मूख्य समाचार

पोखराका २० वर्षीय अभिनासद्वारा साइनबोर्ड बनाउने मेसिन निर्माण
पोखरा, ३ चैत । पोखराका २० वर्षीय अभिनास अधिकारीले साइन बोर्ड बनाउने मेसिन बनाउनु भएको छ । विहिबार उहाँले बनाएको मेसिनको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले औपचारिक अनावरण गर्नुभयो । करिब एक महिना लगाएर निर्माण भएको मेसिनबाट काठमा थ्रीडी टुडी शिलालेख, थ्रीडी टुडी साइनबोर्ड र मायाको चिनो बनाउन सकिने अभिनासले बताउनुभयो । सो मेसिन बने...
लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ के को प्रथम सम्मेलन पोखरामा
पोखरा, २ चैत । लायन्स क्लब इन्टरन्यासनल २२५ के को प्रथम वार्षिक सम्मेलन चैत ४ गते शनिबार पोखरामा हुने भएको छ । पोखरा सभागृहमा हुने सो सम्मेलनमा देशभरका करिब १५ सय लायनहरुको सहभागिता रहने क्लबका गनर्भन राजेन्द्रकुमार बाटाजूले बताउनुभयो । लायन्स क्लबका सदस्यहरुको लागि वार्षिक सम्मेलन महान पर्व भएको बताउँदै उहाँले सम्मेलनको सम्पूर्ण तयारी करिब...
नवनिर्वाचित राष्ट्रपतिद्वारा सथप ग्रहण
पोखरा, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनियताको सपथ लिनुभएको छ । कायममुकाय प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उहाँलाई शपथ गराउनुभएको हो । शितल निवासमा आयोजित सपथग्रहण कार्यक्रममा प्रधानमन्त्री सहित उच्च पदस्थको सहभागिता रहेको थियो । उहाँ गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बन्नुभएको हो । विहीबार भएको निर्वाचनमा पौडेलले ३३ हजार आठ सय दुई...
क्रियाशील पत्रकारका लागि आयोजित भाषा सम्पादन तालिम सकियो
पोखरा,२८ फागुन । पोखराका क्रियाशील पत्रकारहरुका लागि आयोजित तीन दिने भाषा सम्पादन तालिम आइतबार सकिएको छ । पोखरा महानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ कास्कीले तालिम आयोजना गरेको हो । तालिममा सहभागी ५५ जना पत्रकारलाई भाषाविज्ञ शरच्चन्द्र वस्ती र प्रशिक्षक विमल आचार्यले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले भाषालाई सतहीमा बुझ्न नहुने...
कवि तथा गीतकार केसीका दुई कृर्ति लोकार्पण
पोखरा, २६ फागुन । कवि तथा गीतकार देवेन्द्र केसी देवुका पछिल्ला दुई कृतिको पोखरामा लोकार्पण गरियो । वरिष्ठ संगीतकार शक्ति बल्लभ, वरिष्ठ साहित्यकार सरुभक्त र वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले संयुक्तरूपमा उक्त कृतिको लोकार्पण गर्नुभयो । प्रमुख अतिथि वरिष्ठ संगीतकार शक्ति बल्लभले केसीका सिर्जनासँग जोडिएपछि आफूलाई धेरै पहिला उनीसँग जोडिनुपर्ने अनुभूति भएको बताउनुभयो । सोही समारोहबीच...
राष्ट्रपतिमा पौडेल
पोखरा, २५ फागुन । राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । उहाँ गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपति बन्नुभएको हो । विहीबार भएको निर्वाचनमा पौडेलले ३३ हजार आठ सय दुई मत भार पाएर निर्वाचित बन्नुभएको छ । उहाँले काँग्रेस सहित आठ दलको मत पाउनु भएको छ । राष्ट्रपतिका अर्का उम्मेद्बार नेकपा एमालेका नेता...
