रञ्जन अधिकारी

रञ्जन अधिकारी

रञ्जन अधिकारीका अन्य लेखहरू

साथीहरूले साथ दिए संसदीय दलको नेता परिवर्तनको प्रयास गर्छु : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बहुमत पुग्ने अवस्था आए संसदीय दलको नेता बदल्ने प्रयासमा लाग्ने बताएका छन् । विराटनगरमा पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले यसअघि नै दलको नेतामा प्रतिस्पर्धा गरेको व्यक्तिले संख्या पुगेको दिन पुन: प्रयास गर्नु स्वभाविकै भएको बताएका हुन् । ‘म त दलको नेतामा लडेको मान्छे हुँ । हुनुपर्छ भनेरै प्रयास गरेको हो...
सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित ६ जनाको मृत्यु
सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर मंगलबार बिहान सम्पर्कविहीन भयो। सोलुको सुर्के हेलिप्याडबाट उडेको ९ एन-एएमभी कलसाइन रहेको हेलिकप्टर सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर २ र लिखुपिके गाउँपालिका-५ को सीमा लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो। हेलिकप्टर पाइलट चेतबहादुर (सीबी) गुरूङले उडाएका थिए। उनीसँगै हेलिकप्टरमा सवार मेक्सिकोका नागरिकहरू फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो...
प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले राजीनामा माग्नु दुवै गलत : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गलत भएको बताएका छन्। आइतवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले संसद, सांसदहरु र नागरिकको आत्मसम्मानमा असर पु¥याउने गरी बोल्न नमिल्ने प्रष्ट पारे। स्थिर सरकारको परिकल्पना गरेर प्रतिपक्षले पनि पाँच-पाँच महिनामा राजीनामा माग्नु गलत भएको उनको भनाइ छ। ‘पाँच वर्षसम्म...
दसैं तिहारका अवसरमा भर्जिनियाको मनाससमा ‘डिटी फेस्ट २०२३’ हुने
अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस क्षेत्रमा दसैं तिहार उत्सव (फेस्ट) २०२३ हुने भएको छ । उक्त उत्सवका बजार व्यवस्था निर्देशक सुरेश सापकोटाले एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएका हुन् । विज्ञप्तिमा यस वर्ष मनाइने उत्सवलाई डिटी फेस्ट २०२३ नाम दिइएको छ । ‘हामी नेपाली संस्कृति, कला, संगीत, खाना र खानाको उत्सव डिटी...
‘बालुवाटार बैठकले सबै ठीकठाक छ भनेर हुँदैन, हामीलाई छट्पटाहट छ’ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको कामप्रति सन्तुष्ट हुन नसकेको बताएका छन् । यद्यपि, सरकारले अघि सारेको भ्रष्टाचारको अभियानमा साथ रहेको उनको भनाइ छ । ‘दृश्यमा खप्तड’ सार्वजनिक समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले जनतालाई सन्तुष्ट हुने काम गर्न सरकारलाई आग्रह गरे । उनको भनाइ जस्ताको तस्तै अहिले...
प्रधानमन्त्रीको अभिव्यक्तिले संसदको गरिमामा ठेस पुर्‍याएको छ : डा.शेखर कोइराला
विराटनगर : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले संसदको गरिमामा ठेस पुगेको बताएका छन्। शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता कोइरालाले प्रधानमन्त्रीको अभिव्यक्ति गलत भएको बताए। उनले भने,’ कुन परिप्रेक्षमा बोल्नुभयो मैले त्यो जान्दिन। तर यसले अत्यन्त गलत भाष्य भएको छ। यसले संसदको गरिमालाई ठेस पुर्‍याएको छ। नेपाली जनतालाई पनि...
