अर्थतन्त्र

अवकाशपछि सुन्तला खेती : बर्सेनि पाँच लाख कमाई
धेरै जागिरेहरू अवकाशपछि आरामको जिन्दगी चाहन्छन्, तर बाग्लुङका एक शिक्षक ३७ वर्षको शिक्षण पेसामा बिताउँदासमेत उनि थाकेका छैनन । एकहत्तर वर्षको उमेरमा उत्तिकै जोश जाँगरका साथ उनि सुन्तलाखेतीमा रमाउँदै छन ।शिक्षक पेसाबाट अवकाश भएका बागलुङ नगरपालिका–८ सिगानाका किसान अनन्तबहादुर खड्काले अवकाशपछिको समय सुन्तला खेतीमा लगाएको १० वर्ष भयो । उनि सुन्तलाखेतीबाटै वार्षिक पाँच लाख आम्दानी...
सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नदिने काठमाडौँ महानगरपालिकालको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको सयुक्त इजलासले काठमाडौँ महानगरको सुर्तीजन्य पदार्थमा बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । आदेशमा अन्तिम टुङ्गो नलागेसम्म निर्णय कार्यान्वयन नगर्नरनगराउन भनिएको छ ।...
सुन्तला बेचेर लाखौँको कमाई
धनकुटा नगरपालिका–३ माथिल्लो सिप्तेन गाउँका किसानले व्यवसायी सुन्तला खेतीबाट लाखौँ कमाउने गरेका छन् । नगरको सुन्तला पकेट क्षेत्रका रुपमा रहेको यस गाउँका किसानले सुन्तला बेचेर वार्षिक ४० लाख बढीको सुन्तला बेच्ने गरेका छन् । अहिले नगरको सबैभन्दा बढी सुन्तला उत्पादन हुने माथिल्लो र तल्लो सिप्तेन गाउँमा लटरम्म पाकेको सुन्तलाले तिहारमा फुलेको सयपत्री फूल झै रङ्गिचङ्गी...
सहरमा माग बढेपछि गाउँमा फस्टाउँदै कोदो खेती
म्याग्दीको मालिका गाउँपालिका–२ रुमकी तिला बिकले यस वर्ष सात मुरी कोदो घरमा भित्र्याए । विगतका वर्षहरुमा खेती गर्ने जाँगर नहुँदा भएको बारी पनि बाँझै छोड्ने गरेकी बिकले यस वर्ष भने आफ्ने करिब पाँच रोपनी बारीमा कोदो रोपेकी थिइन । गत वर्ष तीन मुरी कोदो भित्र्याएकी बिक यस वर्ष सात मुरी कोदो घरमा भित्र्याउन पाउँदा दङ्ग...
विदेशबाट फर्केर सामूहिक माछापालन
वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३ का तीन जना युवाले सामूहिक माछापालन गरेका छन् । स्थानीय पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र रोकाले मालिका–३ मा पर्ने टिमुरे खोलामा सामूहिक माछापालन थालेका हुन् । सामूहिक माछापालन पश्चिम म्याग्दीका लागि उदाहरणीय व्यवसाय बनेको छ । पूर्ण कतारमा छ र यामेन्द्र तीन वर्ष...
समाचार प्रभाव : देवघाटका सुन्तला किसानलाई काठमाडौँ महानगरको सहयोग
तनहुँको देवघाट गाउँपालिका–१, २, ३ र ४ मा उत्पादित सुन्तलाको प्रभाव काठमाडौँ महानगरपालिका सम्म परेको छ । आइतबार ‘गाउँमा करोडौँको सुन्तला, बजार पुर्‍याउन गाह्रो’ शीर्षकमा राससमा समाचार प्रकाशित भएपछि कामपाले देवघाटका किसानलाई बजार र अनुदानको व्यवस्था गर्ने विषयमा छलफल सुरु गरेको हो । काठमाडौँलाई मुख्य बजार बनाएर देवघाटमा उत्पादित सुन्तला बिक्री वितरणका लागि बजार व्यवस्थापन,...
