मूख्य समाचार

सडकमा गाउने २२ जना दृष्टिविहिनलाई आर्थिक सहयोग
पोखरा, ८ पुस। पोखराको विभिन्न स्थानमा गीत गाएर दैनिकी गुजारा गर्दै आएका २२ जना दृष्टिविहिनहरुलाई लामा अमृत फाउण्डेशन घान्द्रुकले आर्थिक सहयोग गरेको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङको अगुवाइ तथा लोकदोहोरी गायिका तथा डान्सर प्रीति आलेमगरको संयोजनमा संकलित रकम सहयोग गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिसमेत रहेको सहयोगीदाता तेज बहादुर गुरुङ, अभियन्ता...
प्राधिकरणले बेच्यो ११ अर्ब १६ करोडको विजुली
काठमाडौँ, ५ पुस (रासस) :नेपाल विद्युत् प्राधिकरणले एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले गत जेठ १९ देखि यही पुस ३ सम्म बिजुली निर्यात गरी रु ११ अर्ब १६ करोड ३० लाख आम्दानी गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बढी भएको बिजुली भारतलाई बिक्री गरेको...
कांग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता आज
काठमाडौँ, ५ पुस (रासस)ःनेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि उम्मेदवारी दरखास्त दिन दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन बुधबार हुँदैछ । कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले संसदीय दलको नेताको निर्वाचनसम्बन्धी कार्यतालिका सोमबार सार्वजनिक गरेको हो । कार्यतालिकाअनुसार सोमबार नै मतदाता नामावली प्रकाशन...
मध्यमस्र्याङ्दीमा विद्युत् उत्पादन घट्दै
लमजुङ, २ पुस (रासस) :जिल्लामा रहेको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घट्न थालेको छ । आयोजनामा आवश्यक पानी कम हुँदै गएपछि विद्युत् उत्पादन घट्न थालेको हो । बेँसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रमा कूल क्षमताभन्दा करिब २१÷२२ मेगावाट नै विद्युत् उत्पादन घटेको छ । मस्र्याङ्दी नदीमा पानी कम हुन थालेसँगै आयोजनाको विद्युत्...
सङ्क्रमण घटेपछि खोप ल्याइएन
–शरद् शर्मा काठमाडौँ, २पुस(रासस) ः कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि भाइरसविरुद्ध खोप आएको छैन । सङ्क्रमण घट्दै गएको र ठूलो सङ्ख्यामा खोप मौज्दात रहेकाले तीन महिनादेखि कोरोना भाइरसविरुद्ध खोप नल्याइएको हो । कोरोना भाइरसको सङ्क्रमण घट्दै र खोपको माग पनि कम भएपछि खोप नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो...
जीप दुर्घटना : एकै वडाका आठसहित १२ को मृत्यु
जाजरकोट, २७ मङ्सिर (रासस):यहाँको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र अम्मर खड्का रहेका छन् । त्यसैगरी जारजरकोट छेडागाड नगरपालिका–५ का...
लोकमार्गको काम अलपत्र
ढोरपाटन, २६ मङ्सिर (रासस) ःराष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ अक्षते–घोडाबाँधे खण्ड कालोपत्रे जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन हुँदा लोकमार्गको काम ठप्प भएको छ । निर्माण जिम्मा लिएको श्रेष्ठ निर्माण तथा ढुवानी सेवाका प्रमुख रामकाजी श्रेष्ठ करिब एक महिनादेखि सम्पर्कविहीन हुँदा करिब १२ किलोमिटर सडकको काम अलपत्र परेको हो । आर्थिक वर्ष २०७२÷०७३ मा यस सडक...
डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता
मान्म, २४ मङ्सिर (रासस) :कालीकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । दुर्घटनामा परी तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ । कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका–१ अँधेरीखोला भिरमा डोजर दुर्घटना भएको हो । फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माणाधीन सुरुङभित्रको पानीको अवस्था जाँच...
सुनको मूल्य प्रतितोला एक लाख नाघ्यो
काठमाडौँ, २३ मङ्सिर (रासस) :नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु छ सयले बढेर रु एक लाख तीन सय पुगेको छ । बिहीबार प्रतितोला रु ९९ हजार सात सयमा सुनको कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार...
प्रदूषण जाँचमा पास नहुने सवारी साधनलाई एक लाख जरिवाना गरिने
काठमाडौँ, २२ मङ्सिर (रासस) :सरकारको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने सवारी साधनलाई रु एक लाखसम्म जरिवाना गरिने भएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले त्यस्ता सवारी साधनलाई आगामी पुस १ गतेदेखि वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम जरिवाना हुने स्पष्ट पारेको हो । हाल सवारी साधनमा धुँवा...
हात्तीको आक्रमणबाट मृत्यु
दोधारा चाँदनी, २१ मङ्सिर (रासस)ःकञ्चनपुरमा हात्तीको आक्रमणबाट बेदकोट नगरपालिका–१ स्थित हात्तीथलाका ७१ वर्षीया हीरादेवी धानुकको मङ्गलबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक भरत गिरीलेका अनुसार बैजनाथ मध्यवर्ती सामुदायिक वनभित्र दाउरा लिन गएका अवस्थामा धानुकलाई हात्तीले आक्रमण गरेको थियो ।