न्यूजपाली हेडलाइन

मानव तस्करीको आशंकामा फ्रान्समा रोकिएको बिमानलाई पुन: भारत फकाईयो
मानव तस्करीको आशंकामा फ्रान्सको एयरपोर्टमा रोकिएको भारतिय बिमानलाई पुनः मुम्बई फकाईएको छ । करिब ३ सय भारतीय नागरिकहरू लिएर निकारागुवाका लागि उडेको चाटर्ड बिमान केहीदिन मानव तस्करीको आशंकामा फ्रान्सको एयरपोर्टमा रोकिएको थियो । मानव बेचबिखनको आशंकामा उक्त बिमानलाई प्रहरीले फ्रान्सको बिमानस्थलमा नियन्त्रणमा लिएको थियो । प्रहरी अधिकारीका अनुसार बिमानमा नाबालक समेत सवार थिए । मानव...
‘क्रिसमस डे’
क्रिसमस पर्वले सामाजिक सद्भावलाई बलियो बनाउन भूमिका खेल्नेछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन । शुभकामना सन्देशमा प्रधानमन्त्री दाहालले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो बनाउने भूमिका खेल्ने विश्वास लिएको बताएका छन । प्रधानमन्त्रीले जारी गरेको सन्देशमा नेपालको संविधानले बहुसांस्कृतिक विविधतालाई सम्मान गर्दै मौलिक हकका रुपमा...
‘ठगी खानेलाई होइन, गरी खानेलाई ऋण दिनुहोस्’ : गर्भनर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ठगी खानेलाई नभई गरी खानेलाई ऋण दिन बैंकर्सहरूलाई आग्रह गरेका छन । नेपाल बैंकर्स सङ्घको ३७ औँ वार्षिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गरी खाने र ठगी खाने छुट्याएर ऋण प्रवाह गर्नुपर्नेमा जोड दिए । आफूले चितवनको पशु फार्म अवलोकन गरेको बताउँदै गभर्नर अधिकारीले भने, “उक्त फार्म ५० लाख ऋणमा...
डेडिकेटेड र ट्रक लाइन लिएका केही उद्योगको बिजुली काटियो
लामो समयदेखि डेडिकेटेड र ट्रक लाइन प्रयोग गरेवापत विद्युत् महसुल तिर्न अटेर गर्दै आएका केही उद्योगको लाइन शुक्रबार साँझदेखि काटिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार मात्रै त्यस्ता लाइनको बिजुली काटेर महसुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका थिए । उनले ठूला उद्योगको लाइन काटेर राजस्व उठाउन निर्देशन दिनुभए लगत्तै शुक्रबार प्राधिकरणले केही उद्योगको लाइन...
कोभिड–१९
‘भारतको केरला राज्यमा कोभिडको नयाँ भेरिएन्ट : नयाँ भेरियन्टबाट डराउनुपर्दैन सरकार
सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमणबाट नआत्तिन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको सङ्क्रमणबाट डराउन नपर्ने जानकारी दिएका छन । उनले भारतमा देखिएको सङ्क्रमण श्वासप्रश्वाससम्बन्धी रहेकोले आत्तिनुपर्ने अवस्था नरहेको बताएका हुन । “अहिले भारत र चीनमा श्वासप्रश्वास समस्या बढिरहेको छ...
एनसेलको शेयर खरिद-बिक्रीबारे सर्वोच्चले लिखित जवाफ माग्यो
सर्वोच्च अदालतले एनसेलको शेयर खरिदबिक्रीविरुद्ध परेको रिट निवेदनमा सरकारसँग कारण देखाउ आदेश गरेको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएर सरकारसँग कारणसहित १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको हो । “दुवै पक्षलाई राखी छलफल गराउन उपयुक्त भएको देखिँदा सो प्रयोजनार्थ मिति २०८०र०९र१६ को पेसी तोकी पेस...
‘अब कांग्रेसका कार्यकर्ताले अन्य दललाई मतदान गर्न पर्दैन’ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी आमचुनावमा नेपाली कांग्रेसका कार्यकर्ताले अन्य दलको चुनाव चिह्नमा मतदान गर्न नपर्ने दावी गरेका छन । दलको गठबन्धनमा लागेर कांग्रेस अस्तव्यस्त बनेको बताउँदै विसं २०८४ को चुनावमा नेपाली कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने दाबी गरेका हुन । नेपाली कांग्रेस पर्वत ‘क’ को क्षेत्रीय सम्मेलनलाई कुश्माबजारमा सम्बोधन गर्दै थापाले गठबन्धनको संस्कृति...
‘समुदायमा कांग्रेस’अभियान सञ्चालन हुँदै
नेपाली कांग्रेसले आगामी पुस १६ देखि माघ १६ गतेसम्म वडा तहका पार्टी प्रतिनिधि परिचालन गरी ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ‘समुदायमा कांग्रेस’ अभियानका लागि केन्द्रीय कार्यसमितिबाट ७७ वटै जिल्लामा प्रतिनिधि खटाउने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा भएको बैठकले आगमी माघ...
नक्कली भुटानी शरणार्थी काण्ड
पूर्वगृहमन्त्री खाणलाई ३० लाख धरौटीमा छोड्न आदेश
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाँणलाई धरौटीमा छोड्न उच्च अदालत पाटनले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले यस्तो आदेश दिएको हो । जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाँणलाई छाड्ने विषयमा मङ्सिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबिच राय बाझिएको थियो । १५...
गणतन्त्रको विकल्प निरङ्कुशतन्त्र हुनै सक्दैन : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले थालनी गरेका जनपक्षीय काम देखेर विरोधीहरु भ्रम र जालझेलको षड्यन्त्रमा लागेको टिप्पणी गरेका छन । सरकारले सामाजिक न्याय, सुशासन, समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिका क्षेत्रमा राम्रा काम अघि बढाएपछि व्यवस्थाविरोधी शक्ति अत्तालिएको उनको भनाइ छ । नेकपा माओवादी केन्द्रले काठमाडौँको गोकर्णेश्वरमा आयोजना गरेको ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ अन्तर्गत कार्यकर्ता प्रशिक्षणमा प्रधानमन्त्री...
उद्यम गरे यहीँ सुन फल्छ
मुुस्ताङबाट ४९ करोडको स्याउ निकासी
मुस्ताङबाट यस वर्ष ४९ करोडभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ । स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित स्याउ जोन कार्यालयले यस वर्ष उत्पादन भएको ९० प्रतिशत स्याउ बजारमा निकासी भइसकेको जनाएको छ । स्याउ जोन मुस्ताङका प्रमुख नेत्रप्रसाद भट्टले जिल्लाभर चार हजार नौ सय ७५ मेट्रिक...
एनसेलको बिक्री शेयर दर्ता नगर्न उच्च अदालतको आदेश
उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु÷नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ । उच्च अदालतका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले एनसेलका बिक्री भएका शेयर दर्ता किताबमा दर्ता नगर्नु/नगराउनु भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा आदेश गरेको हो । आदेशमा भनिएको छ, “मङ्सिर २५ गतेसम्मका लागि खरिद बिक्री भएका एनसेलका...