न्यूजपाली हेडलाइन

इन्द्रजात्रामा सबै विशिष्ट व्यक्ति हिँडेरै बसन्तपुर
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको अडानका कारण इन्द्रजात्रा अवलोकनका लागि विशिष्ट व्यक्ति पैदलै हिँडेर पुगेका छन्। राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासहित मन्त्रीहरू पैदल नै वसन्तपुर पुगेका हुन्। महानगरपालिकाले जुद्ध सालिकबाट वसन्तपुरमा गत असारदेखि सवारीसाधन प्रवेशमा रोक लगाएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत स्थल भएको...
एशियाली खेलकुदमा नेपालको चमत्कार: टी–२० मा कीर्तिमानी स्कोर सहित मंगोलियालाई २७३ रनले हरायो
नेपालले १९ औं एसियाली खेलकुदमा मंगोलियामाथि २ सय ७३ रनको विश्व कीर्तिमानी जित हात पारेको छ । जितको लागि ३ सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमा अल आउट भयो । यो टि–२० आई इतिहासकै सबैभन्दा ठूलो जित हो । यसअघि २०१९ मा चेकरिपब्लिकनले टर्कीविरुद्ध २ सय ५७ रनको जित हात...
गण्डकीभर स्वास्थ्य सेवा अवरुद्ध, इमर्जेन्सी बाहेकका सबै सेवा बन्द
गण्डकी प्रदेशभर ओपिडी सेवा प्रभावित बनेको छ । ईमर्जेन्सी बाहेकका स्वास्थ्य सेवा ठप्प छ । बन्यो । नेपाल चिकित्सक संघले माग पूरा नभई गण्डकी प्रदेशभर सेवा दिन नसकिने बताएको छ । नेपाल चिकित्सक संघ, गण्डकीका कार्यवाहक अध्यक्ष डा. सुनिल पनेरु र सचिव डा. सुशिल तिमल्सिनाले विज्ञप्ती जारी गर्दै ३ बुँदे माग पूरा नहुन्जेल ईमर्जेन्सी बाहेकका...
डाक्टरमाथि निरन्तर आक्रमणपछि गगन थापाले भने– ‘यो सामान्य घटना होइन प्रवृत्ति हो’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्यकर्मीहरुमाथि आक्रमण प्रवृत्तिकै रुपमा देखा परेको बताएका छन् । कानुनको अभावमा यस्ता घटना भयो भनेर कानुन, निकायहरु बनाए पनि अवस्था उस्तै रहेको भन्दै उनले एउटा स्वास्थ्यकर्मी कहिले र कहाँ सुरक्षित छ, असुरक्षित भएर आत्मविश्वास गुमाएको स्वास्थकर्मीले राम्रो स्वास्थ्य सेवामा कसरी दिन्छ ? भनेर प्रश्न उठाएका छन् । साथै...
डाक्टर कुटिएपछि पोखराको मणिपाल अस्पतालमा तनाव
डाक्टर कुटिएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पताल तनावग्रस्त बनेको छ । आज अस्पतालका डाक्टरमाथि कुटपिट भएपछि अस्पतालको अवस्था तनावग्रस्त बनेको हो । उपचारको क्रममा खटिएका डाक्टरसँग बिरामीको बारेमा बिरामीका आफन्तले छलफल गर्ने क्रममा उनीसँग आएका व्यक्तिले कुटपिट गरेका हुन् । डाक्टरलाई कुट्ने व्यक्ति मालेपाटनका विनय गुरुङ पक्राउ परिसकेका छन् । हिजो गम्भीर अवस्थामा ल्याईएका बिरामी भेन्टिलेटरमा...
