न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

सातौं पोखरा स्पोर्ट्स अवार्डको तयारी तीव्र
पोखरा, १० चैत । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को तयारी तीव्र पारिएको छ । आगामी वैशाख २३ गते शनिवार पोखरा सभागृह हलमा आयोजना गरिने अवार्ड कार्यक्रमलाई सफल बनाउन शुक्रबार मञ्चका पूर्व अध्यक्ष, सल्लाहकार सहितको छलफल बैठक सम्पन्न भएको छ । बैठकमा अवार्ड कार्यक्रमलाई कसरी व्यवस्थित रुपमा...
फेवा महोत्सवले होटलको अकुपेन्सी बढाउने आसा
पोखरा, ९ चैत । नयाँ बर्षका अवसरमा पोखराको लेकसाइडमा आयोजना हुने १८ औं फेवा नबवर्ष महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समितिले काम थालेको छ । यसका लागि समिति अन्तर्गत विभिन्न उपसमितिहरु गठन गरिएको आयोजक होटल संघ पोखरा नेपालले जनाएको छ । चैत २९, ३० र वैशाख १ गते पोखराको लेकसाइड स्थित अम्मटदेखि हल्लनचोकसम्मको सडकमा...
आँधीखोला सामुदायिक वनको अध्यक्षमा क्षेत्री
पोखरा, ९ चैत । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल आँधीखोला गाउँपालिका स्याङजाको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले देव बहादुर क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्वत चयन गरेको छ । पाँच बर्षे कार्यकाल रहेको सो समितिको उपाध्यक्षमा डिलकुमारी लामिछाने, सचिवमा कल्पना पौडेल, कोषाध्यक्ष कुलप्रसाद पोख्रेल, सहसचिव विष्णुप्रसाद पौडेल र सदस्यहरुमा कल्पना सुनार,रुद्र केसी, भिमप्रसाद पौडेल,मेघनाथ ढकाल,...
पोखरामा अनलाईन पत्रकारिता तालिम हुने
पोखरा, ८ चैत । अनलाइन पत्रकार संघ गण्डकीको आयोजनामा आगामी बैशाख २ गतेदेखि ४ गतेसम्म अनलाईन पत्रकारिता तालिम सञ्चालन हुने भएको छ । गणेश बरालको अध्यक्षतामा नवनिर्वाचति कार्यसमितिको बुधबार बसेको बैठकले पोखरामा अनलाईन पत्रकार संघ गण्डकीमा आवद्ध संचारकर्मी, पत्रकार र सम्पादकहरुलाई लक्षित गरि तालिम सञ्चालन गर्ने निर्णय गरेको हो । साथै कास्की जिल्लामा रहेर अनलाईन...
आलु महोत्सवलाई आमा समूहले सघाउने
पोखरा, ७ चैत । चैत्र २६ गतेदेखि वैशाख ३ गतेसम्म हुने ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई सफल बनाउन हेमजाका आमा समूहले सक्दो सहयोग गर्ने भएका छन् । मूल आयोजक समितिले गरेको आमा समूहको भेलामा आलु महोत्सवले हेमजालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएको भन्दै सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरिएको छ । कामधेनु महिला कृषक...
जातीय विभेद र छुवाछुतप्रति शून्य सहनशीलता सुनिश्चित गर्न इन्सेकको माग
पोखरा, ७ चैत । कुनै न कुनै रूपमा नेपालमा आज पनि विद्यमान जातीय विभेद तथा छुवाछुतको सम्पूर्ण रूपमा अन्त्य गरी शून्य सहनशीलता सुनिश्चित गर्न इन्सेकले माग गरेको छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा आज जारी विज्ञप्तिमा नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदाय समक्ष गरेको प्रतिवद्धता, संविधान र कानुनअनुसार दलित समुदायको मानव अधिकार, आत्मसम्मान र सामाजिक न्याय...
