न्यूजपाली हेडलाइन

एसिया कप क्रिकेट
भारतलाई नेपालले दियो २३१ रनको लक्ष्य
एसिया कप क्रिकेटमा भारतविरुद्ध खेलिरहेको नेपालले २३१ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १० विकेटको क्षतिमा ४८.२ ओभर खेल्दै २३० रन बनाएको हो । भारतले २३१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको छ। भारतसँगको खेलमा नेपालले सम्मानजनक स्कोर बनाएको हो। श्रीलंकाको पाल्लेकेले मैदानमा टस हारेस नेपालले पहिला ब्याटिङ गरेको थियो । नेपालका...
एसिया कप क्रिकेट: २७ वर्षपछि भारतसँग पहिलोपटक खेल्दै नेपाल
एसिया कप २०२३ अन्तर्गत नेपालले भारतसँग सोमबार पहिलोपटक खेलेर इतिहास बनाउँदैछ। नेपाल र भारतबीचको खेल श्रीलंकाको पल्लेकेले मैदानमा नेपाली समयअनुसार सवा तीन बजे सुरु हुनेछ। श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा भोलि हुने समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल र भारतबीचको विजेता टोली एसिया कपको सुपर फोरमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ। समूह ‘ए’ मा रहेको पाकिस्तान...
बालेनले दिए श्रीमती चढेको सरकारी गाडी प्रहरीले रोकेको घटनामा स्पष्टिकरण
काठमाडौंका मेयर बालेन शाहले शनिबार साँझ श्रीमती सविना काफ्ले सवार सरकारी नम्बर प्लेटको गाडीलाई ट्राफिक प्रहरीले चेकजाँच गरेको घटनाबारे प्रष्टीकरण दिएका छन्। आइतबार साँझ मेयर बालेनको सचिवालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक विदाको दिन चलाउने परमिट लिइएको भए पनि शनिबार साँझ ट्राफिकले रोक्दा उक्त परमिट गाडीमा नभएको स्वीकारेको छ। बालेनले अबदेखि महानगरका गाडी रोके सिंहदरबारमा आगो...
सिंहदरबारमा आगो लगाइदिन्छु : बालेन
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरपालिकाको कुनै पनि गाडी सरकारले रोके सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् । शनिबार साँझ उनले सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन्। उनले लेखेका छन्, ‘ आजको लागी केहि भएन , भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’
उत्तरको छिमेकी चीनलाई नेपालले भन्यो हाम्रो नक्साको चुच्चो खोई
काठमाडौं । नेपाल सरकारले छिमेकी देश सहित अन्य देशको नक्साको पूर्ण सम्मान गर्ने बताउँदै आफ्नो मुलुकको नक्साको समेत पूर्ण सम्मान गर्नुपर्ने बताएको छ । उत्तरको छिमेकी देश चीनले हालै जारी गरेको नक्सामा नेपालको चुच्चे नक्सा नसमेटिएपछि नेपाल सरकार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै अरु मुलुकको नक्साको सम्मान गर्न भनेको हो । हाम्रो नक्सालाई हाम्रा छिमेकी...
प्रधानमन्त्रीको चीन भ्रमणमा गण्डकीका ५ एजेण्डा समावेश गर्न पोखरेली अगुवाहरुको माग
पोखरा, १५ भदौ । पोखराका व्यावसायिक तथा सामाजिक संघ–संस्थाहरुले प्रधानमन्त्री प्रचण्डसँग पोखरा एयरपोर्टको लागि चीनले दिएको ऋणलाई अनुदानमा बदल्नको लागि पहल गर्न आग्रह गरेका छन् । सवै संघसंस्थाको तर्फबाट पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले हस्तान्तरण गरिएको ज्ञापनपत्रमा असोज ४ गतेदेखि हुने प्रधानमन्त्रीको चीन भ्रमणमा यो एजेण्डा समावेश गर्न माग गरिएको हो । यस्तै...
समाजवादी मोर्चा
प्रधानमन्त्री नै भन्छन्ः ‘बर्खा सकिएपछि लाखौं मान्छे सडकमा उतार्छौं’
सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्खा सिद्धिएपछि लाखौं जनतालाई सडकमा उतार्ने अभिव्यक्ति दिएका छन् । राष्ट्रियता, जनजीविका, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारको विपक्षमा जनतालाई उतारेर जगैदेखि हल्लाइदिने प्रचण्डले बताए । बिहीबार सुर्खेतमा समाजवादी मोर्चाको कार्यक्रममा प्रचण्डले भने, ‘केही दिनपछि, बर्खा सिद्धिएपछि लाखौं जनतालाई सडकमा ल्याएर राष्ट्रियताको पक्षमा, जनजीविकाका पक्षमा, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारविरुद्ध...
जय स्वाभिमान
नेपालको चुच्चे नक्सा नदेखाएको भन्दै बालेनले गरे चीन भ्रमण रद्द
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेका छन्। ५ दिने भ्रमणका लागि बिहीबार चीन जान लागेका शाहले चिनको प्राकृतिक स्रोत मन्त्रालयले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको नयाँ नक्सा अनुसारको भूभाग नदेखाएको भन्दै भ्रमण रद्द गरेका हुन्। उनले लेखेका छन्,’केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम...
भेपमा सुन प्रकरण
पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ, ५ दिन म्याद थप
पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । इलेक्ट्रिक चुरोट (भेप) मा सुन ल्याएको प्रकरणमा मुछिएका राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार पक्राउ गरेको हो ।  नेपाली प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायतले भेपमा लुकाएर ल्याएको सुन प्रकरणको अनुसन्धानका क्रममा राहुललाई पक्राउ गरिएको बताए । राहुललाई अदालतले  ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।  संगठित...
एसिया कप
बाबरको कीर्तिमानी शतकमा नेपालसामु ३ सय ४३ रनको विशाल लक्ष्य
कप्तान बाबर आजमको शानदार शतकको मद्दतले पाकिस्तानले नेपालसामु ३ सय ४३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । मुल्तानमा भएको एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ४२ रन बनाएको हो । कप्तान बाबर आजम र इफ्तिकार अहमदको दोहोरो शतकीय साझेदारीमा पाकिस्तानले नेपाललाई जीतका लागि ३४३ रनको विशाल लक्ष्य...
पोखरामा भुटानको पारोबाट ड्रुक एयरले दोस्रो अन्तर्राष्ट्रिय चार्टर्ड उडान गर्ने
भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ । ड्रुकले ९ सेप्टेम्बर (२३ भदौ)का दिन पारोबाट पोखरा उडान गर्न अनुमति पाएको हो । यो चार्टर्ड उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । उनका अुनसार यो जहाज पोखराबाट पारो नै उड्नेछ । यहाँ...
ढल्याे पाेखरेली खम्बा
अस्ताए बामपन्थी नेता टेकनाथ बराल ‘बराल बा’
पोखरा । बामपन्थी नेता एवं यहाँका अग्रज मानवअधिकारवादी टेकनाथ बरालको ८४ वर्षको उमेरमा आज निधन भएको छ । पछिल्लो समय अस्वस्थ बरालको उपचारकै क्रममा दिउँसो निधन भएको हो । बरालको जन्म १९९६ साल जेठ २ गते भएको थियो । स्व. बरालका श्रीमती, छोरा, ३ छोरी र नातिनातिनी छन् । उनको शव मंगलबार दिउँसो ३ बजेदेखि...