मूख्य समाचार

जब श्रीमतीले श्रीमान् बोकेर दौडिए…
दमौली, २४ फागुन (रासस)  ।एक सय एघारौँ अन्तर्राष्ट्रिय नारी दिवस देवघाट गाउँपालिकाले भने भिन्न खाले कार्यक्रम गरेर मनाएको छ । यहाँ श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी पहिलो, गङ्गा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो तथा सीता लामिछाने क्षेत्री र बमबहादुर थापा क्षेत्रीको जोडी तृतीय...
थपिए ८९ सङ्क्रमित
काठमाडौँै २४ फागुन (रासस)। देशभरमा आज ८९ जना सक्रिय सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४१ जना सङ्क्रमण मुक्त भएका छन् । आज थपिएका सङ्क्रमितमध्ये पुरुष ४९ र महिला ४० रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणमुक्त भएका ४१ समेत गरी आजसम्म दुई लाख ७० हजार ९२७ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको...
आज १११ औँ अन्तर्राष्ट्रिय महिला दिवस, विविध कार्यक्रम गरिदै
पोखरा, २४ फागुन । १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज विविध कार्यक्रम गरिदै छ । महिलाको क्षेत्रमा कार्यरत संघसंस्थाले ¥याली, भेला, अन्तक्र्रिया जस्ता कार्यक्रम गर्दै छन् । नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ यो दिवस मनाइदै छ । अन्तर्राष्ट्रिय नारा भने ‘चुनौती दिने रोजाइ लेउ’ भन्ने तय...
लामाचौर स्वास्थ्य चौकीको नयाँ भवन,स्थानियवासी हर्षित
पोखरा, २४ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले शिक्षा र स्वास्थ्य जस्तो जनतासँग प्रत्यक्ष जोडिएका विषय निजी क्षेत्रलाई संचालन गर्न दिन नहुने बताएका छन् । पोखरा महानगरपालिका वडा नं.–१९ घार्मीमा रहेको लामाचौर स्वास्थ्य चौकीको रजत जयन्ती तथा नवनिर्मित भवनको उद्घाटन गदै उनले विपत्का वेला सरकारी अस्पतालले खेलेको भूमिका प्रशंसनीय रहेको वताउदै निजी स्वास्थ्य संस्थाले...
प्रतिनिधिसभाको सातौँ अधिवेशन शुरु, उत्साह कम, कौतुहलता बढी
–नारायण न्यौपाने/विक्रम गिरी काठमाडौँ, २३ फागुन (रासस) ।पाँच वर्षे कार्यकाल भएर पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादका कारण तीन वर्षमै विघटन भएको प्रतिनिधिसभाको बैठक सर्वाेच्च अदालतको आदेशपछि आजदेखि शुरु भएको छ । सरकारको नेतृत्व गरिरहेको नेकपाभित्र आधिकारिकताको विवाद उत्कर्षमा पुगिरहेको बेला शुरु भएको प्रतिनिधिसभाको सातौँ अधिवेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्बाट कौतुहलताका साथ हेरिएको छ...
नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने
भरतपुर, २३ फागुन (रासस) । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको...
नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ
कञ्चनपुर, २३ फागुन(रासस) । लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार नागरिकताको प्रमाणपत्र र प्रवेश पत्रमा फोटो परिवर्तन तथा...
प्रधानमन्त्री बन्न हतार छैन ःसभापति देउवा
काठमाडौँ, २२ फागुन (रासस) । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा नरहेको प्रस्ट पारेका छन् । विपी स्मृति सामुदायिक अस्पतालको १३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले भने, “प्रमुख प्रतिपक्ष दल बलियो प्रतिपक्ष भएकाले स्वाभाविकरुपमा प्रधानमन्त्री हुने सम्भावना हुन्छ । सरकारको नेतृत्व गर्न हतार छैन । कोसिस पनि छैन ।”...
पुरानै लयमा फर्कियो तातोपानी, स्नान गर्नेको घुइँचो
– सन्तोष गौतम म्याग्दी, २२ फागुन (रासस) :प्राकृतिक उपचार स्थलका रुपमा परिचित बेनी नगरपालिका–४ तातोपानीको पर्यटन व्यवसाय पुरानै लयमा फर्किएको छ । कोरोना भाइरसको जोखिम र रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण सुनसान बनेको तातोपानीमा स्नान गर्नेको घुइँचो लागेको छ । विसं २०७६ चैत पहिलो हप्तादेखि बन्द भएको तातोपानी गत माघ १ गतेदेखि खुला गरिएको थियो...
आगलागीबाट ४५ लाख बराबरको क्षति
भरतपुर, २२ फागुन (रासस) । चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो । आगलागीबाट करीब ४५ लाख बराबरको फर्निचर र काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । विद्युत् चुहावट भएर आगलागी भएको उनले...
‘स्मृतिमा रवीन्द्र अधिकारी’
काठमाडौँ, २१ फागुन (रासस)। ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको जीवनवृतान्त समेटिएको पुस्तक ‘स्मृतिमा रवीन्द्र अधिकारी’को लोकार्पण गरिएको छ । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा उक्त स्मृतिग्रन्थ सार्वजनिक गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र सो प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराईले संयुक्त रुपमा...
काँग्रेस सरकारमा जानु हँुदैन : नेता सिंह
कलैया, २१ फागुन (रासस) । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अहिले पार्टीले सरकारमा जानुभन्दा प्रतिपक्षको भूमिकामा रही देशलाई सही दिशामा ल्याउन भूमिका खेल्नुपर्ने बताएका छन् । सिमरा विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले काँग्रेसलाई सरकारमा जान हतार नगरी विद्यमान सङ्कटलाई निकास दिनतिर भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे । नेता सिंहले विधिको शासन कायम गर्न र...