न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

राधाकृष्ण बृद्धाश्रममा सहयोग
पोखरा, ११ पुस । लायन्स क्लब अफ पोखरा लेकसाइडको आयोजना एवम् लायन्स क्लब अफ पोखरा रानीबन र लियो क्लब अफ पोखरा लेकसाइडको सहकार्यमा पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण बृद्धाश्रममा खाद्यान्न सहयोग गरिएको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै बृद्धाश्रममा ६५ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको लायन्स क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष कृष्णकुमार...
प्रधानमन्त्रीमा दाहाल नियुक्त
पोखरा, १० पुस। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । दाहाललाई एक सय ६९ सांसदको समर्थन प्राप्त भएपछि आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रधानमन्त्रीको सपथ सोमबार दिउँसो चार बजेका लागि तय भएको छ । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी,...
अबको प्रधानमन्त्री को ?
पोखरा, १० पुस । नेपालमा अबको प्रधानमन्त्री को बन्ला यतिबेला सबैको ध्यान त्यसविषयमा केन्द्रीत बनेको छ । प्रधानमन्त्री तय गर्नका लागि राजनीतिक दलहरु एकपक्षिय तथा दुई पक्षिय छलफलमा व्यस्त रहेपनि कुनै निष्कर्ष आउन सकेको छैन । सरकार गठनका लागि बहुमतसहित दावी गर्न राष्ट्रपतिले दिएको समससिमा आज पाँच बजे सकिदै छ । पाँद दलीय गठबन्धनको तर्फबाट...
गौरी गुरुङको एकल साँझ
पोखरा, १० पुस। पाँच दशक भन्दा बढी नेपाली लोक साँस्कृतिक क्षेत्रमा निरन्तर क्रियाशील ६५ वर्षीय वरिष्ठ नृत्य निर्देशक बुद्धिप्रसाद गुरुङ(गौरी)को शनिवार पोखरा सभागृहमा गौरी गुरुङ एकल साँझ भएको छ। नेपाली लोक सँस्कृति बचाऔं भन्ने मूल नाराका साथ क्रियाशील हिमाली साँस्कृतिक परिवारको रजत जयन्ती वर्षको सन्दर्भमा संस्थाका वरिष्ठ सल्लाहकार गुरुङको एकल साँझ भएको हो । आठ...
फेरि कोरोनाको जोखिम
पोखरा, ९ पुस । नेपालमा फेरि पनि कोरोना संक्रमण बढ्न सक्ने जोखिम देखिएको छ । छिमेकी मुलुकहरुमा कोरोना भाइरसको नयाँ भेरियन्ट बीएफ ७ देखिएकाले नेपाल पनि जोखिमा रहेको हो । सो भाइरस हालसम्म नेपालमा पुष्टि भएको छैन। यद्यपी खुल्ला सिमाना र मानिसको आवतजावतका कारण जोखिम देखिन्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले नेपालमा पनि फैलिने जोखिम रहेकाले...
पोखरामा एक हजार दुई सय जनालाई नेवारी भोज खुवाउने तयारी
पोखरा, ८ पुस। नेवाः खल कास्की र नेवाः मिसा पुचः कास्कीको आयोजनामा पोखरामा नेवारी भोज कार्यक्रम हुने भएको छ । झ्वः भ्वय तथा सांस्कृतिक उत्सवको तेस्रो संस्करण आयोजना हुन लागेको नेवाः मिसा पुचः कास्कीका अध्यक्ष मेनुका श्रेष्ठले जानकारी दिनुभयो । साँस्कृतिक गतिविधि मार्फत् नेवारी संस्कृतिको जगेर्नामा तल्लिन नेवाः खलले नेवारी खानाको संस्कृतिलाई बचाउनका लागि भोजको...
