न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

टर्कीमा फेरि भूकम्प
पोखरा, ९ फागुन । टर्कीमा सोमबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । टर्की र सिरियाको सिमामा भूकम्प गएको बताइएको छ । यो भूकम्पमा तीन जनाको मृत्यु र ६ सय बढी घाइते भएका छन् । क्षति बारे थप विवरण आउँन बाँकी छ । केही समय अघि गएको भूकम्पमा परी झण्डै ४४ हजारको मुत्यु भएको थियो...
पोखराका फोटो पत्रकार सुुरज श्रेष्ठलाई अन्तर्राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार
पोखरा, ७ फागुन । पोखराका फोटोपत्रकार सुुरेश कुमार श्रेष्ठ (सुुरज श्रेष्ठ) अन्तर्राष्ट्रिय फोटो पत्रकारिता पुुरस्कारबाट पुुरस्कृत हुनु हुने भएको छ । अमेरिकाबाट संचालित नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल “इन्जा” ले यस वर्ष देखि सुरु गरेको इन्जा फोटो पत्रकारिता पुरस्कारबाट श्रेष्ठ पुरस्कृत हुन लाग्नुभएको हो । यही फागुनको १६ गते काठमाडौंमा आयोजना गरिने कार्यक्रममा पाँच सय अमेरिकी...
सकियो सोंथर बेँसी टारी बजार मेला 
पोखरा,५ फागुन । सोंथर बेँसी टारी बजार मेला – २०७९ सकिएको छ । फागुन १ देखि ३ गतेसम्म चलेको मेला करिब पाँच हजार दर्शकले अवलोकन गरेको बताइएको छ ।  मेलामा सहभागिताका पोखरा र लमजुङका विभिन्न स्थानबाट समेत दर्शकहरु पुगेका थिए । ‘उत्साहजनक रुपमा मेला सफल भएको ठानेका छौं, आयोजक सोंथर बेँसी विकास समितिका अध्यक्ष ओम...
पत्रकार पाठकलाई मातृशोक
फागुन, ४ पोखरा । पोखरामा पत्रकार केशव पाठकलाई मातृशोक परेको छ । उहाँकी आमा नैन कुमारी पाठकको ८० वर्षको उमेरमा बिहीबार आफ्नै निवासमा निधन भएको हो । उच्च रक्तचाप, मधुमेह लगायतका रोगबाट प्रभावित पाठकको आज नै अन्तिम संस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ । स्वर्गीय पाठकका श्रीमान्, चार छोरा र २ छोरी हुनुहुन्छ । यसैबीच,...
१७ औं पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पूरा
फागुन, ४ पोखरा । नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुन ६ गते शनिवार हुने १७ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ । मञ्चले आज पोखरामा पत्रकार सम्मेलन गरी तयारी बारे जानकारी गराएको हो । आगामी शनिवार पोखरा रंगशालामा बिहान ६ बजेबाट हुने कार्यक्रममा सहभागिताका लागि विभिन्न विद्यामा हालसम्म झण्डै ८ हजार जनाले...
सार्वजनिक विदा न्युनिकरण गर्न सरकारलाई सांसद थापाको ध्यानार्कषण
पोखरा, ४ फागुन । गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले सार्वजनिक विदालाई न्युनिकरण गर्न सरकारको ध्यानार्कषण गराउनु भएको छ । बुधबार सदनमार्फत उहाँले ध्यानार्कषण गराउनु भएको हो । प्रदेश सभाको शुन्य समयमा बोल्दै थापाले नेपालमा सरकार परिवर्तन सँगै सार्वजनिक विदा थप्ने होडबाजी नै चलिरहेको उल्लेख गर्नुभयो...
संचारकर्मी हुँदै सुदीप निर्माता
पोखरा, ३ फागुन । पोखरामा रहेर संचारकर्म गर्दै आउनुभएका सुदिप पौडेल निर्माता बन्नु भएको छ । पौडेलद्वारा निर्माण भएको चलचित्र ‘ए साथी सुन’ चैत १० मा देशव्यापी प्रदर्शन हुन लागेको हो । उहाँ फिल्मका सह—निर्माता हुनुहुन्छ । लभस्टोरी, कमेडी र लाइट थ्रिलर जनरामा बनेको फिल्ममा वर्षा सिवाकोटीको प्रमुख भूमिका छ । रामराघव आचार्यले फिल्मलाई निर्देशन...
मन्त्री र पत्रकारको अन्तरक्रिया
पोखरा, २ फागुन । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री रोशन बहादुर गाहामगरले मङ्गलबार पोखराका अग्रज तथा क्रियाशील पत्रकारहरुसँग अन्तरक्रिया गर्नुभएको छ । कार्यक्रममा मन्त्री गाहामगरले आफू मिडियामैत्री रहेको बताउनुभयो । उहाँले मिडिया विधेयक पारित गर्ने सन्र्दभमा पत्रकारहरुको राय र प्रतिक्रिया अनुसार अगाडी बढ्ने स्पष्ट पार्नुभयो । मन्त्री गाहामगरले प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी...
पोखरा औद्योगिक क्षेत्रमा वातावरणीय प्रदूषणको अवस्था पत्ता लगाउन विज्ञ टोली बनाइने
पोखरा, २ फाल्गुन । पोखरा औद्योगिक क्षेत्रमा वातावरणीय प्रदूषणको हालको अवस्था पत्ता लगाउन विज्ञ टोली बनाइने भएको छ । औद्योगिक क्षेत्रबाट निस्कने ढल तथा वातावरणीय प्रदूषणको उचित व्यवस्थापन सम्बन्धमा पोखरा महानगरपालिकाद्धारा आयोजित छलफल कार्यक्रम यस्तो समझदारी गरिएको हो । टोलीले वातावरणीय प्रदूषणको अवस्थाका बारेमा प्रतिवेदन तयार गरी बुझाउने छ । पोखरामा पछिल्लो समय वातावरणीय प्रदूषण...
पोखरामा फागुन ५ र ६ गते महाशिवरात्री विश्वसंगीत महोत्सव हुने
पोखरा, १ फागुन । पोखरामा फागुन ५ र ६ गते महाशिवरात्री विश्वसंगीत महोत्सव हुने भएको छ । ३४ वर्ष अगाडि स्थापना भएको नमस्ते ब्याण्डले १६ औं महाशिवरात्री विश्वसंगीत महोत्सवको आयोजना गरेको हो । कार्यक्रममा पोखरा लेकसाइड स्थित बाराही घाटमा हुनेछ । महाशिवरात्रीको समयमा आयोजित सांगीतिक कार्यक्रममा यसपाली अमेरिका, जापान, भारतका कलाकारको प्रस्तुति रहने नमस्ते ब्याण्डका...
फागुन १ गते सार्वजनिक बिदा
पोखरा, २९ माघ । सरकारले फागुन १ गते सोमबार देशभर सार्वजनिक बिदा दिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले जनयुद्व दिवसको अवसरमा नेपाल राज्यभर बिदा दिने निर्णय गरेको गृह मन्त्रालयको सूचनामा उल्लेख छ ।