पत्रकार भुसाल पुरस्कृत
पोखरा, ६ चैत । पोखराका क्रियाशील पत्रकार विभु भुसाल पुरस्कृत हुनुभएको छ । प्र्रेस सेन्टर नेपाल कास्कीको वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा सेन्टरले सञ्चालन गर्दै आएको ‘थमन महेश स्मृति पत्रकारिता पुस्कार’बाट भुसाल पुरस्कृत हुनुभयो । जनपक्षिय पत्रकारितामा दुई दशकदेखी क्रियाशील पत्रकार भुसाललाई नेकपा(माओवादी केन्द्र)का महासचिव देव गुरुङ, सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा, कास्कीका अध्यक्ष कृष्ण...
रेवान कपको उपाधी नवीनलाई, डबल्सतर्फ अनुज र नवीन विजयी
चैत, ५ पोखरा । नवीन श्रेष्ठले तेस्रो संस्करणको रेवान पोखरा कप भेट्रान्स टेनिस प्रतियोगिताको उपाधि जित्नु भएको छ । आइतबार भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन राजन पौडेललाई पराजित गर्दै नवीनले पहिलोपटक यो उपाधि आफ्नो नाम गराउनुभयो । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरा रंगशालामा सम्पन्न प्रतियोगितामा पहिलो सेटमा ४–२ ले...
बन्ने भयो पञ्चासे जैविक विविधता पार्क
पोखरा, ५ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ अन्तर्गत पर्ने टाँडीबिसौनीमा पञ्चासे जैबिक विविधता पार्कको प्रारम्भिक निर्माण कार्य शुरु हुने भएको छ । प्रदेश सरकारको सहयोगमा निर्माण हुने सो पार्क पञ्चासे सुनाखरी पदमार्गको प्रस्थानबिन्दुमा रहेको छ। अध्ययन, अवलोकन, परिभ्रमण र होमस्टे बसाईँका निम्ति आउने पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले सो पार्कको काम थालनी गरिएको...
महर्षी गुरुकुलमा ज्योतिषि सुनझाँक्रीको सहयोग
पोखरा, ४ चैत । महर्षी गुरुकुल वेद विद्याश्रम पोखरा ३ नारायणस्थानमा अध्ययनरत विद्यार्थी र शिक्षक कर्मचारीका लागि दौरा सुरुवाल सहयोग गरिएको छ । कमाएको धनबाट दश प्रतिशत दान गर्ने मनसायबाट प्रेरित भएर पोखरा ७ स्थित रत्नचोक निवासी ‟ जय शम्भो भयार ऐरी सुनझाँक्री ज्योतिषि सेवा”का ज्योतिषि सुनझाँक्रीको परिवारद्वारा सहयोग गरिएको हो । विद्याश्रममा आयोजित कार्यक्रममा...
जनकविकेशरी धर्मराज थापाको स्मृतिमा लोकगीत प्रतियोगिता
पोखरा, ४ चैत । जनकविकेशरी धर्मराज थापाको स्मृतिमा पोखरामा लोकगीत प्रतियोगिता हुने भएको छ । धर्मराज—सावित्री थापा प्रतिष्ठानले आयोजना गरेको उक्त प्रतियोगिता यही चैत ६ देखि ११ गतेसम्म हुनेछ । प्रतियोगितामा नेपालका सबै जिल्लाका कलाकारहरु सहभागी हुन पाउने प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो अडिसन चैत ६ गते हुनेछ । अडिसन...
अन्नपूर्णमा सामुदायिक सेवा केन्द्र वगरको सचेतना कार्यक्रम
पोखरा, ३ चैत । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरको आयोजनामा कास्कीको अन्नपूर्ण गाँउपालिकामा लैड्डिक तथा घरेलु हिंसा सम्वन्धि सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अन्नपूर्ण गाँउपालिका–३ लक्ष्मी देउराली स्थित सामाजिक वातवरणीय आमा समूहको व्यवस्थापनमा भएको कार्यक्रममा ६० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायव...