https://townofosceola.com/yntm8d7k1

go
https://reggaeportugal.com/ojwtxi8o2
https://etxflooring.com/2025/04/zag8asqa

मूख्य समाचार

आज श्रीस्वस्थानी व्रत सकिदै
पोखरा, १५ फागुन । पौष शुक्ल पूर्णिमा दिनबाट शुरु भएको श्रीस्वस्थानी व्रत आज सकिदै छ । आजबाट श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनका लागि विसर्जन गरिन्छ । यो व्रत बस्नाले शान्ति, सुःख, समृद्वि अनि अध्यात्मिक चेतनामा वृद्वि भई सुस्वास्थ्य हुने जनविश्वास रहदै आएको छ । स्वस्थानी व्रत कथामा महादेवको सतीदेवी प्रतिको प्रेममय आशक्तिले महिला र पुरुषको...
प्रतिनिधिसभाको बैठक फागुन २३ गते बोलाउन सिफारिश
काठमाडौँ, १४ फागुन (रासस) । सरकारले यही फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिश गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको बैठकका लागि सिफारिश गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतको फैसलाअनुसार सरकारले प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री...
पोखरामा राष्ट्रिय परिचय पत्रको लागि फोटो खिचाउन वडाबासीको भिड
पोखरा, १४ फागुन । पोखराका वडाहरुमा यतिबेला राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाउन वडाबासीको भिड लागेको छ । केही दिन यतादेखि पोखरा महानगरपालिका वडा नं ११, १२, १३, १४, १५ र १६ मा परिचय पत्रका लागि फोटो खिचिएको छ । पोखरा ११ मा तीन स्थानमा फोटो खिच्ने व्यवस्था मिलाइएको वडा अध्यक्ष मोहनप्रसाद बास्तोलाले जानकारी दिए...
खानै नपुग्ने ज्याला
–चन्द्रकला भण्डारी झापा, १४ फागुन (रासस)।चियाको चुस्कीबाट बिहानको कामकाज शुरु गर्ने नेपालीको बानी बसिसकेको छ । मगमगाउने त्यही चियाले पाहुनाको सत्कार पनि गर्ने गरिन्छ । त्यसैगरी चियाको व्यापार गरेर मुलुकले ठूलो मात्रामा विदेशी मुद्रा आर्जन गर्छ । त्यही चियाको बोटमा पसिना सिञ्चित गर्दै आएका हजारौँ श्रमिकले भने कहिल्यै खान पुग्ने गरी ज्याला पाउन सकेका छैनन्...
पशुपतिनाथमा मोबाइलबाट भेटी दान गर्न सकिने
काठमाडौँ, १४ फागुन (रासस) । पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ । यसका लागि ती स्थानमा यन्त्र समेत राखिएको छ । ती स्थानमा राखिएका कोड मोबाइल उपयोग...
बिरामी बोकेको जीप नदीमा खस्यो, एकको मृत्यु, चार घाइते
म्याग्दी, १४ फागुन (रासस) । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग१ज ६७८८ नंको जिप सडकबाट म्याग्दी नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मालिका–३ का ६२ वर्षीय...
नेकपा आधिकारिताको फैसला फागुन २० मा
काठमाडौँ, १३ फागुन (रासस) । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नामको दल कसको भन्ने विवादको निर्णय यही फागुन २० गते दिने भएको छ । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा आज नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले आफ्नो पार्टीसँग नाम जुधाएकf विवादमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको रिट निवेदनको सुनुवाइ सकिएपछि फैसला...
अहिले यस्तो छ पोखरा
– पूर्णबहादुर कार्की पोखरा, १३ फागुन (रासस) : आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य पोखरामा पर्यटकको चहलपहल बढेको छ । कोरोना भाइरसका कारण लामो समय ठप्प पर्यटकीय नगरी पोखरामा आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् । आन्तरिक तथा बाह्य पर्यटकको सदाबहार चहलपहल हुने पोखरामा विदेशी पर्यटक खासै नभए पनि आन्तरिक पर्यटकको भने आकर्षण बढेको पर्यटन व्यवसायी बताउँछन्...
अवैध रकमसहित दुई नियन्त्रणमा
कञ्चनपुर, १३ फागुन (रासस) । दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर क्षेत्र हुँदै अवैध बाटो प्रयोग गरी नगद रकम बोकेर भारततर्फ जान लागेका बुबाछोरालाई सशस्त्र प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको छ । पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिका–१६ श्रीपुर घर भई अस्थायीरूपमा भक्तपुरको ठिमी बस्दै आएका ५१ वर्षीय प्रशान्तनारायण सिंह र उनका २३ वर्षीय...
कोरोनाको जस्तै लक्षणसहित विद्यार्थी र शिक्षक बिरामी पर्न थालेपछि विद्यालय बन्द
बझाङ, १३ फागुन (रासस) । विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ । करिब एक हप्तादेखि विद्यार्थी र शिक्षक एकाएक कोरोनाको जस्तै लक्षणसहित बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो । बिरामी विद्यार्थी र शिक्षकमा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने,...
सडेको रहरको दाल बेच्नेलाई तीन लाख जरिवाना
मोरङ, १३ फागुन (रासस)  । उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई बुधबार रु तीन लाख जरिवाना गरिएको छ । उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा निखिल जैसानी बोहोरा प्रोपाइटर रहेका जैसानी ट्रेड कन्सर्न विराटनगर–७ को गोदामबाट उपभोग्य समय समाप्त...
रुपाकोट रिसोर्टले कर्मचारी निष्कासन गरेको विषय प्रशासनसम्म
पोखरा, २१ फागुन । पोखराको रुपाकोट रिसोर्टले एक श्रमिक निश्काशन गरेको विषयले अहिले पोखरा तातेको छ । कोरोनाको समयमा काम गरिरहेका एक श्रमिकलाई रिसोर्टले बिना कारण निकाला गरेपछि मजदुर अगुवाहरुले त्यस विषयलाई गम्भीर रुपमा लिएका छन् । उनीहरु श्रमिकको हक स्थापित गर्न माग गर्दै श्रम कार्यालयदेखि प्रशासनसम्म पुगेका छन् । नेपाल ट्रेड युनियन कांग्रेस कास्कीले...
https://faroutpodcast.com/reyloff