न्यूजपाली हेडलाइन

दोलखाको एक सहकारीबाट ३२ लाख बढी रकम हरायो
दोलखाका सहकारीमा लापरबाही बढ्दा नागरिकले बचत गरेको रकम जोखिममा परेको छ । केही दिनअघि दोलखाको मेलुुङ गाउँपालिका–१ पवटीमा एक सहकारी चोरी भएको भन्दै स्थानीय बासिन्दाले स्थानीय प्रशासनसमक्ष उजुरी गरेका छन् । चोरी भएको भनिएको हाम्रो सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ३२ लाख ८७ हजार दुई सय ७६ हराएको सहकारी सञ्चालकले प्रहरीलाई जानकारी गराएका...
आर्मी, पहिलोपटक आहा रारा ! पोखरा गोल्डकपको च्याम्पियन
विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा सञ्चालन भएको २३औँ संस्करणको आहा रारा ! पोखरा गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल सम्पन्न फाइनल खेलमा प्रतियोगिताको पाँच पटकको च्याम्पियन थ्रिस्टार क्लबलाई ३–० गोलले हराउँदै आर्मी पहिलोपटक च्याम्पियन बन्न सफल भयो । यसअघि चारपटक फाइनल पुग्दासमेत उपाधि चुम्न असफल बनेको आर्मीले पाँचौँ...
तल्लो सेती जलविद्युत्बाट वार्षिक ५२ करोड युनिट विद्युत् उत्पादन गरिने
तनहुँमा निर्माण हुने एक सय २६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन विद्युत विकास विभागमा बुझाइएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन हालै बुझाइएको हो । इआइएमा प्राप्त सुझावलाई समेटेर प्रतिवेदन बुझाइएको लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिएका छन ।...
पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्नेमा जोड दिएका छन् । कृषि तथा वनविज्ञान विश्वविद्यालय १२औँ साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी प्रवर्द्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्नेमा जोड दिएका हुन । कृषि विज्ञानमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेकामा खुसी व्यक्त गर्दै उनले विश्वविद्यालयले कृषि...
एनसेल बिक्री अस्वाभाविक, १ खर्बभन्दा बढी रकम विदेशियो
काठमाडौँ : एनसेलले १ खर्ब भन्दा बढी रकम विदेशमा लगेको खुलासा भएको छ। एनसेलको शेयर खरिद बिक्रीबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा १ खर्बभन्दा बढी रकम विदेश लगेको खुलेको हो। डेढ महिनाभन्दा बढी समय अनुसन्धान गरेर समितिले आज (सोमवार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रतिवेदन बुझाएको हो। सरकारलाई जानकारी नदिएर...
कांग्रेसका केन्द्रीय नेतृत्व जिल्ला-जिल्लामा
नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत केन्द्रीय नेतृत्व जिल्ला–जिल्लामा पुगेको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय प्रतिनिधि, प्रदेशले तोकेको पदाधिकारी भिन्न–भिन्न समुदायका बिचमा भ्रमण, भेटघाट र छलफल गर्नुहुने कार्यक्रम रहेको छ। उनले जिल्ला कार्य समितिले माघ १६ गतेदेखि माघ २६ गते सुशील कोइराला स्मृति दिवससम्म यस कार्यक्रमको संयोजन गर्ने बताए ।...
सरकारले थप करिब तीन हजार जनालाई शहीद घोषणा गर्दैछः प्रचण्ड
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले थप करिब तीन हजार जनालाई शहीद घोषणाको तयारी गरिरहेको बताएका छन् । शहीद प्रतिष्ठान नेपालले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकी रहेका करिब ३ हजार जनालाई छिट्टै शहीद घोषणा गर्ने तयारी रहेको बताएका हुन् । उनले त्यसका लागि मन्त्रिपरिषदबाट निर्णय भएर राजपत्रमा...
सुन तस्कर प्रकरण : राहुललाई थुनामै राख्न आदेश
उच्च अदालत पाटनले सुन तस्कर प्रकरणमा पक्राउ परेका राहुल महरालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत काठमाडौँले आदेश सदर गरेको छ । न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको इजलासले जिल्ला अदालतकै आदेश सदर गरेको हो । सुन तस्कर प्रकरणमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेका माओवादी केन्द्रका नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराका छोरा...
राष्ट्रियसभाको निर्वाचन आज, बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान
राष्ट्रियसभा सदस्यका लागि आज मतदान हुँदैछ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार निर्वाचन बिहान ९ बजेदेखि दिउँसो ३ बजे सम्म हुनेछ । १९ जना निर्वाचित हुने सदस्य संख्याका लागि ५२ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार २ हजार ४७ जना मतदाता, सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा पुगेर मतदान गर्नेछन । प्रदेशसभाका सदस्य...
बेलायत र भारत बाहेक अन्य देशको सेना, सशस्त्र समुहमा भर्ना हुनु गैरकानुनी र राष्ट्रहित विपरित
नेपाल सरकारले भारत र बेलायती सेनामा बाहेक अन्य देशका सेना वा सशस्त्र समूहमा भर्ना हुने कार्य पूर्णरूपमा गैरकानुनी र राष्ट्रहित विपरीत हुने बताएको छ । भिजिट भिसामा गएर कुनै मुलुकको सैनिक सेवामा प्रवेश गरे त्यसको जिम्मा स्वयंले लिनुपर्ने स्पष्ट पार्दै गृह मन्त्रालयले मंगलबार १३ बुँदे ट्राभल एडभाइजरी जारी गरेको छ । सरकारले यात्रीहरूले नक्कली कागजात...
२७ हजार बढी भूकम्पपीडितले पाए पहिलो किस्ताको राहत रकम
रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितमध्ये हालसम्म २७ हजार बढीले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका छन्। ४२ हजार पाँच सय २४ पीडितमध्ये २७ हजार ९१ पीडितले पहिलो किस्ताको रकम पाएको जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गरेर उल्लेख गरेको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार भेरी नगरपालिकाका पीडित छ हजार...
‘बाह्र वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन सम्भव छ’
सरकारले अघि सारेको १२ वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन, खपत र व्यापारको लक्ष्य सम्भव हुने यस क्षेत्रमा कार्यरत सरोकार भएका निकाय तथा संस्थाका प्रतिनिधिले बताएका छन् । मुलुकको आवश्यकतालाई ख्याल गर्दै लक्ष्य प्राप्तिका लागि आवश्यक कानुनी, संरचनागत सुधार एवं लगानीको विस्तार गर्नुपर्ने उनीहरूको जोड छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)को...