मूख्य समाचार

आज महाशिवरात्रि पर्व
काठमाडौँ, २७ फागुन (रासस) ।प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ ।  बिहीबार दिउँसो २ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शुक्रबार दिउँसो २ः५१ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि बिहीबार परेकाले यसै दिन महाशिवरात्रि पर्व...
पोखरा महानगरको पाँचौ स्थापना दिवस
पोखरा, २६ फागुन । पोखरा महानगरपालिकाले बुधबार पोखरा महानगरपालिकाले पाँचौ स्थापना दिवस मनाएको छ । स्थापना दिवसमा बुधबार प्रभातफेरी, सम्मान लगायतका कार्यक्रम गरिएको छ । सोमबार जनप्रतिनिधि र कर्मचारीबीच फुटबल प्रतियोगिता र मंगलबार महिला जनप्रतिनिधि र कर्मचारीवीच भलिबल र ब्याडमिन्टन प्रतियोगिता गरिएको थियो । स्थापना दिवसमा महानगरपालिकाले मातहतका कार्यालयहरुमा बुधबार सार्वजनिक बिदा समेत दिएको थियो...
बर्ड फ्लु देखियो
काठमाडौँ, २६ फागुन (रासस) ।जाजरकोट जिल्लाको भेरी नगरपालिका–३ सियाँलाका किसानले पालेको लेयर्स कुखुरामा बर्ड फ्लु देखिएको छ । पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालले ती कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पिसिआर परीक्षण गर्दा बर्ड फ्लु देखिएको जानकारी दिए । योसँगै माघयता नेपालमा पाँचपटक बर्ड फ्लु देखिएको हो । यसअघि काठमाडौँको...
मध्यावधि निर्वाचनको विकल्प छैन ः डा कोइराला
झापा, २६ फागुन (रासस)।नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानाको विकल्प अब नभएको बताएका छन् । बिर्तामोडमा नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा पुनःस्थापना भए पनि अब संसद् चल्न नसक्ने बताउँदै निर्वाचनको विकल्प नरहेको बताए । “नेपाल कम्युनिष्ट पार्टी पुरानै अवस्था (एमाले र माओवादी)मा फर्किए, सहज...
महाशिवरात्रिका लागि भित्रियो उखु
पोखरा, २६ फागुन । पोखरामा महाशिवरात्रीका लागि उखु भित्रिएको छ । पोखरा ९ मा रहेको कृषि बजारबाट मङ्गबारदेखि नै उखु विक्री हुन शुरु भएको छ । पोखरामा धादिङ, गोरखा र सुनसरीको उखु आएको छ । अन्यको तुलनामा बढी उखु गोरखाबाट आएको छ । विगतका वर्षमा भन्दा यसवर्ष कम उखु भित्रिएको व्यापारीको भनाइ छ । पोखरामा...
एकै परिवारका पाँचबाट सामूहिक आत्महत्या
दैलेख, २५ फागुन (रासस) । दैलेखको आठविस नगरपालिका–३ निमाइलका एउटै घरका पाँचले कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेका छन् । यही फागुन २३ गते राति घरबाट बेपत्ता भएकी सुखी बडुवाल, उनका तीन छोरी र एक छोराले सामूहिकरुपमा कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । बेपत्ता भएकामध्ये दुई छोरी...
एमाले र माओवादी केन्द्र फरक दल
काठमाडौं, २५ फागुन (रासस) । निर्वाचन आयोगले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अबदेखि अलगअलग राजनीतिक दलका रूपमा रहेको भनी सङ्घीय संसद् सचिवालय, प्रदेशसभा सचिवालय र सबै जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराउने निर्णय गरेको छ । आयोगको आजको बैठकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सर्वोच्च अदालतको फैसलाबाट बदर भएको जनाउँदै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)...
जनस्तरबाटै बन्यो २७ फिटको महादेव
झापा, २५ फागुन (रासस) । बिर्तामोड–१ स्थित पञ्चकन्यामा रु ३८ लाखका लागतमा २७ फिटको शिवको प्रतिमा निर्माण गरिएको छ । प्रदेश नं १ कै सबैभन्दा ठूलो र आकर्षक शिव प्रतिमाको महाशिवरात्रिका अवसरमा यही फागुन २७ गते अनावरण गरिने छ । स्थानीय समुदायको लगानी र व्यवस्थापनमा महादेवको प्रतिमा स्थापना गरिएको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो...
८३ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा
काठमाडौँ, २५ फागुन (रासस) । नेपालमा दुई करोड ४७ लाख ३५ हजार जनसङ्ख्याका पहुँचमा इन्टरनेट सेवा पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै यहाँ सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको तथ्याङ्क अुनसार मङ्सिर मसान्तका तुलनामा पुस महिनामा तीन लाख ८८ हजार बढी प्रयोगकर्ता थपिएका छन् । मङ्सिरमा कूल २ करोड ४३ लाख ४७...
गारतारोबासिन्दा आन्दोलित, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयमा धर्ना(भिडियो)
पोखरा, २५ फागुन । पोखरा १६ गारतारोकाबासिन्दाले आन्दोलन शुरु गरेका छन् । गारतारो कसेरी संघर्ष समितिको नेतृत्वमा उनीहरु आन्दोलनमा उत्रेका हुन् । गारतारो कसेरीमा व्यत्तिको जग्गा जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयबाट ३० वर्ष अघि फिल्टर बनाउनका लागि अधिग्रहण गरी हालसम्म मुआब्जा नदिएको विरोधमा उनीहरु आन्दोलित भएका हुन् । सर्वाेच्च अदालतले २०६५ सालमा पीडित पक्षलाई कानून...
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसले पायो क्यूएए प्रमाणपत्र
पोखरा,२४ फागुन । पोखरा १६ छोरेपाटनमा रहेको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन(क्यूएए) प्रमाणपत्र प्राप्त गरेको छ । क्याम्पसले सबै प्रक्रियामा सफलता प्राप्त गरेकाले विश्वविद्यालय अनुदान आयोगले पुष १६ गते गुणस्तर सुनिश्चितता तथा प्रत्यायन गर्ने निर्णय गरी फागुन १४ गते सोको प्रमाणपत्र दिएको पत्रकार सम्मेलन गरी जानकारी दिइयो । अयोगले गुणस्तरका लागि तोकेको...
महिलाका लागि बनेका कानूनहरुको कार्यन्वयनमा दबाब दिनुपर्नेमा जोड
पोखरा, २५ फागुन । महिलाका लागि बनेका कानूनहरुको कार्यन्वयनमा  दबाब दिनुपर्नेमा जोड दिइएको छ । नेपाल ट्रेड युनियन काँग्रेस कास्की महिला समितिले १११ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा अन्तरक्र्रिया कार्यक्रममा बोल्ने वत्ताहरुले सो कुरामा जोड दिएका हुन् ।महिलाका लागि कानून बनेपनि कार्यन्वयनको अवस्था कमजोर रहेको उनीहरुको भनाइ थियो ।...