स्वास्थ्य/जीवनशैली

कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
कोशी प्रदेशमा क्षयरोगबाट मृत्यु हुनेको दर गत वर्षको तुलनामा बढेको छ । प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय धनकुटा कार्यालयका क्षयरोग फोकल पर्सन तुलसीप्रसाद गुरागाईंले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा कोशीका १४ जिल्लामा ७९ जनाको क्षयरोगबाट मृत्यु भएको जानकारी दिएका छन । कोशीमा एक हजार एक सय १४...
सुदूरपश्चिममा कोरोना भाइरस सङ्क्रमणदर उकालो लाग्दै
सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्न थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस सङ्क्रमित फेला परेका छन् । यसअघि गत फागुन १२ देखि ३० गते सम्मको १८ दिन २६ जनामा कोरोनाको सङ्क्रमण देखिएको थियो । कोरोना सङ्क्रमित बढ्दै गएपनि यो रोगको रोकथाम...
जनशक्ति नहुँदा सञ्चालनमा आएन गुल्मीको आइसियु
गुल्मी अस्पतालमा दुई वटा भेन्टिलेटर सहितको पाँच शैय्याको सघन उपचार कक्ष (आइसियु) भवन निर्माण हुँदा पनि सञ्चालन हुन सकेको छैन । आइसियु सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा विगत दुई वर्षदेखि भवनसमेत प्रयोगविहीन भएको छ । जिल्लाका नागरिकलाई तम्घासमै सर्वसुलभ स्वास्थ्य उपचार दिने उद्देश्यले आर्थिक वर्ष २०७७/७८ मा सघन उपचार कक्ष (आइसियु) भवनको निर्माण गरिएको थियो...
कोभिड–१९
‘भारतको केरला राज्यमा कोभिडको नयाँ भेरिएन्ट : नयाँ भेरियन्टबाट डराउनुपर्दैन सरकार
सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमणबाट नआत्तिन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको सङ्क्रमणबाट डराउन नपर्ने जानकारी दिएका छन । उनले भारतमा देखिएको सङ्क्रमण श्वासप्रश्वाससम्बन्धी रहेकोले आत्तिनुपर्ने अवस्था नरहेको बताएका हुन । “अहिले भारत र चीनमा श्वासप्रश्वास समस्या बढिरहेको छ...
‘सिकलसेल कुण्डली मिलाएरमात्र विवाह गर्नूस्’
सिकलसेल एनिमिया वंशानुगत रोग हो । नेपालमा विशेषगरी थारू समुदायमा यो रोग देखिएको छ । गोलो आकारको रक्तकोषहरु हँसिया आकारको हुँदा हात, खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ धेरै दुख्ने गर्छ । यसै कारणले सिकलसेल पीडितलाई सधै सताउने गरेको पीडितको भनाइ छ । नियमित उपचार गरिरहे पनि सञ्चो नहुने भएकाले यो रोगको निवारण भनेको विवाह गर्दा...
बुस्टर डोजका लागि थप साढे तीन लाखभन्दा बढी खोप आयो
कोरोना भाइरसको सङ्क्रमण विरुद्धको थप खोप आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण नभए पनि दीर्घरोगी, विदेश जानका लागि अझै पनि केही मानिसलाई खोप आवश्यक भएकाले थप खोप ल्याएको हो । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले तीन लाख ७७ हजार फाइजर खोप ल्याइएको जानकारी दिएका छन ।...
बागलुङमा सुत्केरी हुनेको सङ्ख्यामा वृद्धि
बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीमा रहेको बर्थिङ सेन्टरमा गत आर्थिक वर्ष ४० जना गर्भवतीले शिशु जन्माए । गलकोटको केन्द्रसँग जोडिएको नरेठाँटीमा अहिले उक्त बर्थिङ सेन्टर स्थापना भएपछि शून्य ‘होमडेलिभरी’ भएको तथ्याङ्क छ । संस्थागत सुत्केरी अभियानमा अहिले बागलुङमा धमाधम बर्थिङ सेन्टर स्थापना गर्ने र भइरहेका बर्थिङ सेन्टरको स्तरोन्नति गर्ने कार्य भइरहँदा जिल्लाभर संस्थागत सुत्केरी हुनेको सङ्ख्यामा...
आन्दोलनरत चिकित्सकहरूलाई बिरोधका कार्यक्रम फिर्ता लिन सरकारको आग्रह
नेपाल सरकारले आन्दोलनरत चिकित्सकहरूलाई बिरोधका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सक र स्वास्थ्यकर्मी माथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको जनाउँदै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेका हुन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री बस्नेतले चिकित्सकलाई आन्दोलन फिर्ता लिई काममा फर्कन...
काठमाण्डौंमा डेङ्गीका बिरामी बढे, सेचत रहन सुभाव
देशको राजधानी ब्यस्त सहर, काठमाडौंमा डेङ्गी सङ्क्रमणका बिरामी बढेका छन्। एक सातादेखि काठमाण्डौं महानगरपालिकाको ३२ वटै वडामा डेङ्गीका बिरामी बढेका छन् । महानगरको स्वास्थ्य विभागले दिएको जानकारी अनुसार, विगतका वर्षको तुलनामा यस वर्ष असोजको पहिलो सातासम्म डेङ्गीका बिरामी नगन्य मात्रामा थिए तर अहिले बिरामी बढिरहेका छन्। कामपा स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार डेङ्गी...
डेङ्गु संक्रमण
देशैभरी डेङ्गु संक्रमण बढ्दै
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको देशैभरी डेङ्गुको संक्रमण बढ्दै गएपछि अस्पतालहरुलाई उपचार प्रभावकारी बनाउन निर्देशन गरेको छ। महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले दैनिक डेङ्गुका संक्रमण बढिरहेको र उपचारमा समस्या हुन सक्ने भएकाले संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यकतानुसार ‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न, उपचार प्रभावकारी बनाउन र उच्च सर्तकता अपनाउन निर्देशन दिएका हुन ।...
आँखा पाक्ने रोगका कारण मानिसहरु ग्रसित
काठमाण्डौं अहिले देशैभरी आँखा पाक्ने रोगका कारण मानिसहरु ग्रसित छन् । यसैबीच उपचारका क्रममा १० जनाको नमूना परीक्षण गर्दा ‘इन्टेरो भाइरस’ संक्रमण पुष्टि भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० जना आँखा पाक्ने रोगको लक्षण भएका व्यक्तिबाट नमूना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा यस्तो संक्रमण देखिएको हो । नमूना परीक्षण गर्दा आठ जनाको...
सिकलसेल एनिमियाका बिरामीमा पीडैपीडा
दीपक बोहरा तुलसीपुर, २१ भदौ (रासस)ः दाङ दङ्गीशरण गाउँपालिका–६ वागरका प्रदीप चौधरीले सिकलसेल एनिमियाको उपचारका लागि मात्रै रु १७ लाख खर्च गरिसक्नुभयो । एक्काइस वर्षीय उहाँ विगत आठ–नौ वर्षदेखि सिकलसेल पीडित हुनुहुन्थ्यो । तर राज्यले औषधि सहजरूपमा उपलब्ध गराउन नसक्दा उहाँलाई निकै समस्या हुने गरेको छ । “एक त सिकलसेलको उपचार गर्दा लाखौँ खर्च गरेको...