मूख्य समाचार

एक करोड पचासी लाख जरिवाना भएका व्यक्ति पक्राउ
काठमाडौँ, ४ चैत (रासस) । नेपाल प्रहरीले रु एक करोड ८५ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु एक करोड ८५ लाख जरिवाना गरेपछि फरार रहेका झापाका ५१ वर्षीय उपेन्द्रप्रसाद ढुङ्गानालाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।...
दुई प्रहरीलाई ‘एशिया पर्यावरण प्रवर्तन’ अवार्ड
काठमाडौँ, ४ चैत (रासस)।नेपाल प्रहरीका दुई अधिकृतले ‘एशिया पर्यावरण प्रवर्तन’ अवार्ड प्राप्त गरेका छन् । अर्वाड प्राप्त गर्नेमा ब्युरोको वातावरण तथा वन्यजन्तु अपराध हेर्ने पिलर चारमा कार्यरत प्रहरी निरीक्षक सुदर्शन पन्थी र प्रहरी नायब निरीक्षक वीरेन्द्रसिंह जोहारी छन् । संयुक्त राष्ट्रसङ्घको पर्यावरण कार्यक्रमअन्तर्गत अन्तरदेशीय वातावरणीय अपराधविरुद्धको कार्यमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनीहलाई उक्त अवार्ड प्रदान...
दश दिनपछि कर्णाली किनारमा रजनीको शव भेटियो
कर्णाली, ४ चैत (रासस) । आठबीस नगरपालिका–३ दैलख निमाइलकी सात वर्षीया रजनी बडुवालको शव १० दिनपछि कर्णाली नदी किनारमा भेटिएको छ । गत फागुन २४ गते रजनी, उनकी आमा सुकी बडुवालसहित एकै परिवारका पाँचजनाले कर्णाली नदीमा हामफालेका थिए । रजनीको शव मङ्गलबार दैलेख प्रहरीले कर्णाली नदी किनारमा अछामको असाराघाट नजिकै भेटेको हो । बालिकाको शव डोरीले...
विद्यालयमा चट्याङ प¥यो, एकको मृत्यु, दुई घाइते
लमजुङ, ३ चैत (रासस) । चट्याङ लागेर एकको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा अध्ययनरत १७ वर्षीय विनोद विक रहेका छन् । उनको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । आज दिउँसो परेको चट्याङ लाग्दा लमजुङ क्ब्होलासोथर गाउँपालिका–४ भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा पढ्दै...
मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
पोखरा, ३ चैत । पोखरामा मङ्गलबार भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मङ्गलबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी पर्वत कुस्मा नगरपालिका–७ चुवा बस्ने ३२ वर्षीय माधव गिरीको मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका गिरीको साहारा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सराङकोटबाट पोखरातर्फ आउँदै गरेको ग...
पूर्णप्रसाद÷मायादेवी शान्ति पत्रकारिता पुरस्कारबाट लौडारी पुरस्कृत
पोखरा, ३ चैत । नेपाल प्रेस युनियन कास्कीद्वारा सञ्चालित पूर्णप्रसाद÷मायादेवी शान्ति पत्रकारिता पुरस्कार पोखराका पत्रकार हिमनिधि लौडारीलाई प्रदान गरिएको हो । पूर्णप्रसाद÷मायादेवी बराल प्रतिष्ठानद्वारा स्थापना गरिएको सो पुरस्कारको राशि नगद २५ हजार पाँच सय ५५ सहित सम्मानपत्र र दोसल्ला रहेको छ । पोखरामा मङ्गलबार आयोजित कार्यक्रमबीच नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रतिभा छनोट समितिका...
चैतवैशाखभर गोरखा दरबार सङ्ग्रहालय सबै दिन खुला हुने
गोरखा, ३ चैत (रासस) । आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएपछि गोरखा दरबार सङ्ग्रहालय आगामी दुई महिनासम्म सबै दिन खुला हुने भएको छ । सङ्ग्रहालय अवलोकनमा आउने पर्यटकको सुविधाका लागि पुरातत्व विभागको सहमतिमा हरेक मङ्गलबार तथा सार्वजनिक बिदाको दिन पनि खुला गर्ने निर्णय गरिएको सङ्ग्रहालय प्रमुख नवराज अधिकारीले जानकारी दिए । “यसअघि हरेक हप्ताको...
प्याराग्लाइडिङ दुर्घटनामा सैनिक जवानको मृत्यु
कास्की, ३ चैत (रासस) । पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहनुभएका प्रहरी नायब...
हात्तीको आक्रमणबाट बच्न गणेश पूजा
–चन्द्रकला भण्डारी झापा, २ चैत (रासस) ः बिहानीपख भालेको डाकसँगै बारीमा स¥याकसुरुक्क आवाज आएपछि झस्किएकी पवित्रा राईले मस्त निद्रामा रहेका पति पदमबहादुरलाई ब्युँझाउँदै भनिन्, “छिटो उठ्नुस्, भागौँ, हात्ती आइसक्यो ।” झापाको भद्रपुर नगरपालिका–१ दशरथपुरमा बाँसका बेरा र टिनको छानो भएको सानो घरमा बस्दै आएका छन् पदमबहादुर राईको दम्पती । उनीहरु नजीकको जलथल जङ्गलबाट गाउँ पसेको...
चैत्र ३ गते शान्ति पत्रकारिता पुरस्कार पत्रकार लौडारीलाई प्रदान गरिने
पोखरा, २ चैत । नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गरेको पूर्णप्रसाद÷मायादेवी बराल शान्ति पत्रकारिता पुरस्कार चैत्र ३ गते मङ्गलबार पोखराका पत्रकार हिमनिधि लौडारीलाई प्रदान गरिने भएको छ । पूर्णप्रसाद÷मायादेवी बराल प्रतिष्ठानद्वारा स्थापना गरिएको सो पुरस्कारको राशि नगद २५ हजार पाँच सय ५५ सहित दोसल्ल्ला र सम्मानपत्र छ । नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा बिहान ८...
कीर्तिमानी शेर्पालाई स्वागत
ताप्लेजुङ, १ चैत (रासस) । कीर्तिमानी नेपाली आरोही मिङ्मा ग्याबु शेर्पालाई गृह जिल्ला ताप्लेजुङमा स्वागत तथा सम्मान गरिएको छ । विन्टर सिजनमा विश्वकै दोस्रो अग्लो हिमाल (माउण्ट केटु) आरोहण गरेर कीर्तिमानी बनाएका शेर्पालाई यहाँस्थित पहिलो सामुदायिक रेडियो, रेडियो तमोरले आज स्वागत तथा सम्मान गरेको हो । रेडियोले सदरमुकाम फुङ्लिङमा स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरी...
मालपोत कार्यालयमा बम विस्फोट,आठ जना घाइते
लहान, १ चैत (रासस) । सिरहाको लहानस्थित मालपोत कार्यालयमा आज अपराह्न बम विस्फोट हुँदा एक कर्मचारीसहित आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको गम्भीरावस्था छ । कार्यालय सञ्चालन भइरहेका बेला भवनको पहिलो तल्लामा अचानक अपराह्न १ बजेतिर बम बिस्फोट हँुदा छर्रा लागेर मालपोत कार्यालय लहानमा कार्यरत कर्मचारी ३८ वर्षीय शिवकुमार यादव र लेखापढी...