न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई सम्मान
पोखरा, २४ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एव गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले लोकतान्त्रिक प्रणालीमा नेतृत्वले लोक अर्थात् आम नागरिकका कुरा सुन्न र आंफ्नो बारेमा गरिएको आलोचनालाई समेत मनन गर्न सक्नुपर्ने कुरामा जोड दिनुभएको छ । नेपाली कांग्रेस कास्कीको शुभेच्छुक संस्था समन्वय समितिद्वारा आयोजना गरिएको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै...
समस्यामा उद्योगी व्यवसायी
पोखरा, २३ माघ । कर्जाको ब्याजदर बढेको छ । अर्थतन्त्र संकुचनमा छ । बजारमा ‘चेक बाउन्स’का घटनाहरु बढ्दा छन् । कालोसूचीमा पर्ने व्यवसायीहरुको संख्या पनि पछिल्लो आर्थिक वर्षमा उकालो लागेको देखिएको छ । कतिसम्म भने व्यवसायीहरु लामो कथा लेखेर मृत्युवरण गर्न अभिषप्त भएका छन् । आखिर यो परिस्थितिको कारक हो र समस्याबाट निस्कने कसरी ?...
नेपाल वित्तिय संस्था कर्मचारी संघ कास्कीको अध्यक्षमा रानाभाट
पोखरा, २१ माघ । नेपाल वित्तिय संस्था कर्मचारी संघ कास्की जिल्ला कार्यसमितिको नवौं अधिवेशनले याम बहादुर रानाभाटको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा कृष्णप्रसाद वराल, सचिवमा सन्तोष सुवेदी, कोषाध्यक्षमा नवीन भण्डारी, र सदस्यमा शंकर भण्डारी, देवी लामिछाने, मुना जिसी, निलम लम्साल, सुनिता कार्की, गणेश आले, मञ्जु आले, अध्यक्षबाट मनोनित दुई सदस्यहरु...
चीनलाई होटल संघको अनुरोध पत्र
पोखरा, २१ माघ । चीनले यही माघ छ गते आफ्ना नागरिकका लागि सार्वजनिक गरेको गन्तव्य राष्ट्रको सूचीमा नेपाललाई पनि समावेश गर्न आग्रह गर्दै होटल संघ पोखरा नेपालले काठमाडौं स्थित चिनिया राजदूतावासलाई एक आग्रह पत्र बुझाएको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले नेपालका लागि चिनिया राजदूत छन सोङलाई लेखेको पत्रमा कोभिड १९ केही मत्थर हुँदै गर्दा...
आयोजक पोखरा महानगरपालिका ह्विलचेयर बास्केटबलको विजेता
पोखरा, २० माघ ।आयोजक पोखरा महानगरपालिकाको टिम प्रथम पुरुष तथा महिला ह्विलचेयर बास्केटबल प्रतियोगिताको विजेता बनेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिले शुक्रबार पोखरा रंगशालाको बास्केटबल कोर्टमा आयोजना गरेको प्रतियोगितामा आयोजक नै विजेता भएको हो । हरियोखर्क अस्पतालको टिम द्वितीय र महिला–पुरुष सहभागी मिक्स टिम तृतीय भए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले...
अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम
पोखरा, १८ माघ । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर २३ को टिमले जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको फाइनलमा वडा नम्बर २३ को महिला र पुरुष दुवै टिमले फाइनल जितेका हुन् । पुरुषतर्फ वडा नम्बर १६ द्वितीय र वडा नम्बर...
काँग्रेस युवा नेता श्रेष्ठको निधन
पोखरा, १७ माघ । नेपाली काँग्रेसका युवा नेता अमृत कुमार श्रेष्ठको आज निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा साँझ ६ बजे निधन भएको हो । उहाँ नेपाली काँग्रेस महासमिति सदस्य र नेपाल िकिसान संघको केन्द्रीय सदस्य रहनु भएको थियो । पोखरा १ निवासी श्रेष्ठ विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । उहाँको...
सातौं पोखरा स्पोर्ट्स अवार्ड बैशाख २२ मा
पोखरा, १७ माघ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ आगामी बैशाख २२ गते शुक्रबार हुने भएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीको मंगलबार पोखरा रंगशालामा बसेको १९ औं बैठकले अवार्ड कार्यक्रमको मिति तय गरी तयारी शुरु गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिनुभयो । सोही बैठकबाट नेपाल खेलकुद...
महिला पुरुष सचेतना कार्यक्रम
पोखरा, १७ माघ । लैगिंक हिंसा विरुद्ध पुरुषहरुको ऐक्यवद्धता महिला पुरुष सचेतना कार्यक्रम पोखरा महानगर वडा नम्वर ७ मा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर ७ का अध्यक्ष राममोहन आचार्यले यस कार्यक्रमले महिला पुरुष बिच सम विकासको सिद्धान्त लागु गराउने बताउनुभयो । साथै उहाँले कार्यक्रममा सक्रिय सहभागिता जनाउनका लागि सम्पूर्णलाई...
सोंथर बेँसी तथा सोंथर बेँसी टारी बजार मेला २०७९ बारे छोटो परिचय
झण्डै ३५ वर्ष पहिले सोंथर बेँसीमा हालको मादी गाउँपालिका वडा नं.–८ मा पर्ने नागीधार र पाखुरीकोट गाउँ र वडा नं. १० मा पर्ने भाचोक गाउँले संयुक्त रुपमा मिलेर धुमधामका साथ पुस १५ मा बजार तथा मेला आयोजना गरी मनाइन्थ्यो । सो मेला भर्न छिमेकी गाउँहरु रबैडाँडा, पोसी, पर्क्यु, गोर्जे, गहते, मिजुरे, मुग्ग्री, सैमराङ, वारचोक, बरालडाँडा,...
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुने मिति तोकियो
पोखरा, १६ माघ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुने मिति तोकिएको छ । निर्वाचन आयोगका अनुसार, फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गरिने भएको छ । निर्वाचनका लागि मतदान काठमाण्डौंमा हुनेछ । निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गरी निर्वाचन सम्वन्धी कार्यतालिका सार्वजनिक गरेको छ ।
टाइगरकप भलिबलको पुरुषतर्फ गण्डकी र महिलातर्फ एपिएफले जित्यो उपाधि
पोखरा, १४ माघ । ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ को पुरुषतर्फको उपाधि घरेलु टोली गण्डकी प्रदेशले जितेको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा सम्पन्न रोमाञ्चपूर्ण फाइनलमा विभागिय टोली शसस्त्र प्रहरीको एपिएफ क्लवलाई ३–२ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि जितेको हो...