मूख्य समाचार

यतीको जहाज दुर्घटना, उद्वार जारी
पोखरा, १ माघ । पोखरामा आज यती एयरलाइन्सको जहाज दुर्घटना भएको छ । काठमाण्डौबाट पोखरा आएको यती ९एन एएनसी एटीआर ७२ जहाज दुर्घटना भएको हो । पोखराको नयाँ गाउँस्थित सेती नदी खोँचमा दुर्घटना भएको हो । जहाजमा ६८ जना यात्रु र चार जना चालक दलका सदस्य भएको बताइएको छ । अहिले उद्वार कार्य जारी रहेको...
को होला मिस तामाङ ?
पोखरा, २९ पुस । मिस तामाङ पोखराको ग्राण्ड फिनाले माघ १ गते हुने भएको छ । बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा हुने प्रतियोगिताको ग्राण्ड फिनाले पोखरा सभागृहमा आँउदो आइतबार हुने भएको समाजका अध्यक्ष ज्याक तामाङ्गले जानकारी दिनुभयो । सातौं संस्करण प्रतियोगितामा लक्ष्मी तामाङ्ग, रेनुका तामाङ्ग, अर्विना तामाङ्ग, जुना तामाङ्ग, निशा तामाङ्ग, विकिता तामाङ्ग, सुप्रिया...
क्रिकेट खेलाडी लामिछाने कारागारबाट छुट्ने
पोखरा, २८ पुस । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । २० लाख धरौटीमा रिहा गर्न आदालतले आदेश दिएको हो । आदेशसँगै लामिछाने शुक्रबार कारगारबाट छुट्ने बताइएको छ । लामिछानेको मुद्वा जिल्ला आदालत काठमाण्डौंमा विचाराधिन अवस्थामा रहनेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेलाई बलात्कारको अभियोगमा पक्राउ गरी...
पोखरा महोत्सवको प्रचार गर्दै कार ¥याली
पोखरा, २६ पुस । एघारौं पोखरा महोत्सवको प्रचारप्रसार गर्दै पूर्वसन्ध्यामा पोखरामा कार ¥याली निकालिएको छ । पुस २७ देखी माघ ९ गतेसम्म पोखराको अमरसिंहचौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवको पूर्वसन्ध्यामा आयोजक युनाइटेड क्लबले कार ¥याली निकालेको हो । महोत्सव स्थल अमरसिंहचौरबाट सुरु भएको कार ¥यालीको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक किरण रावतले...
घट्यो इन्धनको मूल्य
पोखरा, २४ पुस । नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । मूल्य घटाएसँगै १७८ पर्ने पेट्रोल प्रतिलिटरको १७५, १ ७५ प्रतिलिटर डिजेल र मट्टितेलको मूल्य १७२ रुपैयाँ पर्नेछ ।
सात बुँदे माग सहितको पोखरा घोषणा पत्र जारी
पोखरा, २३ पुस । पोखरामा सम्पन्न जिल्ला समन्वय समिति महासंघ नेपालको चौथो राष्ट्रिय परिषद् बैंठकले सात बँुदे मागसहितको पोखरा घोषणा पत्र जारी गरेको छ । बैंठकले जिल्ला सभा व्यवस्थापन र समन्वय समिति संचालन ऐन तत्काल जारी गर्न माग गरेको छ । अविलम्ब ७ वटै प्रदेशबाट जिल्ला समन्वय समिति संचालन ऐन तत्काल जारी गर्न, जिल्ला समन्वय...
चिसो बढ्दै
पोखरा, १७ पुस। तीन दिन देशभर चिसो बढ्ने भएको छ। पश्चिमी वायुको प्रभावले चिसो बढ्ने भएकाले चिसोबाट जोगिन सावधानी र सतर्कना अपाउन आवश्यक रहेको छ। आगामी तिन दिन सितलहर, तुवाँलो, हुस्सुको सम्भावना रहेको मौसमविद्को भनाइ छ। पोखरासहित देशभर केही दिन यता बाक्लो हुस्सु लाग्नुको साथै चिसो समेत बढेको छ । यो क्रम अझै बढ्ने भएकाले...
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन
पोखरा, १७ पुस। पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटन गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले भव्य समारोह बीच विमानस्थल उद्घाटन गर्नुभएको हो। विमानस्थल उद्घाटन समारोहलाई पोखरेलीहरुले ठूलो पर्वका रुपमा लिएका थिए। उद्घाटन सामारोहमा सहभागिताका लागि ठूलो मानवसागर विमानस्थल पुगेको थियो । विमानस्थल उद्घाटन अघि बाजागाज र भाँकी सहितको र्याली निकालिएको थियो। विमानस्थल उद्घाटनसँगै अब आन्तरिक हवाई...
पहिचानका लागि संस्कार र संस्कृति अपरिहार्य – गुरुङ
पोखरा,१६पुस । गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले जातीय पहिचानका लागि संस्कार र संस्कृति अपरिहार्य बताउनु भएको छ। लम्तरी युवा क्लव मादी १० भाचोकले आयोजना गरेको १३ औं ल्होसार मेला र ल्होसारको अवसरमा पोखरामा आयोजित विभिन्न कार्यक्रममा बोल्दै सभासद गुरुङले पहिचान र जातीय अस्तित्वका लागि संस्कार र संस्कृति संरक्षण अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँले युवाले खेलकुदका...
राधाकृष्ण बृद्धाश्रममा सहयोग
पोखरा, ११ पुस । लायन्स क्लब अफ पोखरा लेकसाइडको आयोजना एवम् लायन्स क्लब अफ पोखरा रानीबन र लियो क्लब अफ पोखरा लेकसाइडको सहकार्यमा पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण बृद्धाश्रममा खाद्यान्न सहयोग गरिएको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै बृद्धाश्रममा ६५ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको लायन्स क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष कृष्णकुमार...
प्रधानमन्त्रीमा दाहाल नियुक्त
पोखरा, १० पुस। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । दाहाललाई एक सय ६९ सांसदको समर्थन प्राप्त भएपछि आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रधानमन्त्रीको सपथ सोमबार दिउँसो चार बजेका लागि तय भएको छ । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी,...
फेरि कोरोनाको जोखिम
पोखरा, ९ पुस । नेपालमा फेरि पनि कोरोना संक्रमण बढ्न सक्ने जोखिम देखिएको छ । छिमेकी मुलुकहरुमा कोरोना भाइरसको नयाँ भेरियन्ट बीएफ ७ देखिएकाले नेपाल पनि जोखिमा रहेको हो । सो भाइरस हालसम्म नेपालमा पुष्टि भएको छैन। यद्यपी खुल्ला सिमाना र मानिसको आवतजावतका कारण जोखिम देखिन्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले नेपालमा पनि फैलिने जोखिम रहेकाले...