मूख्य समाचार

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई सम्मान
पोखरा, २४ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एव गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले लोकतान्त्रिक प्रणालीमा नेतृत्वले लोक अर्थात् आम नागरिकका कुरा सुन्न र आंफ्नो बारेमा गरिएको आलोचनालाई समेत मनन गर्न सक्नुपर्ने कुरामा जोड दिनुभएको छ । नेपाली कांग्रेस कास्कीको शुभेच्छुक संस्था समन्वय समितिद्वारा आयोजना गरिएको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै...
चीनलाई होटल संघको अनुरोध पत्र
पोखरा, २१ माघ । चीनले यही माघ छ गते आफ्ना नागरिकका लागि सार्वजनिक गरेको गन्तव्य राष्ट्रको सूचीमा नेपाललाई पनि समावेश गर्न आग्रह गर्दै होटल संघ पोखरा नेपालले काठमाडौं स्थित चिनिया राजदूतावासलाई एक आग्रह पत्र बुझाएको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले नेपालका लागि चिनिया राजदूत छन सोङलाई लेखेको पत्रमा कोभिड १९ केही मत्थर हुँदै गर्दा...
काँग्रेस युवा नेता श्रेष्ठको निधन
पोखरा, १७ माघ । नेपाली काँग्रेसका युवा नेता अमृत कुमार श्रेष्ठको आज निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा साँझ ६ बजे निधन भएको हो । उहाँ नेपाली काँग्रेस महासमिति सदस्य र नेपाल िकिसान संघको केन्द्रीय सदस्य रहनु भएको थियो । पोखरा १ निवासी श्रेष्ठ विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । उहाँको...
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुने मिति तोकियो
पोखरा, १६ माघ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुने मिति तोकिएको छ । निर्वाचन आयोगका अनुसार, फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गरिने भएको छ । निर्वाचनका लागि मतदान काठमाण्डौंमा हुनेछ । निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गरी निर्वाचन सम्वन्धी कार्यतालिका सार्वजनिक गरेको छ ।
चेम्बर अफ कमर्स गण्डकीले ‘आइडिया बैंक’ स्थापना गर्ने
पोखरा, १४ माघ । चेम्बर अफ कमर्स गण्डकीले प्रदेशमा आइडिया बैंक स्थापना गर्ने निर्णय गरेको छ । चेम्बर अफ कमर्स गण्डकी प्रदेशको आठौं कार्यसमिति बैठकले ‘सोचबाट उद्यमशिलता’ भन्ने प्रमुख लक्ष्यसहित गण्डकीमा आइडिया बैंक स्थापना गर्ने निर्णय गरेको चेम्बर गण्डकीका अध्यक्ष किसान सुनारले जानकारी दिनुभयो । ‘गण्डकी प्रदेश भित्र स्थापना भएका उद्योगी, व्यवसायीहरुलाई थप व्यवस्थित र...
सर्वाेच्चद्वारा लामिछानेको सांसद पद खारेज
पोखरा, १३ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ। सर्वोच्च अदालतको सवैधानिक इजलासले शुक्रबार नागरिक सम्वन्धी मुद्वामा अन्तिम फैसला गर्दै सांसद पद खारेज गरिदिएको हो । सर्वाेच्चले लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताका लागि प्रक्रिया पूरा नगरेको ठहर गरेको छ। सांसद पद खारेज भएसँगै उहाँ उपप्रधान तथा गृहमन्त्रीका लागि अयोग्य...
भूकम्पका कारण एकको मृत्यु, दर्जनौ घरमा क्षति
पोखरा, १० माघ । भूकम्पका कारण मङ्गलबार एक जनाको मृत्य भएको छ भने दर्जनौ घरमा क्षति पुगेको छ । भूकम्पका कारण घाँस काट्न भएकी अन्दाजी ३५ वर्षीया जमुना रोकायको मृत्यु भएको हो । भूकम्पका कारण खसेको ढुङ्गा लागेर रोकायको मृत्यु भएको प्रहरी जनाएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव ९ म्याग्निच्यूटको...
कास्की काँग्रेसद्वारा निर्वाचित विद्यार्थीलाई सम्मान
पोखरा, ७ माघ । पोखरा इन्जिनियरिङ्ग कलेजको स्वतन्त्र विद्यार्थी परिषद्को निर्वाचनमा निर्वाचित नेपाल विद्यार्थी संघको प्यानललाई पोखरामा शनिवार सम्मान गरिएको छ। नेपाली काँग्रेस कास्कीले कार्यक्रम गरी निर्वाचितहरुलाई सम्मान गरेको हो । नेपाल विद्यार्थी संघको तर्फबाट परिषद्को अध्यक्षमा विराट सिग्देल, सचिवमा मिलन डुम्रे, कोषाध्यक्षमा कृति वाग्ले, सदस्यमा सुवास चन्द्र पण्डित, अनिष गिरी, सोवित कार्की र भूमिका...
व्यवसायी शर्मा सम्मानित
पोखरा, ६ माघ । पोखराका व्यवसायी ऋषिराम शर्मा सम्मानित हुनुभएको छ । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ कास्की शाखाको ११आंै अधिवेशनको अवसरमा उहाँलाई सम्मान गरिएको हो । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभएको थियो । लामो समयदेखि महासंघका आवद्व रहँदै पुस्तक तथा स्टेशनरी व्यवसायको विकास र विस्तारका लागि पु¥याएको योगदानको...
पोउवा संघ र मणिपाल अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता, संघका सदस्यलाई विशेष छुट
पोखरा, ४ माघ । पोखरा उद्योग वाणिज्य संघका सदस्यहरुले मणिपाल शिक्षण अस्पतालको स्वास्थ्य सेवामा छुट पाउने भएका छन् । संघ र मणिपाल अस्पताल पोखराबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएसँगै संघका साधारण सदस्यहरुले सो सुविधा पाउने भएका हुन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति तथा मणिपाल शिक्षण अस्पताल पोखराका निर्देशक डा. अभिषेक मास्केबीच भएको सम्झौता...
पोखरा महोत्सवमा निःशुल्क स्वास्थ्य जांच
पोखरा, ३ माघ । पोखराको अमरसिंहचौरमा जारी पोखरा महोत्सवमा अवलोकनका लागि आउने दर्शकहरुले निःशुल्क स्वास्थ्य जांचको समेत सेवा लिन पाउने भएका छन् । महोत्सवमा आउने दर्शकहरुलाई लक्षित गरी आयोजक युनाइटेड क्लबले लाइफ केयर डाइनोष्टिक सेन्टर न्युरोड, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर रानीपौवा र नरहरी पोलिक्लिनीक रामबजारको सहयोगमा निःशुल्क रुपमा सुगर र प्रेसरको चेकजांचको ब्यवस्था मिलाएको...
जहाज दुर्घटनामा बेपत्ताको खोजी गरिदै
पोखरा, २ माघ । पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परेका चार जना अझै बेपत्ता छन् । आज बिहानैदेखि बेपत्ताको खोजी कार्य शुरु गरिएको छ । खोजीका लागि गोताखोर टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । आइतबार जहाज दुर्घटना हुँदा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाण्डौबाट पोखरा आएको यती ९एन एएनसी...