पोखरा, ५ चैत । दुग्ध विकास संस्थानले पोखरामा पनि दुग्धजन्य पदार्थको विक्री शुरु गरेको छ । संस्थानले पोखराको सृजनाचोकमा विक्री केन्द्र स्थापना गरी बिहीबारदेखि दुग्धजन्य पदार्थको विक्री शुरु गरेको हो । पोखरामा नियमित रुपमा दुग्धजन्य पदार्थ उपलब्ध गराएर सहज रुपमा उपभोक्ता माझ पु¥याउने संस्थानले जनाएको छ । विक्री केन्द्रमा दही, ध्यू, पनिर, बटर, चिज, फ्रेस...