मूख्य समाचार

शहरी क्षेत्रको जनसङ्ख्या बृद्धि
काठमाडौँ, ३१ असोज (रासस) ःनेपालको शहरी क्षेत्रको जनसङ्ख्या ६६.०८ प्रतिशत पुगेको छ । जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क अनुसार शहरी क्षेत्रमा बसोवास गर्नेको जनसङ्ख्या २०६८ को जनगणनाको परिणामभन्दा बढेको शहरी विकास मन्त्रालयका सहसचिव रामचन्द्र दङ्गालले जानकारी दिनुभयो । २०६८ सालमा शहरी क्षेत्रको जनसङ्ख्या ६३.१९ प्रतिशत थियो । त्यसबेला ग्रामीण भेगको जनसङ्ख्या ३६.८१ प्रतिशत थियो ।...
ब्याजदर बढेकोमा निजी क्षेत्र आक्रोशित, किस्ता र ब्याज नबुझाउने चेतावनी
पोखरा, २८ असोज । पोखराका उद्योगी÷व्यवसायीहरुले बैंकले एकाएक कर्जामा बढाएको ब्याजदरको चर्को विरोध गरेका छन् । उनीहरुले ब्याजदर नघटाइ पहिलो त्रैमासिक अर्थात् असोज मसान्तमा तिर्नुपर्ने कर्जाको किस्ता र ब्याज नबुझाउने चेतावनी पनि दिएका छन् । पोखरा र लेखनाथ उद्योग वाणिज्य संघ, नेपाल उद्योग परिसंघ गण्डकी प्रदेश, पोखरा पर्यटन परिषद्सहित १३ वटा व्यावसायिक संघ÷संस्थाले शुक्रबार अर्थमन्त्री...
पोखरामा खेलकुदको ‘कुम्भमेला’को तयारी पूरा
नारायण न्यौपाने काठमाडौँ, २६ असोज (रासस) : नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिता सञ्चालनका लागि व्यवस्थापनलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । मुलुककै पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने खेलकुदको कुम्भमेलाका लागि व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमका अनुसार उपराष्ट्रपति...
सर्लाहीका दम्पतीको लमजुङमा लेक लागेर मृत्यु
सर्लाही, २५ असोज (रासस) :सर्लाहीको लालबन्दी नगरपालिका–१२, पत्थरकोटका एक दम्पतीको लमजुङको मेमेपोखरीबाट फर्किने क्रममा लेक लागेर मृत्यु भएको छ । लालबन्दी नगरपालिका–१२ पत्थरकोटस्थित स्याङ्बो डाँडाका २७ वर्षीय बुद्धिमान योञ्जन र उहाँकी श्रीमती २६ वर्षीया शर्मिला तामाङको मेमेपोखरी घुमेर फर्किने क्रममा लेक लागेर यही असोज १९ गते दसैँको टीकाको राति मृत्यु भएको हो । योञ्जन दम्पतीको...
‘उत्साहजनकरुपमा मनोनयन दर्ता भइरहेको छ’
काठमाडौँ, २३ असोज (रासस) :आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ता देशभर उत्साहवद्र्धक रुपमा भइरहेको छ । प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता शान्तिपूर्ण र उत्साहजनकरुपमा भइरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा...
पहिराले दसैँका बेला घर छाडेर भागाभाग
बलेवा, २१ असोज (रासस) ःबागलुङ नगरपालिका वडा नंं ११ को तल्लो रामतोलामा पहिरो खसेको एक महिना भयो । महिना दिनदेखि निरन्तर बगेको पहिरोका कारण यहाँका दर्जनौँ घरपरिवारले दसैँको टीकासमेत आफ्नो घरमा बसेर लगाउन पाएनन् । भदौको १९ गतेदेखि जमिन चिरा परेको र २१ गते अविरल वर्षात्पछि जमिन बग्न थालेको थियोे । निरन्तर बगिरहेको जमिनमा दसैँका...
बस दुर्घटनामा अपडेट : १५ को सनाखत, एक जनाको हुन बाँकी
हेटौँडा, २० असोज (रासस) :जीतपुर–सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा मृत्यु भएका १६ जनामध्ये १५ जनाको सनाखत भएको छ । हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जना, चुरेहिल अस्पतालमा दुई जना, सहकारी अस्पतालमा एक जना र भरतपुर लैजाने क्रममा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बारा–कलैया उपमहानगरपालिकाका लीलाराज चौरसिया, चितवन खैरहनी नगरपालिका–५ की...
काठमाडौँ उपत्यकासहित पश्चिममा भारी वर्षा, अझै २÷३ दिन वर्षा हुने
काठमाडौँ, १९ असोस (रासस) :काठमाडौँ उपत्यकासहित देशका विभिन्न भू–भागमा गए रातिदेखि नै वर्षा भइरहेको छ । देशको पश्चिमी भागमा भारी मात्रामा वर्षा भएको बताइएको छ । वर्षाका कारण आज विजया दशमीका दिन मानिसहरुलाई टीकाका लागि आवतजावत गर्न तथा आफन्त भेटघाट गर्न कठिनाइ भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर...
दुर्गा पक्षको १० औँ दिन विधिपूर्वक देवी विसर्जन गरिँदै, टीकाको तयारी
काठमाडौँ, १९ असोज (रासस) ःनवरात्रको नौ दिनसम्म विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको दशैँ घर वा पूजा कोठामा आज विजयादशमीका दिन बिहान देवी विसर्जन गरिँदै छ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दसैँ घर वा पूजा कोठामा देवी विसर्जन गर्न लागिएको हो...
मासु घाँटीमा अड्किएर धनबहादुरको मृत्यु
भरतपुर, १८ असोज (रासस):मासु खाँदा घाँटीमा अड्किएर चितवनका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् । सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किए पछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो । उनको पुरानो मेडिकल कलेज पु¥याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको...
सुदीप गौतम : जसले मर्दी हिमाललाई विश्वमाझ चिनाएर आफू भने ३५ वर्षको उमेरमा अस्ताए
वासुदेव पौडेल गण्डकी, १६ असोज (रासस) : पछिल्लो समयमा पदयात्रा पर्यटनमा चासो र चर्चा कमाएको गन्तव्य हो मर्दी हिमाल । झण्डै डेढदशक अघिसम्म मर्दी हिमाल पदयात्रा गुमनाम जस्तै थियो । जब डेढदशक अघि कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङका सुदीप गौतमले मर्दी हाइक्याम्पमा होटेल सञ्चालन सुरु गर्नुभयो त्यबेला उहाँलाई अधिकांशले उपहासको पात्र बनाए । तत्कालीन समयमा फाट्टफुट्ट...