न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

सामुदायिक सेवा केन्द्र वगरको भित्ते पात्रो विमोचन
पोखरा, २८ चैत । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरले प्रकाशन गरेको भित्ते पात्रो विमोचन गरेको छ । त्यस अवसरमा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान, सुरक्षासँग सम्वन्धित अन्तरक्रिया कार्यक्रम तथा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकलाई स्वागत तथा सम्मान गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी...
मानव बेचबिखन र साइवर अपराध सम्वन्धी अभिमुखिकरण कार्यक्रम
पोखरा, २८ चैत । शुभ अवसर ग्राम नेपालले मानव बेचबिखन र साइवर अपराध सम्वन्धी अभिमुखिकरण गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगर र नेपाल रेडक्रस सोसाइटी उपशाखा १ वगरको सहयोगमा अभिमुखिकरण कार्यक्रम गरिएको हो । अभिमुखिकरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकाहाले...
बिहान ७ बजेदेखि नै सवारी नवीकरण र कर बुझाउन सकिने
पोखरा, २७ चैत । यातायात व्यवस्था कार्यालय, सवारी कास्कीले सवारी साधनको नवीकरण र कर बुझाउने सेवाग्राहीका लागि बिहान सात बजेदेखि सेवा संचालन गर्ने भएको छ । कार्यालयका अनुसार, बिहान सात बजेदेखि साँझ ६ बजेसम्म सवारी नवीकरण र कर बुझाउन सकिने छ । चैत मसान्त सँगै कार्यालयमा सेवाग्राहीको अत्याधिक भिडभाड भएकाले सेवाग्राहीको सहजताका लागि सेवा अवधि...
तालचोक–बेगनास सडक खण्डको शिलान्यास
पोखरा, २७ चैत । तालचोक–बेगनास सडक–खण्डको सोमबार शिलान्यास गरिएको छ । वर्ल्ड बैङ्कको सहयोगमा स्तरोन्नति गर्न लागिएको उक्त सडकको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक कार्यक्रमका बिच शिलान्यास गर्नुभएको हो । निकै लामो समयदेखि निर्माणको चर्चा चलिरहेको यस सडक खण्डको निर्माण पछिल्लो पटक तोकिएको समय भित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई प्रमुख आचार्यले निर्देशन दिनुभयो ।...
आलु महोत्सव सुरु
हेमजा, २६ चैत । हेमजामा आइतवार देखि आलु महोत्सव सुरु भएको छ । सुन्दर ठाउँ हेमजा जाआँैं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव सुरु गरिएको हो । महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका कृषि उर्जा तथा जलस्रोत मन्त्री वेद बहादुर गुरुङले प्रदेश सरकार किसानको पक्षमा रहेको...
आलु महोत्सवको तयारी पूरा
हेमजा, २५ चैत । चैत्र २६ देखि वैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी पूरा भएको छ । आयोजक विष्णुपादुका क्लवले महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र आइतबार बिहान १० बजे मिलनचोकबाट शोभायात्रा निकालिने जनाएको छ । महोत्सवको गण्डकी प्रदेशका कृषि, उर्जा तथा जलस्रोत मन्त्री वेद बहादुर गुरुङले...
नीतिगत तहमा नै हाम्रा एजेण्डा पु¥याउन आवश्यक छ – आत्रेय
पोखरा, २५ चैत । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले उम्मेदवारी दिनुभएको छ । साना तथा मझौला व्यवसायीलाई वर्तमान अवस्थामा परेका समस्या नीतिगत रुपमा सुधार तथा समाधान गर्न आवश्यक रहेको र आफू त्यसका लागि काम गर्ने तयारीसहित महासंघमा जान लागेको उहाँको भनाइ छ ।...
काठमाडौंवासिलाई फेवा महोत्सवको निम्ता
पोखरा, २५ चैत । यही चैत २९ गतेबाट पोखरामा संचालन हुने तीन दिने १८ औं फेवा नब वर्ष महोत्सवमा सहभागिताका लागि होटल संघ पोखरा नेपालले काठमाडौंवासिलाई निमन्त्रण प्रदान गरेको छ । संघले हालै काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाली संस्कृतिको संरक्षण गर्दै नयाँ बर्षलाई धुमधामका साथ मनाउन लेकसाइड स्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्म आयोजना हुने महोत्सवमा भाग...
सार्वजनिक सम्पत्तिमा हुने हस्तक्षेप र मिचाहा प्रवृत्ति स्वीकार्य हुँदैन – कार्की
पोखरा, २४ चैत । पोखरा महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष बोध बहादुर कार्कीले मापदण्ड मिचेर संरचना बनाए भत्काइदिने चेतावनी दिनुभएको छ । हवेली मार्ग हुदैं मान्द्रेढुङ्गा जाने ढलान बाटोको शुक्रवार उद्घाटन गदै वडाध्यक्ष कार्कीले कानून विपरीत काम गरे खरो रुपमा उत्रने चेतावनी दिनुभयो । जनताको दुःख, सुखमा साथै छु, समस्या लिएर आउनुहोस् समाधान गर्छु...
पत्रकार महासंघ कास्कीले चार पत्रकारसहित एक संस्थालाई सम्मान गर्ने
पोखरा, २४ चैत । नेपाल पत्रकार महासंघ कास्कीले पोखरामा क्रियाशील चार जना पत्रकारसहित एक संस्थालाई सम्मान गर्ने निर्णय गरेको छ । महासंघको शुक्रबार सम्पन्न बैठकले पत्रकारितामार्फत समाज, राष्ट्र, लोकतन्त्र र महासंघको संस्थागत विकासमा योगदान पुर्याउने पत्रकार र संस्थालाई सम्मान गर्ने निर्णय गरेको महासंघका सचिव माधव बरालले जानकारी दिनुभयो । जसअनुसार पत्रकार महासंघद्वारा स्थापित पोखरा पत्रकारिता...
सांदीपन प्रि–स्कूलमा पुरस्कार वितरण
पोखरा, २३ चैत । पोखरा १३ सिग्देल मार्ग स्थित सांदीपन प्रि–स्कूलमा विहीबार विविध कार्यक्रम सहित पुरस्कार वितरण गरिएको छ । शैक्षिक वर्ष २०७९ मा उत्कृष्ट भएका विद्यार्थी र विभिन्न क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको हो । स्कूलले बालबालिकाको पढाई, सिकाई सँगै बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान गर्ने उद्देश्य लिएको छ । स्कूलमा प्रि–नर्सरी, नर्सरी,...
उद्गम टोल विकास संस्थाको साधारण सभा
पोखरा, २२ चैत । पोखरा महानगरपालिका वडा नं १३ स्थित उद्गम टोल विकास संंस्थाको सातौं साधारण सभा सम्पन्न भएको छ । त्यस अवसरमा संस्थाका सदस्यका छोराछोरी मध्य विभिन्न शैक्षिक तह उतिर्ण गर्ने अस्विन बास्तोला र रुफिन सुवेदीलाई सम्मान गरिएको थियो । त्यस्तै खेलाडि युवराज भण्डारीलाई सम्मान गरिएको थियो । टोल बाट स्थानान्तरण हुनुभएका सरस्वती गुरुङ,...