न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

११ औं पोखरा महोत्सवको तयारी पूरा
पोखरा, २५ पुस । ११ औंं पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक युनाईटेड क्लबले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुसको २७ देखी माघको ९ गतेसम्म पोखराको अमरसिंहचौरमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । महोत्सवको आम्दानीबाट पोखराको बीच भागबाट बग्ने सेनी नदी खोंचलाई एक साहशिक पर्यटकीय गन्तब्य निर्माण...
भारतमा भएको बस दुर्घटनामा १४ नेपालीको मृत्यु
पोखरा, २५ पुस । भारतमा भएको बस दुर्घटनामा परी १४ जना नेपालीको मृत्यु भएको छ । बस भारतको लखनउ नजिकै दुर्घटना भएको बताइएको छ । बस भारतको गुजरातबाट टीकापूर आउँदै गरेको थियो । मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनाको सबै विवरण आउन बाँकी छ ।
घट्यो इन्धनको मूल्य
पोखरा, २४ पुस । नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । मूल्य घटाएसँगै १७८ पर्ने पेट्रोल प्रतिलिटरको १७५, १ ७५ प्रतिलिटर डिजेल र मट्टितेलको मूल्य १७२ रुपैयाँ पर्नेछ ।
लाहाचोकका आमाहरुलाई सम्मान
पोखरा, २४ पुस । वैदेशिक रोजगार मञ्च लाहाचोकको आयोजना र माछापूच्छे« त्रिशक्ति युनाइटेड क्लबको समन्वयमा लाहाचोकका आमाहरूलाई सम्मान गरिएको छ । विभिन्न समयमा विभिन्न माध्यमबाट सामाजिक क्षेत्रमा योगदान दिनुभएका १८ जना आमाहरूलाई दोसल्ला, सम्मानपत्र, नगद र बाजागाजासहित सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ लोकदोहोरी गायिका हरिदेवी कोइराला, गाउँपालिका उपाध्यक्ष सीता अधिकारी, पूर्व उपाध्यक्ष...
शिक्षकलाई खेलकुदको तालिम दिन क्लबसँग गण्डकी विश्वविद्यालयको सम्झौता
पोखरा, २४ पुस । गण्डकी विश्वविद्यालय र पटिहानी फुटबल क्लब चितवनबिच खेलकुद प्रशिक्षक तालिम सञ्चालनका लागि सम्झौता भएको छ । व्याचलर इन स्पोर्टस् म्यानेज्मेन्ट (खेल व्यवस्थापन) गण्डकी विश्वविद्यालय र क्लबले खेल प्रशिक्षक तालिमको लागि सम्झौता गरेको हो । सम्झौताअनुसार माघ १८ देखि २१ सम्म तालिम चितवनका स्कूलका खेलकुद शिक्षक, क्लबका सदस्यलाई तालिम प्रदान गरिनेछ ।...
सल्लाह र सुझाव लिदै पोखरा २८
पोखरा, २४ पुस । पोखरा महानगरपालिका २८ ले वडाको समग्र विकासको योजना निर्माणको लागि वडाका विज्ञ तथा सरोकारवालाहरुसँग सल्लाह तथा सुझावहरु लिएको छ । कार्यक्रममा पोखरा महानगरपालिकाका निवर्तमान मेयर मान बहादुर जिसीले ऋषि तथा तपोभुमि रहेको यस ठाँउको विकास निर्माण गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । नेपाली काँग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीले पोखरा...
सात बुँदे माग सहितको पोखरा घोषणा पत्र जारी
पोखरा, २३ पुस । पोखरामा सम्पन्न जिल्ला समन्वय समिति महासंघ नेपालको चौथो राष्ट्रिय परिषद् बैंठकले सात बँुदे मागसहितको पोखरा घोषणा पत्र जारी गरेको छ । बैंठकले जिल्ला सभा व्यवस्थापन र समन्वय समिति संचालन ऐन तत्काल जारी गर्न माग गरेको छ । अविलम्ब ७ वटै प्रदेशबाट जिल्ला समन्वय समिति संचालन ऐन तत्काल जारी गर्न, जिल्ला समन्वय...
उपप्रधान तथा गृहमन्त्री लामिछाने विरुद्वको मुद्दामा के भयो निर्णय ?
पोखरा, २२ पुस । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्वको मुद्वामा अन्तरिम आदेश नदिने भएको छ । नागरिकता र राहदानी विवाद सम्वन्धी मुद्दाको आज सुनुवाइ गर्दै सर्वाेच्चले त्यस्तो निर्णय गरेको हो। उपप्रधान तथा गृहमन्त्री लामिछाने विरुद्वको मुद्दा र सर्वाेच्चले गर्ने निर्णयलाई निकै चासोका रुपमा हेरिएको थियो । यद्यपी मुद्दा विराचाधिन अवस्थामा रहने छ...
पृथ्वीनारायण क्याम्पसको अनुमती बिना सेती नदी माथि पुल निर्माण थालेपछि विरोध
पोखरा, २२ पुस। पृथ्वीनारायण क्याम्पसले भोगचलन गर्दै आएको जग्गाबाट क्याम्पसको स्वीकृती बिना सेती नदीमाथि पुल निर्माण गर्ने कार्य सुरु हुन थालेपछि क्याम्पसका विद्यार्थी एवं प्राध्यापक आन्दोलित भएका छन् भने क्याम्पस प्रशासनले विरोध गरेको छ । क्याम्पसले भोगचलन गर्दै आएको कि. नं. ८३३ को झन्डै २२३ रोपनी जग्गामा सो विवाद देखिएको हो । संघीय सडक सुपरिवेक्षण...
महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माण हुने
पोखरा, २० पुस। पोखरा महानगरपालिका वडा नं.९ महेन्द्रपुुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माणका लागि पोखरा महानगरपालिका र गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) बिच सम्झौता भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको रोहबरमा भएको सम्झौतामा महानगरपालिकाको तर्फबाट सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी र एनआरएनएको तर्फबाट कार्यकारी अध्यक्ष रविना थापाले हस्ताक्षर गर्नुभएको हो...
जिसस राष्ट्रिय परिषद् बैंठक पोखरामा हुने
पोखरा, १८ पुस। जिल्ला समन्वय समिति महासंघ नेपालको पूर्व निर्धारित चौथो राष्ट्रिय परिषद् बैठक पोखरामा हुनेभएको छ । पुस २२ र २३ गते हुने राष्ट्रिय परिषद् बैठकको राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने महासंघका अध्यक्ष नवराज गेलालले जानकारी दिनुभयो । जिल्ला समन्वय समिति महासंघको आयोजना र जिल्ला समन्वय समिति कास्कीको व्यवस्थापनमा बैठक हुन...
इक्यान कास्कीको अध्यक्षमा थापा
पोखरा, १७ पुस। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको ११ औ साधारणसभा तथा छैटौं अधिवेशनले रमेश थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा धन बहादुर शाही सन्तोष, सचिवमा कमल बराल र कोषाध्यक्षमा गणेश बहादुर कार्की रहनुभएको छ। त्यस्तै सदस्यहरुमा अनिल गौतम, बिश्वकल्याण अधिकारी, सुरेन्द्र बराल र रुद्र गिरी रहनुभएको छ।