मूख्य समाचार

मानव सेवाले दिएको खुसी
टेकराज केसी सुर्खेत (भेरीगङ्गा), ४ असोज (रासस) ः सञ्जिता गौतम मानवसेवा आश्रम कर्णाली प्रदेश संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । गौतमको जन्म भने धुलिखेल नगरपालिका–११ काभ्रेडाँडा गाउँमा भएको हो । मध्यम परिवारमा जन्मिएकी सञ्जिता समाज परिवर्तन र रुपान्तरणका लागि सङ्घर्ष गरिरहनुभएको छ । उहाले सानैदेखि नै गरिब, दुःखीलाई सहयोग गर्नुपर्छ भनेर सोच राख्नुहुन्थ्यो । समाजका सबै...
जहाँ प्रधानाध्यापकले दिनहुँ विद्यार्थीलाई खोला तार्नुहुन्छ र भिजेकै कपडामा विद्यार्थीलाई पढाउनुहुन्छ
हेटौँडा, ३ असोज (रासस) ः मकवानपुरको बकैया गाउँपालिका– १२ धेत्रे दमारमा रहेको कालाभैरव प्राथमिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीलाई प्रत्येक बिहान ९ बजे खोला तार्नुपर्ने विद्यालयका प्रधानाध्यापक चेतबहादुर घलेको दैनिकी नै बनेको छ । विद्यालय जाने बाटोमा पर्ने सिमात खोलामा पुल नहुँदा विद्यार्थीलाई खोला तार्नुपर्ने उहाँको दैनिकी हो । विद्यार्थीलाई खोला तारेर विद्यालय पुगेर भिजेकै...
जापनिज इन्सेफ्लाइटिसबाट मृत्यु
चितवन, ३ असोज (रासस) ःजिल्लामा जापनिज इन्सेफ्लाइटिसका कारण थप एक जनाको मृत्यु भएको छ भने एक जना सङ्क्रमित थपिएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ की ५२ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । ती महिलालाई सङ्क्रमितको सूचीमा रहेपछि खोजीका क्रममा यसअघिनै मृत्यु भएको ढिला गरी थाहा भएको हो । स्वास्थ्य कार्यालय प्रमुख...
५२२ नम्बरमा रोकियो एक मलामी
रवीन्द्र काफ्ले पाँचथर, २ असोज (रासस) : आधा बाहुलाको सर्ट, हाफ पाइन्ट र स्याण्डिल लगाएको, कम्मरमा दाउ (खुकुरी) भिरेको, अग्लो र पातलो कदको एक अधबैँसे फिदिम र आसपासको क्षेत्रमा मृत्युका घटनामा प्रायः पुगेकै हुन्थ्यो । ऊ बढी केही थिएन, अरुजस्तै एक मलामी थियो । तर भूमिका भने सधैँ फरक हुन्थ्यो । घरबाट शव उठाउनदेखि घाटसम्म...
मोबाइल सन्देशले जोगायो ज्यान
राजेन्द्र पनेरु कञ्चनपुर, २ असोज (रासस) ः भदौ ३१ गते राति ११ बजेर ३० मिनेटको समय कञ्चनपुरको वनहरा शिविरका रञ्जित रावतले बिर्सन सक्नुहुन्न । त्यही रातिको समय झोपडीमा निदाउनै लागेका रावतको मोबाइलमा एउटा सन्देश आयो । त्यही सन्देशले शिविरका सबै जनाको ज्यान जोगायो । रञ्जितको मोबाइलमा सन्देश जल तथा मौसम विज्ञान विभागबाट आएको थियो ।...
गण्डकी प्रदेशमा लौरौ अभियानद्वारा उम्मेद्वारी घोषणा
पोखरा, २ असोन । लौरो अभियानले गण्डकी प्रदेशमा उम्मेद्वारी घोषणा गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा गरी १० जनाले अभियानको तर्फबाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको हो । उम्मेद्वारी घोषणा गर्दै अभियानका अभियन्ताहरुले पूरानो नेतृत्वको विकल्पमा आफूहरु रहेको बताउनुभयो । गण्डकीबाट प्रतिनिधि सभा सदस्यका लागि मुस्ताङबाट राप्के गुरुङ, स्याङ्जा १ बाट अधिवक्ता सोम बहादुर...
अछाममा पहिरो, २२ जनाको मृत्यु
पोखरा, १ असोज । केहि दिन देखिका अविरल वर्षासँग देशभरको जनजीवन प्रभावित बनेको छ । विभिन्न स्थानमा बाढीपहिरोका कारण जनधनको ठूलो क्षति भएको छ । राजमार्ग र सडकहरु अवरुद्व भैरहेका थिए । अछाम जिल्लाको विभिन्न स्थानमा पहिरोमा परी २२ जनाको मृत्यु भएको छ ।  शुक्रबार राति विभिन्न पालिकाहरुमा पहिरो खसेको हो । कमलबजार नगरपालिका, ढकारी...
पोखरामा बृहत् आर्ट क्याम्प
काठमाडौँ, ३१ जेठ (रासस) :नेपालसहित विभिन्न चार देशका कलाकारको सहभागितामा पोखरा र आसपासका क्षेत्रमा शनिबारदेखि बृहत् आर्ट क्याम्प हुन लागेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आगामी असोज १ देखि ४ गतेसम्म हुने ‘पोखरा आर्ट क्याम्प’मा नेपालसहित भारत, बङ्गलादेश र इरानका एक सय १८ कलाकारको सहभागिता रहने आयोजक अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालले जनाएको छ...
मोबाइल सेटको गैरकानुनी आयात रोक्न एमडिएमएस प्रणाली सुरु
काठमाडौँ, २९ भदौ (रासस) :नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गर्ने उद्देश्यले एमडिएमएस प्रणाली सुरु गरेको छ । प्राधिकरणले मोबाइल सेटको गैरकानुनी बिक्री वितरणलाई रोक्दै थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ÷ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज...
पोखरामा हटाइँदै अवैध संरचना
गण्डकी, २९ भदौ (रासस) : पोखरा महानगरपालिकाभित्रका अनधिकृत संरचना हटाउन थालिएको छ । गत साता पोखरा–९ महेन्द्रपुलस्थित आफ्नै स्वामित्वको भवनमा डोजर चलाएको महानगरले कानुन मिचेर बनाइएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ । सोमबार ४ र ९ नं वडा कार्यालयले ती क्षेत्रमा रहेका फुटपाथ पसल र अवैध संरचना हटाउन सातदिने सूचना निकालेको छ । तोकिएको...
प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान, एक जना घाइते
जनकपुरधाम, २८ भदौ (रासस) :धनुषाको गणेशमान चारनाथ–४ पोर्ताहास्थित चारनाथ खोलामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन् । प्रहरीचौकी पोर्ताहाबाट खटिएको प्रहरी टोली र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा प्रहरीको गोली लागेर धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ निवासी ३० वर्षीय गणेशबहादुर बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ । खोलामा बन्दुकधारी समूहलाई...
ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरीसहित तीन घाइते
बनियानी, २७ भदौ (रासस) :झापाको भद्रपुरमा आज ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । भद्रपुर–२ र ३ स्थित देउनियाँ पुलमा पृथ्वीनगरबाट भद्रपुरतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ३६५९ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेकी भद्रपुर–२ की ३५ की तुलसा खवास लामा र उनको छोरी दुई वर्षीया रुक्साना लामालाई ठक्कर...