोजकत्वमा विश्वप्रकाश शर्मा मनोनयन गरेको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ घोषणापत्र तयारी समितिको संयोजकत्वमा आज पार्टीका महामन्त्री शर्मालाई मनोनयन गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव...
पहिरो खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध
सिन्धुली, २२ भदौ (रासस) :पहिरो खस्दा मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध भएको छ । सिन्धुलीको गोलञ्जोर गाँउपालिका–१ कुडुलेमा सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । आज बिहान चार बजेदेखि निरन्तर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विमलराज कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार राजमार्ग अवरुद्ध भएपछि पूर्वी पहाडी जिल्लाबाट मध्यपहाडी...
अमेरिकाबाट गाँजा पार्सल आएपछि…
नारायण ढुङ्गाना काठमाडौँ, २१ भदौ (रासस) :अमेरिकाबाट आउने पार्सल केही बहुमूल्य चिज होला भन्ने जो कोहीलाई पनि लाग्न सक्छ । केही नेपालीका सपनाको गन्तव्य मुलुक त्यसमाथि शक्तिमान राष्ट्र, अमेरिका । नेपाली नागरिकले त्यहाँबाट आउने उपहार नौलो र रोचक हुने अनुमान गर्नु स्वभाविक पनि हो तर त्यही मुलुकबाट गाँजा पार्सल गरी सरकारी निकाय हुलाकमा आउँछ भन्ने...
डेँङ्गुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान
काठमाडौँ, २० भदौ ९रासस०ःपछिल्लो समय लामखुट्टेको टोकाइबाट डेँङ्गुका बिरामी बढ्दै गएपछि काठमाडौँ महानगरपकाले ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिएको छ । यही भदौ १४ गतेदेखि जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयम्सेविका र स्थानीय सङ्घ संस्थाका प्रतिनिधिसँग अन्तक्र्रियात्मक कार्यक्रमपछि घरदैलो कार्यक्रमलाई निरन्तरता दिइएको कामपा जनस्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिनुभयो । डेँङ्गो नियन्त्रणका लागि निदानात्मक...
स्थापना दिवसमा कर्मचारी युनियन वृद्वाश्रममा
पोखरा, १९ भदौं । नेपाल निजामती कर्मचारी युनियन कास्कीले आइतवार स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा पोखरा ३२ स्थित तल्लो गगनगौंडामा रहेको राधाकृष्ण वृद्वाश्रममा सहयोग गरिएको छ । युनियनले वृद्वाश्रमलाई खाद्यान्न सहयोगसँगै वृद्ववृद्वालाई फलफूल वितरण गरेको छ । नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल र युनियनका अध्यक्ष सुरेश कुमार श्रेष्ठले वृद्वाश्रम सञ्चालक समितिका...
दसैँका लागि हवाई टिकट बुकिङ धमाधम
सिबी अधिकारी काठमाडौँ, १९ भदौ (रासस) : दसैँ, तिहार, छठलगायत चाडपर्व नेपालीको महत्वपूर्ण उत्सव हुन् । दसैँमा गाउँघर जाने, आफन्तसँग भेटघाट गर्ने र नयाँ लुगा लगाउने परम्परागत चलन छ । वर्षदिनको महत्वपूर्ण चाड भएकाले देश तथा विदेशदेखि सहर, सदरमुकामदेखि गाउँबेसी पुग्नेको लर्को लाग्छ । उनीहरु आफन्त र मान्यजनबाट टिका तथा आशिर्वाद थाप्न लामो यात्रा तय...