कर्पोरेट

नेप्से परिसूचक १८ दशमलव ७६ अङ्कले घट्यो
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा १८ दशमलव ७६ अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक शून्य दशमलव ८९ प्रतिशतले घटेर दुई हजार ७६ दशमलव ४९ को बिन्दुमा कायम भएको हो । परिसूचक सँगै कारोबार रकम पनि खुम्चिएको छ । मंगलबार तीन सय १८ कम्पनीका ९५ लाख ४४ हजार सात सय ३४ कित्ता शेयर ५८ हजार...
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । बुधवार नेप्से परिसूचक १० दशमलव ७१ अङ्कले घटेर दुई हजार २५ दशमलव ३० को बिन्दुमा कायम भएको हो । बुधवार तीन सय आठ कम्पनीको ८६ लाख ९६ हजार नौ सय १८ कित्ता शेयर ६१ हजार चार सय २० पटक खरिदबिक्री हुँदा तीन अर्ब ४८...
सुनकोशी मरिण डाइभर्सन : १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी
तराई मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ शुरु गरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण प्रक्रियामा उल्लेख्य प्रगति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले नियमितरुपमा चासो दिएपछि आयोजनामा उल्लेख्य प्रगति देखिएको छ । कुनै भौगोलिक जटिलता उत्पन्न नभएको खण्डमा आगामी डेढ महिनाभित्र सुरुङ निर्माण सम्पन्न हुने सम्वद्ध आयोजनाले जनाएको छ । सुनकोशी...
चिनियाँ व्यवसायीद्वारा एक लाख किलो चिया अर्डर
अनुगमन तथा भ्रमणका लागि नेपाल आएका चिनियाँ चिया व्यवसायीले इलामका विभिन्न चिया उद्योगमा एक लाख किलोग्रामभन्दा बढी चिया अर्डर गरेका छन् । चिया बगान र उद्योगको भ्रमणपछि उनीहरुले सोही रकम बराबरको चिया अर्डर गरेका हुन् । इलाम नगरपालिका र इलाम उद्योग वाणिज्य सङ्घसँगको पहलमा केही दिनअघि चिनियाँ चिया व्यवसायी नेपाल आएका थिए । उनीहरुलाई नेपाल...
सन्तुलित बजेट ल्याउछौँ : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले सन्तुलित ढङ्गले आगामी आर्थिक वर्षको बजेट ल्याइने बताएका छन । प्रतिनिधिसभाअन्तर्गत अर्थसमितिको सिंहदरबारमा बसेको बैठकमा अर्थमन्त्री पुनले स्रोतसाधन र सीमामा रहेर बजेटमा सन्तुलन कायम गरिने विश्वास व्यक्त गरेका हुन । “निर्वाचन क्षेत्र र प्रादेशिक सन्तुलन बजेटमा हुनुपर्छ भन्ने विषय संसद्मा पनि उठेको छ । यो विषयम समितिमा पनि आएको छ”, अर्थमन्त्री पुनले...
प्रहरीका पेट्रोलपम्प २४ सै घण्टा सञ्चालन हुने
नेपाल प्रहरीद्वारा सञ्चालित पेट्रोल पम्पहरु अब २४ सै घण्टा सञ्चालन हुने भएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित नेपाल प्रहरीको केन्द्रीय कार्यालय नक्साल, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक र कास्कीको पोखरामा सञ्चालित पेट्रोलपम्प अबदेखि २४ सै घण्टा सञ्चालन हुने भएका हुन् । उपप्रधानमन्त्री लामिछानेले पेट्रोलपम्प...
डिजेल, पेट्रोलको मूल्य घट्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर एक र डिजेल÷मट्टिेलको मूल्यमा प्रतिलिटर दुई रुपैंया घटाएको छ । निगमले पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ७० र तेस्रो वर्गका लागि एक...
विश्व बैङ्कले २६ अर्ब ५१ करोड ऋण प्रदान गर्ने
विश्व बैङ्कले दुई परियोजनाका लागि दुई सय मिलियन अमेरिकी डलर (२६ अर्ब ५१ करोड) बराबरको ऋण सहयोग गर्ने भएको छ । विश्व बैङ्कको कार्यकारिणी समितिको आजको बैठकले यस्तो निर्णय गरेको हो । यस्तो सहयोगबाट नेपालको प्रादेशिक र स्थानीय सडक सञ्जाल विस्तार एवं मर्मत–सम्भारमा सहयोग पुग्ने बैङ्कले जनाएको छ । “विश्व बैङ्क नेपालको समावेशी विकासमा सहयोग...
छ महिनाभित्र ३४ वटा विमानस्थलमा निःशुल्क इन्टरनेट
नेपाल टेलिकमले छ महिनाभित्र ३४ वटा विमानस्थलमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच सेवा सञ्चालनका लागि सम्झौता भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिएका छन । निरौलाले भने, “टेलिकम र नागरिक उड्डयन प्राधिकरणबीच ३४ विमानस्थलमा निःशुल्क वाइफाइ...
नेपाल टेलिकमद्वारा निः शुल्क इन्टरनेट सेवा
नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सहमति भएको टेलिकमले विज्ञप्ति मार्फत जनाएको छ । सहमतिपत्रमा टेलिकमका तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र प्राधिकरणका तर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले हस्ताक्षर गरेका छन । सहमतिअनुसार टेलिकमले त्रिभुवन अन्तर्राष्ट्रिय...
एमसीसी कार्यान्वयनको छ महिना : जग्गा प्राप्ति सुस्त, ठेक्का प्रक्रिया अनिश्चित
मिलेनियम च्यालेञ्ज कर्पोरेसनअन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसीसी कम्प्याक्ट) लागू भएको करिब छ महिना पुग्न लाग्यो । एमसीसी कम्प्याक्ट गत भदौ १३ गतेदेखि पूर्णरुपमा लागू हुने (इन्ट्री इन टू फोर्स–इआइएफ) चरणमा गइसकेको छ । परियोजना निर्माण सम्पन्न गरिसक्नुपर्ने पाँच वर्षको अवधि गणना सुरु भएको छ महिना बितिसक्दा पनि प्रारम्भिक चरणका कामसमेत टुङ्गिएका छैनन् । मिलेनियम च्यालेन्ज...
बेलायतद्वारा दुई परियोजना कार्यान्वयन गर्न ११ अर्ब ७० करोड अनुदान
संयुक्त अधिराज्यले व्यवसायमा नेपाल (नेपाल इन् बिजनेस–एनआइबी) र हरित विकास कार्यक्रम (ग्रीन ग्रोथ प्रोग्राम–जिजिपी) परियोजना कार्यान्वयन गर्न सात करोड स्टर्लिङ पाउण्ड (करिब ११ अर्ब ७० करोड) अनुदान उपलब्ध गारउने भएको छ । आगामी सात वर्षसम्म दुवै परियोजना सञ्चालन हुनेछन् । अनुदान सोही अवधिका निम्ति प्रदान गरिएको हो । नेपालको भ्रमणमा रहनुभएका अफ्रिकाका निम्ति बेलायतका विकास...