सडकमा गाउने २२ जना दृष्टिविहिनलाई आर्थिक सहयोग
पोखरा, ८ पुस। पोखराको विभिन्न स्थानमा गीत गाएर दैनिकी गुजारा गर्दै आएका २२ जना दृष्टिविहिनहरुलाई लामा अमृत फाउण्डेशन घान्द्रुकले आर्थिक सहयोग गरेको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङको अगुवाइ तथा लोकदोहोरी गायिका तथा डान्सर प्रीति आलेमगरको संयोजनमा संकलित रकम सहयोग गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिसमेत रहेको सहयोगीदाता तेज बहादुर गुरुङ, अभियन्ता...
नेपाल लिटरेचर फेस्टिभलको एक दशक
पोखरा,७ पुस। नेपाल लिटरेचर फेस्टिभलको दशौँ संस्करण पोखराको लेकसाइडस्थित बाराही घाटमा सुरु भएको छ। करिब दुई सय वक्ता र हजारौँ सहभागीहरूको उपस्थिति रहने यस अन्तर्राष्ट्रिय फेस्टिभलको पहिलो दिन, उद्घाटन सत्रमा काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार तथा अर्थशास्त्री डा. अच्युत वाग्लेले विद्वत्प्रवचन दिनुभयो। उहाँले ‘नेपाल २०९०’ शीर्षकमा दिएको मन्तव्यमा विशेषगरी नेपालले अपनाउनुपर्ने विकासको शैली र यहाँका सम्भावना एवम्...
जनप्रिय बहुमुखी क्याम्पसमा पदस्थापना
पोखरा, ७ पुस । पोखराको जनप्रिय बहुमुखी क्याम्पसको नवौं अधिवेशनबाट निर्वाचित कार्यसमितिको बिहिबार पदस्थापना गरिएको छ । क्याम्पस सञ्चालक समितिको अध्यक्षमा निर्वाचित वीरेन्द्रनारायण बिजुक्छे सहित ११ जना सदस्यहरूमा अर्जुन श्रेष्ठ, रंगिला आचार्य, ध्रुवराज चालिसे, युवराज पराजुली, गणेशबहादुर अधिकारी, इन्द्रप्रसाद पौडेल, शोभामोहन पौडेल, नम्रता बराल, राजेन्द्र पहारी, विजयराज आचार्य र कृष्णप्रसाद पराजुलीको पदस्थापन गरिएको हो ।...
पोखरा महोत्सवको तयारी तीव्र
पोखरा ६ पुस ।  ११ औं पोखरा महोत्सवको तयारी तीव्र पारिएको छ । क्लबले बुधबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी तीव्र पारिएको जनाएको हो । महोत्सव आगामी पुषको २७ देखि माघ ९ गतेसम्म पोखराको अमरसिंहचौरमा हुँदैछ । क्लबले महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणको क्षेत्रमा कार्य गर्दै आइरहेको छ...
प्राधिकरणले बेच्यो ११ अर्ब १६ करोडको विजुली
काठमाडौँ, ५ पुस (रासस) :नेपाल विद्युत् प्राधिकरणले एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले गत जेठ १९ देखि यही पुस ३ सम्म बिजुली निर्यात गरी रु ११ अर्ब १६ करोड ३० लाख आम्दानी गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बढी भएको बिजुली भारतलाई बिक्री गरेको...
काँक्रो खेतीबाट मनग्य आम्दानी लिँदै हुप्सेकोटका किसान
मध्यविन्दु, ५ पुस (रासस):नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीका किसान अहिले काँक्रो टिप्न र बिक्री गर्नमा निकै व्यस्त छन् । कृषि पकेट क्षेत्रका रूपमा परिचित जुकेपानी क्षेत्रका किसानलाई काँक्रो टिप्न भ्याइनभ्याइ छ । व्यावसायिक काँक्रोखेती गरेका किसानको घरमा मेला जाँदाजाँदै काँक्रोखेती लगाउन सिक्नुभएको ठिस्मा रानाले अहिले काँक्रोबाट मनग्य आम्दानी गर्नुभएको छ । रु १२ हजारको लगानीमा...