अर्थतन्त्र

शेयरमा कसले कमाए, कसले गुमाए ?
काठमाडौँ, ३१ असार (रासस) । शेयर कारोवारको अन्तिम दिन आज नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि हुँदा बजार पूँजीकरण रु ४० खर्ब १० अर्ब ९५ करोड ७८ लाख १० हजार बराबर पुगेको छ । विगत केही दिनदेखि झिनो अङ्कले मात्रै उकालो लागेको नेप्से बिहिबार भने ११.३३ अङ्कले वृद्धि भई दुई हजार ८८३.२८ मा पुगेको हो ।...
अवरोध र बहिष्कारका बीच बजेट पारित
गण्डकी, ३० असार (रासस) । गण्डकी प्रदेशको बजेट प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोध र बहिष्कारका बीच पारित भएको छ । एमालेले प्रदेशसभाको बैठक लगातार अवरोध गरेपछि मार्सल लगाएर आज बजेट पारित गरिएको हो । बैठक शुरु हुनासाथ नेकपा एमालेका प्रदेशसभा सदस्यले बेल घेराउ गरेपछि मार्सल लगाइएको थियो । केही समय मर्यादापालक र प्रतिपक्षका सदस्यबीच...
पोखरा क्षेत्रमा निशान म्यागनाइटप्रति ग्राहकको आकर्षण, एकैदिन १५ वटा हस्तान्तरण
पोखरा, २७ असार । बहुप्रतिक्षित नयाँ निशान म्यागनाइटप्रति पोखरामा ग्राहकको आकर्षण बढेको छ । निशानका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता इलाइट मोटर्स प्रा.लि. उत्तमचोकले आइतबार एकै दिन निसान म्याग्नाइटको ग्राण्ड डेलिभरी  गरेको छ । केही दिनदेखि बुकिङ भएका १५ वटा निशान म्याग्नाइट एकैदिन ग्राहकलाई हस्तान्तरण गरिएको निर्देशक शिव बरालले जानकारी दिनुभयो । बिग, बोल्ड, ब्युटिफुल...
सात कम्पनीले हकप्रद शेयर बिक्रीका लागि अनुमति पाए
काठमाडौँ, २६ असार (रासस) । नेपाल धितोपत्र बोर्ड (सेवोन)ले चालु आर्थिक वर्षमा कूल रु १४ अर्ब चार करोड ९७ लाख सात हजार २५ बराबरको हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डको विवरण अनुसार चालु आवमा विभिन्न सात कम्पनीले हकप्रद शेयर बिक्रीका लागि अनुमति पाएका छन् । त्यसमा सबैभन्दा ठूलो परिमाणको हकप्रद शेयर भने...
विदेशमा भन्दा स्वदेशमा धेरै कमाउँदै ज्ञानेन्द्र
पन्ध्र वर्षभन्दा बढी समय रोजगारीका लागि विभिन्न देशमा बिताउनु भएका ज्ञानेन्द्र चापागाई क्षेत्री अहिले भरतपुरमा आफ्नै व्यवसायमा रमाउनुभएको छ । भरतपुरमा कार सजावट र किनबेचको व्यवसाय गर्नुभएका उहाँ विदेशको भन्दा यहाँको कमाइमा सन्तुष्ट हुनुहुन्छ । भरतपुर महानगरपालिका वडा नं. १० रिजाल चोकमा उहाँको कान्तिपुर कार डेकोर एण्ड ज्याकवास सेन्टर वीथ रिकण्डिसन रहेको छ । हरेक...
कर्मशीलद्वारा आर्थिक सहयोग
पोखरा, २६ असार । कर्मशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आफ्नो दशौं स्थापना दिवसका अवसरमा मणिपाल शिक्षण अस्पतालस्थित एमविविएस अध्ययनरत विद्यार्थीहरूद्वारा सञ्चालित “गरिब, असहाय विरामी कोष” लाई आर्थिक सहयोग गरेको छ । संस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको लेखा समिति संयोजक प्रा.देवीलाल शर्मा तिमल्सेनाले जानकारी दिनुभयो । संस्थाका सञ्चालक सदस्य गोविन्दप्रसाद गौतमको संयोजनमा...
नेप्सेमा ओरालो, होटल तथा पर्यटन उपसमूहमा उत्साह
काठमाडौँ, २० असार (रासस) । कोरोना कहरका कारण होटल तथा पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । यसको पुनःउत्थान हुन अझै केही वर्ष लाग्ने सम्वद्ध पक्षले बताइरहेका छन् । तर, धितोपत्र बजारमा आज भएको शेयर कारोवारले भने यो यर्थाथलाई स्वीकार गरेको छैन । साताको पहिलो दिन आइतबार भएको शेयर कारोवारमा होटल तथा पर्यटन उपसमूहको...
नेप्से उच्च अङ्कले घटदा लगानीकर्ताले ९८ अर्ब गुमाए
काठमाडौँ, ७ असार (रासस) । नेप्सेमा उच्च अङ्कको गिरावट आउँदा शेयर बजारका लगानीकर्ताले आज मात्रै झण्डै रु एक खर्ब बराबरको सम्पत्ति गुमाएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७१.०६ बिन्दुले घटेर दुई हजार ८३४.४० मा झरेको छ । आइतबार रु ४० खर्ब ३६ अर्ब ३९ करोड बराबर रहेको कूल बजार पूँजीकरण...
अब सिधै किसान र उपभोक्तालाई जोड्न अर्बन बजार
पोखरा, ७ असार । किसान र उपभोक्तालाई सिधै जोड्ने उद्देश्यले स्थापित अर्बन बजार यही असार १२ गतेदेखि सञ्चालनमा आउने भएको छ । पोखराका ४ जना युवा व्यवसायद्वारा सञ्चालित यस कम्पनीमा हालसम्म एक करोड लगानी भइसकेको कम्पनीका अध्यक्ष तिलक लामिछानेले जानकारी दिनुभयो । कृषकहरुले उत्पादन गरेका तरकारीजन्य, दुग्धजन्य, फलपूmलजन्य, स्थानीय उत्पादन र मासुजन्य उत्पादनलाई सिघै उपभोक्तासम्म...
कोभिड–१९ प्रभावित करदातालाई विशेष छुट
काठमाडौँ, ३ असार (रासस) । काठमाडौँ महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने भएको छ । आव २०७८÷७९को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा कोभिड–१९ महामारीबाट प्रभावित करदातालाई विशेष कर छुटको व्यवस्था गर्ने जनाइएको हो । “यसका लागि बहालमा बस्ने व्यक्तिको लगत र सम्झौता वडा कार्यालयमा पेश गर्ने घरधनीलाई घरबहाल रकममा १० प्रतिशत...
५१ कम्पनीको शेयर जोखिममा
काठमाडौँ, १ असार (रासस) । मुलुकको धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले गत जेठ २५ गते एक सूचना मार्फत लहैलहैमा लागेर शेयर बजारमा लगानी नगर्न आग्रह गरेको थियो । सो आग्रहसँगै गलत मनसाय राखेर कारोवार भइरहेका केही कम्पनीको बारेमा अध्ययन पनि भइरहेको जनाएको थियो । बोर्डको सोही अध्ययन अनुसार कूल ५१ कम्पनीको धितोपत्र कारोवारमा...