पूर्वराजा ज्ञानेन्द्र भक्तपुरमा, हजारौंले गरे स्वागत [तस्वीरहरू]
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भक्तपुरस्थित तलेजु भवानीको दर्शन गरेका छन् । आईतवार अपराह्न उनले तलेजु भवानीको दर्शन गर्नुका साथै भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका हुन् । भक्तपुरवासीको निमन्त्रणामा दरबार क्षेत्र पुगेका पूर्वराजा शाहलाई भक्तपुरका स्थानीयले भव्य स्वागत गरेका थिए । पूर्व राजा ज्ञानेन्द्रलाई स्थानीयले झाँकीसहित नाराबाजी गर्दै स्वागत र सम्मान गरेका थिए । उनको...
नेपालको समृद्धिमा चीन सँधै साथमा छ-राष्ट्रपति सी
चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको समृद्धिमा चीन सँधै साथमा रहेको बताएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा राष्ट्रपति सीले नेपालको सम्वन्धलाई आफ्नो मुलुकले ठूलो महत्वका साथ हेरेको र समृद्धिका लागि साथमा रहेका बताएका हुन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति सीका बीच द्विपक्षीय सम्बन्ध र विकासको रणनीतिका बारेमा...
१९ औं एसियाली खेल औपचारिक रुपमा सुरु
चीनको हाङ्जाओमा १९ औं एसियाली खेलकुद प्रतियोगिता औपचारिक रुपमा सुरु भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबार १९औं एसियाली खेलको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसहित एसियाका विभिन्न सरकार तथा राष्ट्र प्रमुखहरूको उपस्थिति थियो । उक्त प्रतियोगिता २३ सेप्टेम्बरमा सुरु भई ८ अक्टोबरसम्म चल्नेछ । जहाँ ४५ देशका...
यो नेपाली शिर उचाली संसारमा लम्किन्छ
विश्वकै वित्तिय राजधानी न्यूयोर्कमा फहराइयो नेपालको चन्द्र र सुर्य अंकित झण्डा
विश्वकै वित्तिय राजधानी मानिने न्युयोर्क सिटीमा चन्द्र र सुर्य अंकित झण्डा फहराइएको छ । विश्वको ब्यापारिक केन्द्र न्यूयोर्कस्थित वाल स्ट्रीटको नजिक बलिङ ग्रिन पार्कमा नेपाली झण्डा फहराइएको हो । न्यूयोर्क सहरका मेयर एरिक आडम्सले नेपाल तथा, नेपाली समुदायको सम्मानमा नेपालको चन्द्र र सुर्य अंकित झण्डा फहराएका हुन् । कार्यक्रम न्यूयोर्क सहरका मेयरको कार्यालय, बलिंग ग्रिन...
सरकार र शिक्षकबीच सात बुँदे सहमति, आन्दोलन फिर्ता (सहमति बुँदासहित)
सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । शिक्षकहरूले उठाएका मागहरूलाई संसदबाटै पूरा गर्ने गरी सहमति भएपछि शिक्षकहरुले आन्दोलन पनि फिर्ता लिने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सहमतिमा राहत शिक्षकहरूले भने असहमति जनाएका छन् । राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले यो सहमति केही महासंघका प्रतिनिधि र सरकारबीच भएको तर...
शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन
काठमाडौं- सरकार र आन्दोलनरत शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन भएको छ। बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय भएको सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन भएको हो। नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार शुक्रबार बिहान ९ बजे औपचारिक रूपमा छलफल गर्ने सहमतिमा आजको बैठक सकिएको हो। वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा प्रकाशशरण...
कोइराला परिवार
शेखर, सुजाता र शशांकले भने- ‘१४ मा छुट्टिँदा दुःख पाइयो, १५ औं महाधिवेशनमा एक हुन्छौं’ [भिडियोसहित]
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा परिवारका अन्य सदस्यहरूले सहयोग गरेको भए अहिलेको परिणाम नआउने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित बीपी साहित्य महोत्सवको तेश्रो दिनको कार्यक्रममा ‘परिवारले बुझेको बीपी’ विषयक अन्तरसंवादमा कोइरालाले यस्तो बताएका हुन् । ०७८ को १४ औं महाधिवेशनमा शेखर, सुजाता र शशांक एकजुट भएका थिएनन्। शेखर सभापति पदमा...