मूख्य समाचार

तामाखानीले घेरिएको गाउँ
डम्मर बुढामगर ढोरपाटन, १६ असोज (रासस) ः निकै दूरमा छ नर्जाखानी गाउँ । गाउँको चारैतिर तामाखानी छन् । गाउँका कुनाकाप्चा चारैतिर अहिले पनि तामा निकालेका खाडल प्रशस्तै भेटिन्छन् । बागलुङको तमानखोला गाउँपालिका–६ पर्ने नर्जाखानी गाउँमा रहेका यी खाडलबाट स्थानीयवासीले फेरि तामा निकाल्नुपर्ने माग गरिरहेका छन् । यहाँका खानी एक सय १० वर्ष अगाडिसम्म उत्खखन गरेर...
करेन्ट लागेर एक व्यक्तिको मृत्यु
राजविराज, १४ असोज (रासस) :सप्तरीको छिन्नमस्ता गाउँपालिकाको ललापटीमा आज दिउँसो करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा छिन्नमस्ता–४ ललापटी बस्ने ५० वर्षका नारायण यादव रहेको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो । घरदेखि टाढा गाउँकै खेतबारीमा कृषि मिटरद्वारा जडान गरिएको पानी तान्ने मोटरमा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ...
सल्यानमा जिप दुर्घटना ः आठ जनाको मृत्यु
दाङ, १२ असोज (रासस) :सल्यानमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिकाको सिनवाङतर्फ आउँदै गरेको रा१ज ५६३ नंको जिप कपुरकोट गाउँपालिका–३ मुलपानीमा गए राति २ बजे दुर्घटना भएको हो । आठै जनाको घटनास्थलमै मृत्यु भएको सल्यानका प्रहरी नायब उपरीक्षक दामोदार केसीले जानकारी दिनुभयो । मृत्यु हुनेमा जिप चालक...
मनास्लु हिमपहिरा अपडेट : घाइते सबैको उद्धार, मृतक राईको शव उठाउन समस्या
उत्तरी गोरखाको मनास्लु हिमालस्थित तेस्रो आधार शिविरमा सोमबार गएको हिमपहिरामा परी घाइते भएका सबैको उद्धारको काम सकिएको छ । पहिरामा परेका १३ मध्ये १२ जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । हिजो चारजना घाइतेको उद्धार गरिएको भए पनि बाँकी रहेका थप आठजनाको आज उद्धार गरिएको हो...
‘हिजो आजका कुरा’ अब ठूलो पर्दामा
काठमाडौँ, ११ असोज (रासस) ःनेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिशृङ्खला ‘हिजो आजका कुरा’ मार्फत अभिनेता तथा निर्देशक सन्तोष पन्तले आफ्नो परिचय स्थापित गर्नुभयो । छ सय ९९ भाग प्रसारण भएर कीर्तिमान बनाउन सफल टेलिशृङ्खलालाई तत्कालीन समयमा टेलिभिजनमा पर्खिने दर्शकको कमी थिएन । विसं २०५३ मा सुरु हुँदा टेलिशृङ्खलाको नाम ‘आज भोलिका कुरा’ रखिएको थियो । तत्कालीन...
नवरात्रको पहिलो दिन ः घरघरमा घटस्थापनासहित जमरा राखिँदै
काठमाडौँ, १० असोज (रासस) ःनवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् । घरको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना गरिन्छ । नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्री दुर्गाको नौ मूर्तिमध्येको एक हो । गिरिराज हिमालयकी पुत्री...
चोयाका पोशाक लगाउने भरीबहादुर
धु्रवसागर शर्मा गलेश्वर,९ असोज (रासस)ः बाँस र निगालाको चोयाबाट बनाइएका घरायसी प्रयोजनका समाग्रीहरु त हामी सबैले प्रयोग गर्दै आएका छौँ तर शिरदेखि पाउसम्मै चोयाबाट बुनेका पोशाक लगाएर गाउँका मेलापातदेखि सहरमा हुने पर्व, महोत्सवमा पुग्नाका साथै सोही पोशाकबाट आम्दानीसमेत गर्ने कोही व्यक्ति देख्नुभएको छैन भने म्याग्दीको मालिका गाउँपालिका वडा नं २ रुमको बेली गाउँमा जानुहोस् ।...
कुटपिट र हत्यामा संलग्न नौ जना पक्राउ
मङ्गलबारे, ९ असोज (रासस) :चुलाचुलीमा गत बुधबार भएको हत्यामा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा बस्ने ४४ वर्षीय एलबी भनिने लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चुलाचुली–४ का नरेन्द्र दर्जी, नरेशकुमार याखा, अभिषेक केरुङ, सेसेहाङ याखा, चन्द्रकुमार एवा, डम्बर एवा, नरेन्द्र तुम्रोक, विक्रम हिङमाङ...
लिलाम नहुँदा भन्सारमा थन्किए करोडौँका गाडी
बेदकोट, ८ असोज (रासस) ःचोरी, तस्करी तथा विभिन्न घटनामा बरामद गरिएका सवारीसाधन चार वर्षयता कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा थन्किएका छन् । लिलाम गर्न ढिलाइ हुँदा गाडी भन्सार कार्यालयमै जीर्ण हुँदै गएका छन् । विगतमा कोरोना महामारीका कारण लिलाम प्रक्रिया अगाडि बढ्न सकेको थिएन । कञ्चनपुर भन्सार कार्यालयमा करिब चार सयको सङ्ख्यामा दुईपाङ्ग्रे र २० वटा...
भीमफेदीमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु
मकवानपुर, ६ असोज (रासस) ःमकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा आज दिउँसो सवारी दुर्घटना हुँदा त्यसमा परेर सात जनाको मृत्यु भएको छ । काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा३ख ७८५८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेहरुमा तीन...
विद्युत् सुविधाले दिएको खुसी
सुशीला रेग्मी निस्दी गाउँपालिका–४ स्थित लामेदमारका ७९ वर्षीय तुलबहादुर सोतीले विद्युत् सेवाका लागि रु सात हजार रकम १४ वर्ष अघि बुझाउनुभयो । रकम बुझाएको लामो समयसम्म गाउँमा विद्युत् सेवा नपुग्दा उहाँलाई बत्ती बाल्न पाइन्छ कि पाइँदैन भन्ने दुविधा थियो । धेरै समयको पखाई पश्चात भने अहिले बत्ती बाल्न पाउँदा सोती औधी खुशी हुनुहुन्छ । घरमा...
नेपाललाई जापानद्वारा करिब रु १६ अर्ब सहयोग
काठमाडौँ, ५ असोज (रासस) ःनेपालको पूर्वी तराईस्थित चन्द्र नहर सिँचाइ प्रणालीको पुनःस्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारले करिब रु दुई अर्ब अनुदान सहयोग प्रदान गरेको छ । यसैगरी काठमाडौँ र पोखराको सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयन गर्न जापानले रु १४ अर्ब २० करोड ऋण सहयोग प्रदान गरेको छ । वार्षिक शून्य...