बागलुङका गाउँ–गाउँमा किबी खेतीको लहर
बागलुङमा थोरै लगानीमा राम्रो आम्दानी गर्ने उत्कृष्ट फलफूल खेतीको रुपमा किबीलाई लिन थालिएको छ । पछिल्लो समय शिक्षा, रोजगारलगायत कारणले बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएपछि बाँझो खेतीयोग्य जग्गाको सदुपयोग गर्दै गाउँगाउँमा किबी खेतीको लहर चलेको हो । गाउँमा उत्पादन भएको किबी अहिले बागलुङ बजारमा देख्न सकिन्छ । केही वर्ष पहिलासम्म आयात गरिएको किबी बिक्री गर्दै...
आलु, प्याज र स्याउमा भ्याट नलाग्ने
आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज, स्याउ लगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ । विगतमा भ्याट छुट दिइँदै आएका केही वस्तुमा चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले छुट सुविधा कटौती गरेको थियो । सरकारले आयातित आलु, प्याजमा मात्रै भ्याट छुट खारेज गरेको बताए पनि आन्तरिक उत्पादनमा समेत भ्याट लाग्न थालेको...
जर्मनी सरकारबाट पाँच अर्ब अनुदान प्राप्त हुँदै
जर्मनी सरकारले करिब पाँच अर्ब नौ करोड अनुदान सहायता प्रदान गर्ने भएको छ । सहायता सम्झौतामा हस्ताक्षर गर्न सरकारले अर्थ मन्त्रालयलाई अख्तियारी दिएको छ । मन्त्रिपरिषद्को बिहीबारको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो जानकारी दिएकी हुन । बैठकले विश्व बैंकबाट प्राप्त हुने करिब १३ अर्ब ऋणसम्बन्धी सम्झौताको दस्तावेजलाई...
नारायणी नदीमा क्रुजसिप : साथमा रेष्टुरेन्टको मज्जा पनि
गत असारबाट नारायणी नदी किनारमा बन्द अवस्थामा रहेको नेपालकै पहिलो क्रुजसिप पुनः सञ्चालनमा आएको छ । मनसुन भित्रिएसँग नारायणी नदीमा आएको बाढीका कारण बन्द भएको क्रुजसिप अब नियमित सञ्चालनमा ल्याइएने राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले जनाएको छ । प्रालिका कार्यकारी निर्देशक दीपक ढुङ्गेलका अनुसार क्रुजसिप नियमित सञ्चालनमा आएसँगै दैनिक तीन ‘सिफ्ट’मा यात्रुलाई सेवा प्रदान गरिएको छ...
उद्यमशिलता
विदेशको जागिर छाडेर बाख्रा र माहुरीपालन : मनग्य आम्दानी
नेपालमा धेरै युवा सम्भावना नभएर परदेश गएका सन्दर्भमा यहाँका ३६ वर्षीय युवा विदेशको राम्रो जागिर छाडेर नेपालमै पशु तथा मौरीपालनमा लागेका छन । बाग्लुङको बडिगाड गाउँपालिका–१ दगा निवासी मतिलाल वनले सात वर्षअघि १० लाख लागतमा बाख्रापालन थालेका थिए । उनले पढेलेखेका युवा जागिर खाने र विदेशमा रोजगारीका लागि पुग्ने परम्परालाई चिर्दै वन गाउँमै उद्यम गर्ने...
प्रहरीद्वारा ३३ बोरा चिनी बरामद
इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले राजस्व छली ल्याइएको ३३ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित बिपी राजमार्ग अन्तर्गत प्रहरी चेक पोष्टमा बिहान सवारी जाँचका क्रममा बा प्र ०३–००१ ख १९६६ नं को यात्रुबहाक बसमा राजस्व छली ल्याइएको ५० किलोका ३३ बोरा, ९१६५० किलो चिनी बरामद गरिएको प्रहरीले जनाएको छ ।...