न्यूजपाली हेडलाइन

‘मिटरब्याज पीडित न्याय मार्च गर्दै काठमाडौमा
देशका विभिन्न स्थानबाट पैदलयात्रा (न्याय मार्च) गर्दै काठमाडौ पुगेका मिटरब्याज पीडितले शुक्रबार भृकुटीमण्डपमा प्रदर्शन गरेका छन् । मिटरब्याज पीडितका समस्या समाधान गर्न कानुन संशोधन गरिए पनि त्यसको प्रभावकारिता नदेखिएको र पीडितले न्याय पाउन नसकेको भन्दै उनीहरु २३ दिनको लामो ‘न्याय मार्च’ गरेर काठमाडौँ आएका हुन् । मुलुकी संहितासम्बन्धी ‘केही नेपाल ऐन’लाई संशोधन गर्ने विधेयकमार्फत् गत...
‘रुख’मै मत हाल्न पाउने अवस्था सुनिश्चित गरौं : गगन थापा (प्रतिवेदनसहित)
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका कार्यकर्ताले रुख चिह्नमै मतदान गर्ने सुनिश्चित गर्ने बताएका छन्। ललितपुरको गोदवारीमा जारी महासमिति बैठकमा सांगठनिक प्रतिवेदन प्रस्ताव पेश गर्दै थापाले यस्तो बताएका हुन्। ‘पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छौँ,’ उनले प्रस्ताव पेस गर्दै भने, ‘हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरू...
कर्णालीमा खाद्यान्नको चरम अभाव
कर्णाली प्रदेशमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा चामल नहुँदा रित्ता भएका छन् । चामलको अभावमा डिपो, बिक्री केन्द्र रित्तै भएको लामो समय भए पनि अहिलेसम्म चामल पुग्न सकेको छैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल खरिदका लागि दुईपटक बोलपत्र गरेपनि ठेक्का कसैले नलिँदा चामल अभाव भएको कम्पनीका कर्णाली प्रदेश प्रमुख माधव मिश्रले...
कांग्रेसको भोट घटेको छ, महासमितिमा गम्भीर छलफल हुनुपर्छ : डा. कोइराला
 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्वाचनमा पार्टीको भोट घटेकोबारेमा महासमिति बैठकमा गम्भीर छलफल हुनुपर्ने बताएका छन् । बिपी अध्ययन प्रतिष्ठानले महासमिति बैठकको पूर्वसन्ध्यामा आयोजित ‘चियापान कार्यक्रम’मा उहाँले गठबन्धनका कारण निर्वाचनमा पार्टीको मत घटेको भन्दै महासमिति बैठकमा गम्भीर समीक्षा हुनुपर्ने बताए । “कांग्रेसको भोट प्रतिशत घट्दै गइरहेकाले पनि कम्युनिष्टहरुको पछि लागेर हिँड्ने अवस्थाको अन्त्य हुनेगरी...
‘सहकारी सहकारी जस्तो भएनन्, सिद्धान्त बिर्सिए’
पोखरा । सडक छेउमा मकै पोल्नेदेखि दैनिक ज्याला मजदुरी गर्नेहरूले भविष्यलाई साँचेर बचत गरेको रकम सहकारीले हिनामिना बनाएर बिचल्लीमा पारेको छ । सञ्चालक सहकारीको रकम कुम्लाएर फरार छन् । सहकारी सङ्कटको समस्याले अहिले सडक र सदन तताइरहेको छ । सहकारी सङ्कट विषयमा शनिबार पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलमा पनि बहस भयो ।...
१५ औँ महाधिवेशन २०८२ मंसिरभित्र गर्नुपर्छ
गठबन्धनको कारणले काँग्रेसको पाँच प्रतिशत गुमायौं, अब नगरौं: गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावअघि गठबन्धन नगर्ने प्रस्ताव गरेका छन् । कांग्रेसको तर्फबाट महासमिति बैठकमा पेस गर्न तयार पारिएको सांगठनिक प्रतिवेदनमा गठबन्धनको कारणले लोकप्रिय मतको हिस्सा ५ प्रतिशतले घटेको उनले उल्लेख गरेका छन् । महामन्त्री थापाले भनेका छन्, ‘दुई चुनावको बीचमा हामीले १३.२ प्रतिशत मतदाता नै गुमायौं । हामीले २०७९ मा २०७४...
ललिता निवासको फैसला सुनाउने तयारी
विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा बिहीबार फैसला सुनाउने तयारी गरेको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार ललिता निवास सरकारी जग्गा हिनामिना सम्बन्धी मुद्दाको फैसला बुधवार तयार भई नसकेको हुनाले भोलि सुनाउने तयारी भएको हो । विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उक्त मुद्दा...
सरस्वती पूजा जीवनलाई ऊर्जाशील बनाउने पर्व हो : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले सरस्वती पूजा जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्वका रुपमा रहेको बताएका छन । सरस्वती पूजा एवं वसन्त पञ्चमीका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा आजका दिनले प्रेरणा प्रदान गर्ने बताएका छन । सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीका रुपमा पुजिने बताउँदै,...
जनयुद्धको २९औँ वार्षिकोत्सव
जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि साझा सम्पत्ति हुन् : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन । जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै, अध्यक्ष दाहालले नेकपा माओवादीले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीको साझा दिवसका रुपमा...
पैसा अभावले उपचार नपाएर कोही मर्नु पर्दैन : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पैसा अभावकै कारणले उपचार नपाएर कोही नेपालीले मर्नुपर्ने अवस्था नआउने बताएका छन । नेपाल शिक्षक सङ्घ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको २२औँ जिल्ला प्रतिनिधिसभाको बलेफी गाउँपालिका– ५ मा उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले भने, “पैसाको अभावमा उपचार नपाएर कोही पनि नेपाली मर्नुपर्ने छैन, पैसा नभएर पनि उपचार गराउने जिम्मा सरकारले लिने...
नगरविकास समितिको जग्गा हिनामिना गर्ने २४९ जनाविरुद्ध आरोपपत्र दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीकापुर नगर विकास समितिको जग्गा अनियमितता गरी हिनामिना गरेको अभियोगमा दुई सय ४९ जना विरुद्ध आरोपपत्र दायर गरेको छ । आयोगले टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी सार्वजनिक प्रकृतिको जग्गा व्यक्ति विशेष तथा संघ/संस्थाहरुलाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको...
गिरिबन्धु टि–स्टेटको जग्गा सट्टापट्टा गर्ने निर्णय अदालतद्वारा बदर
सर्वोच्च अदालतले गिरिबन्धु टि–स्टेटको हदबन्दीभन्दा बढीको जग्गा सट्टापट्टा गर्ने निर्णय कानुनी प्रावधान अनुकूल नभएको फैसला गरेको छ । प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत, सपनाप्रधान मल्ल र सुष्मालता माथेमाको संवैधानिक इजलासले कानुनी प्रावधान अनुकूल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको ठहर गर्दै बदर हुने फैसला सुनाएको हो । फैसलामा भनिएको छ, “नेपाल सरकार (मन्त्रिपरिषद्)...