न्यूजपाली हेडलाइन

सरकारले थप करिब तीन हजार जनालाई शहीद घोषणा गर्दैछः प्रचण्ड
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले थप करिब तीन हजार जनालाई शहीद घोषणाको तयारी गरिरहेको बताएका छन् । शहीद प्रतिष्ठान नेपालले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकी रहेका करिब ३ हजार जनालाई छिट्टै शहीद घोषणा गर्ने तयारी रहेको बताएका हुन् । उनले त्यसका लागि मन्त्रिपरिषदबाट निर्णय भएर राजपत्रमा...
सुन तस्कर प्रकरण : राहुललाई थुनामै राख्न आदेश
उच्च अदालत पाटनले सुन तस्कर प्रकरणमा पक्राउ परेका राहुल महरालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत काठमाडौँले आदेश सदर गरेको छ । न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको इजलासले जिल्ला अदालतकै आदेश सदर गरेको हो । सुन तस्कर प्रकरणमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेका माओवादी केन्द्रका नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराका छोरा...
राष्ट्रियसभाको निर्वाचन आज, बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान
राष्ट्रियसभा सदस्यका लागि आज मतदान हुँदैछ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार निर्वाचन बिहान ९ बजेदेखि दिउँसो ३ बजे सम्म हुनेछ । १९ जना निर्वाचित हुने सदस्य संख्याका लागि ५२ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार २ हजार ४७ जना मतदाता, सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा पुगेर मतदान गर्नेछन । प्रदेशसभाका सदस्य...
बेलायत र भारत बाहेक अन्य देशको सेना, सशस्त्र समुहमा भर्ना हुनु गैरकानुनी र राष्ट्रहित विपरित
नेपाल सरकारले भारत र बेलायती सेनामा बाहेक अन्य देशका सेना वा सशस्त्र समूहमा भर्ना हुने कार्य पूर्णरूपमा गैरकानुनी र राष्ट्रहित विपरीत हुने बताएको छ । भिजिट भिसामा गएर कुनै मुलुकको सैनिक सेवामा प्रवेश गरे त्यसको जिम्मा स्वयंले लिनुपर्ने स्पष्ट पार्दै गृह मन्त्रालयले मंगलबार १३ बुँदे ट्राभल एडभाइजरी जारी गरेको छ । सरकारले यात्रीहरूले नक्कली कागजात...
२७ हजार बढी भूकम्पपीडितले पाए पहिलो किस्ताको राहत रकम
रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितमध्ये हालसम्म २७ हजार बढीले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका छन्। ४२ हजार पाँच सय २४ पीडितमध्ये २७ हजार ९१ पीडितले पहिलो किस्ताको रकम पाएको जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गरेर उल्लेख गरेको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार भेरी नगरपालिकाका पीडित छ हजार...
‘बाह्र वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन सम्भव छ’
सरकारले अघि सारेको १२ वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन, खपत र व्यापारको लक्ष्य सम्भव हुने यस क्षेत्रमा कार्यरत सरोकार भएका निकाय तथा संस्थाका प्रतिनिधिले बताएका छन् । मुलुकको आवश्यकतालाई ख्याल गर्दै लक्ष्य प्राप्तिका लागि आवश्यक कानुनी, संरचनागत सुधार एवं लगानीको विस्तार गर्नुपर्ने उनीहरूको जोड छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)को...
मेहेनत गरे देशमै सुन फल्छ
सुन्तला बिक्री गरेर एक बर्षमै चार करोड ६० लाख आम्दानी
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१० झ्याङका सुन्तला किसान झुपलाल खड्का गत वर्षको भन्दा दोब्बर मूल्यमा गाउँबाटै सुन्तला बिक्री गर्न पाउँदा दङ्ग छन । अघिल्लो वर्ष प्रतिकेजी २५ का दरले सुन्तला बिक्री भएकामा यस वर्ष प्रतिकेजी ५२ मा सुन्तला बिक्री हुँदा आफू निकै खुशी भएको खड्काले सुनाए । “बारीबाट नौ क्विन्टल सुन्तला बिक्री भयो, सानो दानालाई प्रतिकिलो...
किसानका लागि खेतसम्मै प्रसारण लाइन विस्तार गर्दै सरकार
सरकारले कृषि उपजको उत्पादनमा अभिवृद्धि गर्दै आत्मनिर्भर बनाउने उद्देश्यका साथ थप कृषि मिटर उपलब्ध गराउने विषयमा छलफल सुरु गरेको छ । सिँचाइका लागि कृषि मिटर जरुरी भएको र किसानको मागअनुसार खेतसम्म ग्रीड विस्तार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन लागिएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा मन्त्रालयमा राष्ट्रिय किसान आयोग, नेपाल विद्युत्...
हुण्डी कारोबार गर्ने दुई पक्राउ
नेपाल राष्ट्र बैङ्कबाट जारी भएको निर्देशन विपरीत हुण्डी कारोबार गर्ने दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका-५ घर भई हाल जिल्ला काठमाडौँ कपन बस्ने ३९ वर्षीय भीमसेन गौतम र चितवन राप्ती नगरपालका-४ घर भई हाल काठमाडौँ सुकेधारा बस्ने ४२ वर्षीय राजु गौतम रहेको रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा...
पृथ्वी जयन्ती
एकीकरणकै कारण मुलुक विश्वका पुराना स्वतन्त्र राष्ट्रमा पर्छ : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको नेतृत्व र मार्गदर्शनमा सुरु भएको नेपाल एकीकरणले मुलुकको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेको बताएकी छन । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८० को अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले शाहले सुरु गर्नुभएको नेपाल एकीकरणकै कारण हाम्रो मुलुक विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये परेको उल्लेख गरेकी छन...
समस्याग्रस्त सहकारी
‘निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न शीघ्र पहल गरिने’ : गृहमन्त्रालय
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गरी आवश्यक्ता बमोजिम उपसमितिमार्फत तोकिएको सहकारीको चल, अचल सम्पत्तिको लेखाजोखा, लिलाम आदी गर्ने र निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न शीघ्र पहल लिइने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीको सन्दर्भमा देखापरेका समस्या समाधान गर्ने उद्देश्यले आह्वान गरेको बैठकले बचत तथा कर्जा सुरक्षण कोष छिटो सञ्चालन गर्न...
छिमेकी घट्दै, गाउँको रौनक हराउँदै
गलेश्वर (म्याग्दी)- झ्यालको पर्दा उघारी उत्तरतर्फ हेर्दा सेता हिमाल मुसुक्क मुस्कुराएजस्ता देखिन्छन् । चराहरूको चिरचिराहटसँगै खेतबारीमा गहुँ र तोरीको हरियो, पहेँलो दृश्यले मनलाई रोमाञ्चक बनाउँछ । आँगन र करेसामा बोटैभरि पहेँलै भएर फलेका रसिला सुन्तला, दिउँसोको पाहारिलो घाममा बसेर खाँदै म्याग्दीको बेनी नगरपालिका-३ का ६९ वर्षीय डेकबहादुर पुनले गाउँको रौनक हराउँदै गएको कुरा सुनाउँदा झट्ट...