विभेद अन्त्यका लागि शिक्षा, रोजगार र प्रविधिको खाँचो
गण्डकी, २५ फागुन । समाजका सवै खाले विभेदको अन्त्य र संवैधानिक अधिकार सुनिश्चितताका लागि शिक्षा, रोजगार र प्रविधि आवश्यक रहेकोमा यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिनुभएको छ। ११३ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ कास्कीद्धारा पोखरा महानगरपालिका वडा नं. २३ घाँटी छिनामा आयोजित अन्तरकृया कार्यक्रममा समानताका लागि समृद्धि पहिलो आधार भएकोमा...
महिला दिवसमा पोखरा महागनरले विविध कार्यक्रम गर्ने
पोखरा, फागुन २३ गते ।पोखरा महानगरपालिकाले ११३ औँ अन्तराष्टिय महिला दिवसको अवसरमा “लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार”भन्ने मुल नाराका साथ ¥याली तथा गृहिणी महिलाहरुको हाजिरी जवाफ प्रतियोगिता गरेर मनाउने भएको छ । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा ¥याली तथा गृहिणी महिलाहरुको हाजिरी जवाफ प्रतियोगिता गर्न लागेको हो  । पोखरा २७...
फेवातालमा डुङ्गा पल्टियो, एकको मृत्यु, पाँचको उद्वार
पोखरा, २० फागुन । फेतातालमा शनिवार डुङ्गा पल्टदा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं १ निवासी ७० वर्षीया यम माया गिरीको मृत्यु भएको हो । शनिवारको हावाहुरी र वर्षाका कारण तालबाराही मन्दिरको पछाडी डुङ्गा पल्टिएको प्रहरीले जनाएको छ । बेहोस अवस्थामा उद्वार गरिएकी गिरीलाई उपचारार्थ गण्डकी मेडिकल कलेज लगिएको थियो ।...
पश्चिमाञ्चल क्याम्पसमा कम्प्युटर परीक्षा प्रणालीबाट स्नातकोत्तर तहको प्रवेश परीक्षा
फागुन ,१९ पोखरा । पोखराको लामाचौरस्थित इन्जिनियरिङ्ग अध्ययन सस्थान पश्चिमान्चल क्याम्पसमा पहिलो पटक काठमाडौँ बाहिर शैक्षिक बर्ष २०७९÷०८० को सूचना प्रविधिको आधारमा कम्प्युटर परीक्षा प्रणालीको मार्फत् स्नातकोत्तर तह जिओम्यटिक्स बिषयको प्रवेश परीक्षा भएको छ । यो पटक जिओम्यटिक्स बिषयमा स्नातकोत्तर तह अध्ययन गर्न चाहने बिद्यार्थीका लागि उक्त परीक्षा केन्द्रमा व्यवस्था मिलाइएको क्याम्पस प्रमुख ई. निर्मल...
लागू औषधसहित दुई पक्राउ
पोखरा, १७ फागुन । प्रहरीले पोखरामा लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा महानगरपालिका वडा नं.१३ चिसापानीमार्ग स्थित डेरा गरी बस्ने पोखरा ९ का २६ वर्षीय आशिष थकाली र पुतलिबजार नगरपालिका वडा नं. ६ घर भई हाल पोखरा १३ चिसापानी मार्ग बस्ने...
‘पर्यटकहरुलाई सबै किसिमका सुरक्षा’
फागुन १७, पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव माहनिरीक्षक बुद्धिराज गुरुङले नेपालका लागि जापानी दुतावासका द्धितिय सचिव योसिमुरा केन्जी सँग भेटघाट गर्नुभएको छ । गण्डकी प्रदेशमा जापानीज नागरिकहरुको सुरक्षा र सुविधाको विषयमा जानकारी लिन पोखरा आउनु भएका केन्जीसंग भेटघाट गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गुरुङले गण्डकी प्रदेशको समग्र शान्ति सुरक्षाको...