राष्ट्रपतिको उपचार खर्च तिर्न पोखरामा चन्दा संकलन
पाेखरा । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्चको रकम निकासा गरिदिन परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई लेखेको पत्र बाहिरिएपछि यो विषय अहिले चर्चामा छ । राष्ट्रपतिले सस्तो लोकप्रियताको लागि उपचार खर्च आफैँ व्यहोर्न चाहेको भनी सचिवालयबाट प्रचारबाजी गरेर अहिले पैसा मागेको भन्दै उनको आलोचना भइरहेको छ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु र युवा संघले...
पोखराबाट लेखनाथ टुक्रयाउन हस्ताक्षर अभियान
पोखरा। लेखनाथ नगरपालिका पुनर्स्थापना माग गर्दै लेखनाथवासीले हस्ताक्षर अभियान सुरु गरेका छन् । लेखनाथ उद्योग वाणिज्य संघको स्थापना दिवस अवसरमा आयोजित समारोहबीच सो हस्ताक्षर अभियान सुरु भएको हो । पोखरा महानगरपालिकाबाट छुट्टाएर साविकको लेखनाथ नगरपालिका पुनर्स्थापनाको माग गर्दै आफूहरुले अभियान सुरु गरेको एक अभियन्ता पत्रकार सन्दीप पौडेलले बताए । विकास निर्माण तथा बजेटमा पोखरा महानगरपालिकाले...
गण्डकी संसदको नयाँ लोगो
पोखरा । गण्डकी प्रदेश सभाको प्रतीक चिन्ह (लोगो) परिवर्तन हुने भएको छ । प्रदेश सभा नियमावली मस्यौदा समितिले पुरानो लोगोमा व्यापक परिवर्तन प्रस्ताव गरेको हो । हाल सांसदले लगाइरहेको लोगोमा हरियो रङको प्रयोग धेरै गरिएको छ । प्रस्तावित नयाँ लोगोमा पहेंलो रङ प्रयोग भएको छ । गैंडा, मृग देखाएर हालको लोगोमा नवलपुरसँग जोडिएको चितवन राष्ट्रिय...
गण्डकीमा लाइसेन्सको राजस्व अब अनलाइनबाटै
पोखरा । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को राजस्व अनलाइनबाटै तिर्न सकिने भएको छ । संघीय यातायात मन्त्री प्रकाश ज्वाला र गण्डकी प्रदेशका भौतिक तथा यातायात मन्त्री रेशमबहादुर जुग्जाली मगरले बुधबार भर्चुअल माध्यमबाट गण्डकीमा अनलाइनबाटै राजस्व तिर्न मिल्ने व्यवस्थाको सुरुवात गरेका हुन् । सात प्रदेशमध्ये गण्डकी प्रदेशबाट यो अभियान सुरु भएको हो । संघीय यातायात मन्त्री...
माछापुच्छ्रे ८ का वडाध्यक्ष गुरुङ प्रहरी नियन्त्रणमा
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष रामबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपभोक्ता समितिका अध्यक्षलाई कुटेको आरोप लागेका उनी विरुद्ध इलाका प्रहरी कार्यालय बगरमा मंगलबार जाहेरी दर्ता भएपछि गुरुङलाई बुधबार साँझ नियन्त्रणमा लिएको प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए । गुरुङ आफैं प्रहरी कार्यालयमा पुगी आत्मसर्मपण गरेको डिएसपी विकले बताए...
कक्षा ९ मा पढ्ने छात्रालाई गणित शिक्षकको म्यासेज– पिल्स खायौ त ?
ललितपुरको शंखमुलस्थित लिटिल फ्लावर पब्लिक स्कुलमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । ललितपुर प्रहरीले बागलुङ स्थायी घर भई कुपन्डोल बस्दै आएका २३ वर्षीय अशोक परियारलाई पक्राउ गरेको हो । उनी गणित शिक्षक हुन्। परियार एक वर्षअघि मात्रै विद्यालयमा गणित शिक्षक नियुक्त भएका थिए । कक्षा ९ मा पढ्ने १५ वर्षीया...