न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

चिसोले पहिराबाट बिस्थापितको बिचल्ली
गमगढी (मुगु), १७ मङ्सिर (रासस) : चिसो बढ्दै गएपछि मुगुको छायाँनाथ रारा नगरपालिका–११ का पहिरोपीडितको बिचल्ली भएको छ । गत असोज तेस्रो साता यहाँ पहिरोले घर पुरिँदा स्थानीयको बिचल्ली भएको थियो । पीडित परिवार हाल त्रिपाल हालेर बस्दै आएका छन् । बाढीपहिरोबाट बिस्थापित छायाँनाथ रारा नगरपालिकाका चार गाउँका बासिन्दा गाउँ नजिकैको जङ्गलमा त्रिपाल हालेर बसेका...
किन घटेन पेट्रोलियम पदार्थको मूल्य ?
काठमाडौँ, १७ मङ्सिर (रासस) :भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम हाल रु २७ अर्ब घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो । निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि नोक्सानीमा सञ्चालन हुँदै आएको उल्लेख गरेको...
जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचको मृत्यु, नौ घाइते
धनुषा, १७ मङ्सिर (रासस) :धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किंदै...
नवलपरासी जिप दुर्घटना अपडेट : मृतक चारै जनाको सनाखत
मध्यविन्दु, १६ मङ्सिर (रासस):नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४–००१ज–०००६ नंको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ दुर्घटना हँुदा उनीहरुको मृत्यु भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा बुलिङटार गाउँपालिका–६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार–५ राइकोटकी ६७ वर्षीया...
कास्की काँग्रेसले अन्तरघातमा संलग्नलाई कारवाहीका लागि सिफारिस गर्ने
पोखरा, १५ मंसिर । नेपाली काँग्रेस कास्कीले पार्टी भित्र अन्तरघात गर्नेलाई कारवाहीको लागि सिफारिस गर्ने भएको छ । नेपाली काँग्रेस कास्कीको विहीबार बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकमा पदाधिकारी एवं सदस्यहरुले पार्टी भित्र अन्तरघात बढेकोप्रति चिन्ता व्यक्त गर्दै चर्को आवाज उठाएका थिए । बैठकले अन्तरघातका सम्बन्धमा प्राप्त प्रमाणका आधारमा पार्टी केन्द्रीय कार्यसमिति समक्ष...
विश्वकप फुटबल प्रतियोगिता : फ्रान्स र अष्ट्रेलिया नकआउट चरणमा
काठमाडौँ, १५ मङ्सिर (रासस) : कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । यस्तै सोही समूहबाट अष्ट्रेलिया समूहको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । कतारको एजुकेसन सिटी रङ्गशालामा गए राति भएको समूह ‘डी’को अन्तिम तथा निर्णायक खेलमा ट्युनिसियासँग १–०...
बेपत्ता राउतको हत्या
सप्तरी, १४ मङ्सिर (रासस):सोमबार राति बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ । उहाँको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा मङ्गलबार फेला परेको हो । हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताउनुभयो । बेपत्ता भएपछि राउतको...
समानुपातिकतर्फ कुन दललाई कति मत ?
काठमाडौँ, १३ मङ्सिर (रासस) :प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल ९६ लाख दुई हजार पाँच सय ७६ मतगणना भएको छ । आज बिहान १०.३० बजेसम्मको गणन अनुसार नेकपा(एमाले)ले २५ लाख ९३ हजार चार सय ६६ मत प्राप्त गरेको छ । यस्तै, नेपाली...
आधुनिकताले छोएन पशुपालक किसानलाई
 डम्मर बुढामगर ढोरपाटन, १३ मङ्सिर (रासस): पश्चिम बागलुङको निसीखोला गाउँपालिका–५ र ६ का स्थानीयको मुख्य पेसा नै पशुपालन हो । पर्याप्त चरन क्षेत्र भएको हुँदा यहाँका स्थानीयवासीले वर्षौँदेखि परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन् । उनीहरुले अन्य पेसालाई प्राथमिकता दिँदैनन् । यस क्षेत्रमा पशुचौपाया नपालेको कोही हुँदैन । एक परिवारले चारवटादेखि एक हजार पाँच सयसम्म...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार
– सिबी अधिकारी काठमाडौँ, १२ मङ्सिर (रासस) :राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ । पोखरा विमानस्थल सञ्चालनयोग्य भएसँगै मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या तीन पुगेको छ । विमानस्थलमा एकसाता लामो यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सफलतापूर्वक सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) का प्रवक्ता...
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
पोखरा, ११ मंसिर । पोखरा महानगरपालिका वडा नं २५, हेमजा निवासी नारायणी त्रिपाठीले अन्तर्राष्ट्रियस्तरको युथ ट्रेलब्लेजरअवार्डबाट सम्मानित हुनुभएको छ । एक परिवार नियोजन र यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँलाई सो अवार्डबाट सम्मान गरिएको हो । कात्तिक २५ देखि मंसिर १ गतेसम्म थाइल्याण्डको पटाया शहरमा आयोजित सम्मेलनमा त्रिपाठीलाई सम्मान गरिएको थियो...
स्रोत नखुलेको रु १३ लाख ८९ हजार नगदसहित भारतीय नागरिक पक्राउ
काठमाडौँ, १० मङ्सिर (रासस) :नेपाल प्रहरीले स्रोत नखुलेको रु १३ लाख ८९ हजार नगदसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा खटिएको प्रहरीको टोलीले आज बुध्द एयरको विमानबाट काठमाडौँदेखि विराटनगर जान लागेका भारतीय नागरिक अकवाल अलीलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो । पक्राउ परेका अलीसँग रु एक हजार दरका चार...