मूख्य समाचार

महासचिव चन्द नवलपुरबाट सार्वजनिक,शहीद परिवारसँग भेटघाट
नवलपुर, २१ फागुन (रासस)। सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी आज बिहान सार्वजनिक भएका हुन् । विसं २०७५ फागुन २८ मा सरकारले चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि उनी भूमिगत अवस्थामा थिए । बिहीबार मात्रै सरकार र चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको...
पोखरामा कोभिड–१९ विरुद्वको खोप भण्डारण गृह निर्माण हुने
पोखरा, २१ फागुन । पोखरामा कोभिड–१९ विरुद्वको खोप भण्डारण गृह निर्माण गरिने भएको छ । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले पोखरा रानीपौवास्थित स्वास्थ्य तालिम केन्द्रमा भण्डारण गृह निर्माण गर्न लागेको हो । गण्डकी प्रदेशका नागरिकका लागि आवश्यक कोभिड विरुद्वको खोप व्यवस्थापनका लागि भण्डारण गृह आवश्यक भएको हो । कोभिड विरुद्वको खोपका लागि उत्पादनदेखि लगाउँदासम्म २...
प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि वडाध्यक्ष र सचिवद्वारा आत्मसर्मपण
म्याग्दी, २१ फागुन (रासस) । झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव शिलु आलेमगरले प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन् । नक्कली छोरीको जन्मदर्ता गर्नुभएकी सचिव आले र सिफारिस गरेका वडाध्यक्ष पुनविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो । बुधबार आफैँ प्रहरी कार्यालयमा आएका...
चन्द समूहमाथिको प्रतिबन्ध हट्यो
काठमाडौँ, २० फागुन (रासस) ।सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई लगाउँदै आएको प्रतिबन्ध हटाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो समूहमाथि लाग्दै आएको प्रतिबन्ध हटाएको हो । सरकार र सो समूहबीचको वार्तामा तीनबुँदे सहमति भएसँगै प्रतिबन्ध हटाइएको हो । बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारका तर्फबाट वार्ता टोलीलाई...
सरकार ढल्दैन – पौडेल
लुम्बिनी,२० फागुन(रासस) । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको बताएका छन् । गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका अर्थमन्त्रीले पौडेलले पत्रकारसँग कुरा गर्दै अब पनि यही सरकार निरन्तर रहने बताए । प्रतिनिधिसभामा अविश्वास प्रस्ताव दर्ता हुँदैमा वर्तमान सरकार नढल्ने र बाँकी दुई वर्षको कार्यकाल केपी शर्मा ओली नेतृत्वमै चल्ने बताए...
हल्का वर्षाको सम्भावना
काठमाडौँ, २० फागुन (रासस) । पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङले बताए। उनका अनुसार उक्त प्रणालीको प्रभाव शनिबारसम्म रहने छ...
प्रधानमन्त्री पाउँ पनि भनेको छैन ,आयो भने भाग्नेवाला पनि छैन – देउवा
चितवन, १९ फागुन (रासस)।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिम्मेवारीबाट कांग्रेस नभाग्ने बताएका छन् । नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको १० औँ दिनको पूण्यतिथिमा यहाँ आज आयोजित शोकसभामा उनले प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए कांग्रेस नभाग्ने बताएका हुन् । सभापति देउवा बोल्नुअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले प्रतिपक्षको भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने बताएपछि पौडेलको जवाफमा सभापति देउवाले...
पशुपतिनाथमा एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ देखि
काठमाडौँ, १९ फागुन (रासस) ।पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा शुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिए । हाललाई रु...
काँग्रेसले बोलायो संसदीय दलको बैंठक
काठमाडौँ, १९ फागुन (रासस) । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक शुक्रबार बोलाएको छ । बैठक यही फागुन २१ गते अपराह्न १ बजे सङ्घीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल हुने पार्टी सचेतक पुष्पा...
रोकिएन कालीगण्डकी दोहन, बहुमुल्य शालिग्राम लोप हुने अवस्थामा, बस्ती जोखिममा
– खेमराज गौतम गलकोट, १९ फागुन (रासस) ।वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी मापदण्ड तयार गरे पनि क्रसर व्यवसायीको मनोमानी कायमै छ । ठेक्का नलाग्ने समयमा समेत रातारात दोहन हुँदै आएको कालीगण्डकीमा अहिले टेण्डरपश्चात् सम्झौता विपरित दिउँसै ठूला उपकरणकै प्रयोग गरेर...
नेपाल आयल निगममा अहिलेसम्मको सबैभन्दा ठूलो कारवाही, एक हजार ट्याङ्करमाथि कारवाही
काठमाडौँ, १८ फागुन (रासस) । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अपचलन गरेको पाइएपछि झण्डै एक हजार बढी ढुवानीकर्तालाई कारवाही गरेको छ । निगमसँगको करार सम्झौतामा सञ्चालनमा रहेका ट्रक तथा ट्याङ्करले लकिङ तथा फिटिङमा कैफियत गरेको पाइएपछि पछिल्लो तीन महिनामा उनीहरूलाई कारवाही गरिएको हो । निगमको १ नं प्रादेशिक कार्यालय विराटनगरले तोकिएको मापदण्डभन्दा बढी क्षति गर्ने...
फेवातालको विवरण पहिलोपल्ट राजपत्रमा
पोखरा, १८ फागुन (रासस) ।यहाँस्थित फेवातालको चारकिल्ला र सिमानासम्बन्धी विवरणसहित पहिलोपल्ट नेपाल राजपत्रमा सूचना प्रकाशन भएको छ । नेपाल राजपत्रको खण्ड ७० भाग पाँचमा फागुन १७ गते प्रकाशित सो राजपत्रमा फेवातालको चारकिल्ला विवरण तथा सीमारेखाको व्याख्यासमेत गरी फेवातालको क्षेत्रफल ११ हजार २५५ रोपनी ११ आना एक पैसालाई तोकिएको छ । यसैगरी चार किल्लामा पूर्वमा ड्यामसाइड,...