न्यूजपाली हेडलाइन

प्रतिनिधिसभा बैठक
बजेटबारे सांसदको चर्को असन्तुष्टि
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेटमाथि संसद्मा चर्को विरोध भएको छ । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले वार्षिक विकास कार्यक्रम च्यात्ने, फिर्ता गर्ने, मौनधारण गर्नेलगायत शैलीमा बजेटमाथि असन्तुष्टि जनाए । बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका...
संसदीय छानबिन विशेष समितिले कार्यविधि बनायो
सहकारीको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कार्यविधि बनाएको छ । समितिको बैठकले सर्वसम्मतरुपमा कार्यविधि पारित गरेको समिति सदस्य लेखनाथ दाहालले राससलाई जानकारी दिएका छन । “समितिका सदस्यहरुबीच प्रस्तावित कार्यविधिमा छलफल भई सर्वसम्मतिले पारित भएको छ । सोही आधारमा अनुसन्धान अघि बढ्नेछ”, उनले भने । समिति सदस्य शिशिर खनालका अनुसार पहिलो...
राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच स्वीट्जरल्याण्डको बर्नमा भेटवार्ता भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ को उद्घाटन सत्रमा मुख्य वक्ताका रुपमा सहभागी हुन त्यहाँ पुगेका राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता भएको हो । त्यसअवसरमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक...
अब वैदेशिक रोजगारीसम्बन्धी मागपत्रको प्रमाणीकरण अनलाइनबाटै
सरकारले वैदेशिक रोजगारसम्बन्धी मागपत्रको प्रमाणीकरण अनलाइनबाटै गर्न थालेको छ । कन्सुलर सेवा विभागमा आयोजित कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले क्लिक गरेर सेवाको शुभारम्भ गरेका छन । पहिलो चरणमा युनाइटेड अरब इमिरेट्स (यूएई)को आबुधावीमा नेपाली राजदूतावासबाट सेवा सुरु गरिएको र अन्य देशमा पनि क्रमशः सञ्चालन गरिने मन्त्री श्रेष्ठले जनकारी दिएका छन । उनले साउदी अरेबियाको...
नयाँ सरकार
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्ली राज भट्टले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम सबैभन्दा ठूलो दलको हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । सर्वोच्च अदालतले सोमबार प्रदेश प्रमुखका नाममा परमादेश जारी गर्दै ४८ घन्टाभित्र पाण्डेलाई संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्रीमा...
गण्डकी सत्ता राजनीति
गण्डकीको मुख्यमन्त्रीमा काँग्रेसका पाण्डेलाई ४८ घण्टाभित्र नियुक्त गर्न सर्वाेच्चको परमादेश [आदेशसहित]
सर्वाेच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएको फैसला सुनाएको छ । सोमबार सर्वोच्चले गण्डकी प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेशसमेत दिएको छ। तीन वर्षअघि शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको लागि दिएको परमादेशकै शैलीमा समय तोकेर गण्डकीको मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो...
नीति तथा कार्यक्रम
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई बालविकासदेखि कक्षा ८ सम्मको आधारभूत शिक्षा प्राप्तिको सुनिश्चितता गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा विद्यालय बाहिर रहेका बालबालिकालाई वैकल्पिक अनौपचारिक शिक्षा प्रदान गरिने उल्लेख गरिएको हो । हाल आधारभूत तहमा बालबालिकाको खुद भर्ना दर...
उपनिर्वाचनले पुराना पार्टीप्रतिको भरोसा देखाएको छः महासचिव पोखरेल
नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले हालै सम्पन्न उपनिर्वाचनले पुराना पार्टीप्रतिको भरोसा र आवश्यकता अझै छ भन्ने देखिएको बताएका छन । पार्टीको कीर्तिपुर नगर कमिटीको सम्पन्न छैटौँ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पुराना पार्टी काम लाग्दैनन् भन्ने भ्रम हटेको बताए । “देशको नेतृत्व बलिदानको जगमा उभिएका स्थापित दलहरूले नै गर्न सक्छन् भन्ने सन्देश...
एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ : नेता डा कोइराला
नेपाली काग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले पार्टीलाई बलियो बनाउन सबै एक ढिक्का हुनुपर्नेमा जोड दिएका छन । नेपाली कांग्रेस बाँके क्षेत्र नं १ द्वारा कोहलपुरमा आयोजित दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले पार्टी सृदृढीकरणका लागि एकजुट हुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन । उपनिर्वाचनको चुनावमा भएको पराजयले कांग्रेसलाई थप बलिएको बनाउन सहयोग गरेको...
कतारी राजाको दुईदिने राजकीय भ्रमण
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीले वैशाख ११ गतेदेखि दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन् । दुई दिने भ्रमणका क्रममा उनि मङ्गलबार अपराह्न काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न स्वयं राष्ट्रपति पौडेल जाँदैछन । कतारी अमिरको राजकीय भ्रमणका क्रममा...
देशैभर पुग्यो पाठ्यपुस्तक : जनक शिक्षा सामग्री केन्द्र
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुराएको छ । २०८१ को शैक्षिक सत्रको सुरुवातमै देशभर पाठ्यपुस्तक पुराएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिएका छन । चैत १६ गतेदेखि केन्द्रले आफ्ना सात वटै प्रादेशिक कार्यालय, देशभरका वितरण केन्द्र एवं डिपो र एक हजार दुई सय ६७ वटा स्थानीय बिक्रेतामार्फत पुस्तक पुराएको उनले बताए ।...
स्थायित्वका लागि निर्वाचन प्रणाली फेर्न आवश्यक : डा. शेखर कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मुलुकमा स्थायित्व कायम गर्नका लागि निर्वाचन प्रणलीमा सुधार गर्नुपर्ने बताएका छन । मिश्रित निर्वाचन प्रणलीका कारण ६/६ महिनामा सरकार परिवर्तन हुने गरेको र यसले मुलुकमा स्थायित्व कायम गर्न नसकेको भन्दै कांग्रेस नेता कोइरालाले निर्वाचन प्रणालीका बारेमा पुनःविचार गर्नुपर्ने बेला आएको बताएका हुन । नेपाली कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलनको घोराहीमा...