मूख्य समाचार

पोखराको हरित यातायात प्रणाली विकासका लागि महानगरपालिका र कोरिया बिच सम्झौता
पोखरा, १५ फाल्गुन । पोखराको हरित यातायात प्रणाली विकास परियोजना पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालयका प्रतिनिधिहरू बिच सम्झौता भएको छ । सम्झौता अनुसार पोखराको विद्यमान यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवर्द्धन गरिनेछ । परियोजना अन्तर्गत कोरियाले विभिन्न साझेदार संस्थाहरूको समन्वयमा पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्नेछ । यसअघि...
चितुवाको हड्डीसहित दुई जना पक्राउ
डडेल्धुरा, १४ फागुन ।  अमरगढी नगरपालिका-५ बागबजारबाट चितुवाको हड्डी जस्तो देखिने वस्तु करिब ४ किलो सहित दुई जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाजुरा बुढीगंगा नगरपालिका-१० बस्ने २६ वर्षीय  राजेन्द्र जैसी र खप्तड छेडेदह गाउँपालिका-७ बस्ने २७ वर्षीय बीर बहादुर वली रहेका छन् । सुदूरपश्चिम प्रदेश अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय...
स्वास्थ्य मन्त्री गिरी र डब्लुएचओका महानिर्देशक बीच भेटवार्ता
पोखरा, ११ पागुन । बिरामी सुरक्षा सम्बन्धी पाँचौ मन्त्रीस्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड पुग्नु भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयस बीच भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री गिरीले विश्व स्वास्थ्य संगठनले नेपालको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान प्रति धन्यवाद व्यक्त गर्नुभयो...
टर्कीमा फेरि भूकम्प
पोखरा, ९ फागुन । टर्कीमा सोमबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । टर्की र सिरियाको सिमामा भूकम्प गएको बताइएको छ । यो भूकम्पमा तीन जनाको मृत्यु र ६ सय बढी घाइते भएका छन् । क्षति बारे थप विवरण आउँन बाँकी छ । केही समय अघि गएको भूकम्पमा परी झण्डै ४४ हजारको मुत्यु भएको थियो...
सकियो सोंथर बेँसी टारी बजार मेला 
पोखरा,५ फागुन । सोंथर बेँसी टारी बजार मेला – २०७९ सकिएको छ । फागुन १ देखि ३ गतेसम्म चलेको मेला करिब पाँच हजार दर्शकले अवलोकन गरेको बताइएको छ ।  मेलामा सहभागिताका पोखरा र लमजुङका विभिन्न स्थानबाट समेत दर्शकहरु पुगेका थिए । ‘उत्साहजनक रुपमा मेला सफल भएको ठानेका छौं, आयोजक सोंथर बेँसी विकास समितिका अध्यक्ष ओम...
१७ औं पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पूरा
फागुन, ४ पोखरा । नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुन ६ गते शनिवार हुने १७ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ । मञ्चले आज पोखरामा पत्रकार सम्मेलन गरी तयारी बारे जानकारी गराएको हो । आगामी शनिवार पोखरा रंगशालामा बिहान ६ बजेबाट हुने कार्यक्रममा सहभागिताका लागि विभिन्न विद्यामा हालसम्म झण्डै ८ हजार जनाले...
मन्त्री र पत्रकारको अन्तरक्रिया
पोखरा, २ फागुन । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री रोशन बहादुर गाहामगरले मङ्गलबार पोखराका अग्रज तथा क्रियाशील पत्रकारहरुसँग अन्तरक्रिया गर्नुभएको छ । कार्यक्रममा मन्त्री गाहामगरले आफू मिडियामैत्री रहेको बताउनुभयो । उहाँले मिडिया विधेयक पारित गर्ने सन्र्दभमा पत्रकारहरुको राय र प्रतिक्रिया अनुसार अगाडी बढ्ने स्पष्ट पार्नुभयो । मन्त्री गाहामगरले प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी...
सोंथर बेँसी टारी बजार मेला – २०७९ को तयारी पूरा
पोखरा, २९ माघ । सोंथर बेँसी टारी बजार मेला – २०७९ को तयारी पूरा भएको छ । मेलास्थलको व्यवस्थापन, प्रचारप्रसार, अर्थ व्यवस्थापन लगायतका सम्पूर्ण तयारी पूरा भएको हो । ‘सोंथर बेँसी तथा त्यस क्षेत्रको प्रवद्र्वन, कृषि र पर्यटन’ भन्ने मूल नाराका साथ सोंथर बेँसी विकास समितिले मेला गर्न लागेको हो । फागुन १ गते सोमबार...
लायन्स क्लब्स् अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ के को वार्षिक कन्भेन्सन पोखरामा
पोखरा, २८ माघ । लायन्स क्लब्स् अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ के को पहिलो वार्षिक डिष्ट्रिक कन्भेन्सन आगामी चैत ४ गते पर्यटकीय नगरी पोखरामा हुने भएको छ । कन्भेन्सनको तयारीस्वरुप आज पोखराको न्युरोडमा सचिवालय स्थापना गरिएको छ । सचिवालयको उद्घाटन गर्दै डिष्ट्रिक्ट गर्भनर लायन राजेन्द्रकुमार वाटाजुले कन्भेन्सनमा काठमाडौ, पोखरा र धौलागिरी क्षेत्रका एक हजार ५०० भन्दा बढी...
सवारी नियम उल्लंघन गर्ने मोटरसाईकल प्रहरी नियन्त्रणमा
पोखरा, २७ माघ । ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गरी चलाइएका ५० वटा मोटरसाईकल निणन्त्रण लिएर चालकलाई कारवाही गरेको छ । स्वरुप परिवर्तन र ध्वनी प्रदुषण गर्ने गरी तिव्र गतिमा चलाइएका मोटरसाईकल नियन्त्रणमा लिएर चालकलाई कारवाही गरिएको हो । मोटरसाईकलको स्वरुप परिवर्तन गरी शान्ति सुरक्षानै भङ्ग गराउने गरी आवाज निकाल्ने जनगुनासो आएपछि प्रहरीले २५ गते...
भूकम्प गयो
पोखरा, २७ माघ । आज बिहान भूकम्प गएको छ । आज बिहान ८ बजेर ५२ मिनेट जाँदाको समयमा पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प गएको हो । चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको थियो ।
सडक र सवारी व्यवस्थापनमा परेका समस्या र समाधान बारे अन्तरक्रिया
पोखरा, २५ माघ । गण्डकी प्रदेश प्रहरी प्रमुख बुद्दिराज गुरुङले पोखरा भित्र कार्यरत ट्राफिक प्रहरी सँग अन्तरक्रिया गर्नुभएको छ । शहरी क्षेत्रहरुमा दिनहु बढ्दै गईरहेको सवारी चाप र अपर्याप्त जनशक्तिका बाबजुद सडक र सवारी व्यवस्थापनमा परेका समस्या र समाधानका लागि अन्तरक्रिया गरिएको हो । कार्यक्रममा सहभागी प्रहरी कर्मचारीहरुलाई निर्देशन दिदै प्रहरी नायव महानिरीक्षक गुरुङले निरन्तर...