न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

अन्नपूर्णमा बजार अनुगमन, यस्तो भेटियो अवस्था
पोखरा, ६ वैशाख । कास्कीको अन्नपूर्ण गाउँपालिकाले बजार अनुगमन गर्न सुरू गरेको छ । गाउँपालिका उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन शाखा प्रमुख नारायण क्षेत्री संयोजकत्वको टोलीले मंगलबारदेखि गाउँपालिकाका रेष्टुरेन्ट र किराना पसलमा अनुगन सुरू गरेको हो । बजार अनुगमनसम्बन्धी कार्यविधि २०७४ सालमा बने पनि गाउँपालिकाले बजार अनुगमन गरेको यो पहिलोपटक हो । २ महिनाअघि...
पटनाबाट भारतीय शहरमा प्रवद्र्धन सुरु
–वासुदेव पौडेल पटना(भारत), ४ वैशाखः नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् पोखरा महानगरपालिकाको सहयोगमा भारतका प्रमुख शहरहरूमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ पोखराबाट हिडेको पर्यटन व्यवसायीको टोलीले पटनाबाट प्रवद्र्धनात्मक कार्यक्रम थालेको छ । कोभिड १९ को प्रभाव एवम् अन्य विभिन्न घटनाक्रमले पर्यटन क्षेत्र प्रभावित भैरहेका अवस्थामा नेपालको लागि महत्वपूर्ण पर्यटन...
सच्चाई काँहुखोलामा ज्येष्ठ नागरिकलाई सम्मान
पोखरा, ४ वैशाख । ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपाल काँहुखोला शाखाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । त्यस अवसरमा ७० वर्ष भन्दा बढी उमेर पुग्नुभएका ३६ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । ज्येष्ठ नागरिक समाजको गहना भएको र उहाँहरुको योगदानको कदर गर्दै सम्मान गरिएको हो । संस्थाका अध्यक्ष राम बहादुर खत्री र...
खानेपानी नियमित गर्न होटल संघको माग
पोखरा, ४ वैशाख । होटल संघ पोखरा नेपालले पर्यटकीय क्षेत्र बैदाममा खानेपानीको अभाव सुल्झाउन नेपाल खानेपानी संस्थानसँग आग्रह गरेको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा संस्थानको पोखरा कार्यालयमा पुगेको व्यवसायीको टोलीले त्यस्तो आग्रह गरेको हो । धारामा पानी नआउने र आए पनि नियमित नआउने गरेको विषय अवगत गराउन व्यवसायी संस्थानमा पुगेको संघका अध्यक्ष लक्ष्मण...
सकियो आलु महोत्सव,पाँच करोडको कारोबार
हेमजा, ३ बैशाख । चैत २६ गतेदेखि सुरु ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सकिएको छ । समापन समारोहका बीच कृषक सम्मान, कृषक परिचयपत्र वितरण, कृषि एम्बुलेन्स प्रदर्शनी लगायत विभिन्न पुरस्कार वितरण गरिएको छ । पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको समन्वयमा विभिन्न वडाका उत्कृष्ट २४ किसानलाई सम्मानपत्र सहित नगदले सम्मान गरिएको हो...
युनाइटेड क्लबद्धारा भुलभुला आधारभूत विद्यालयमा पुस्तकालय स्थापना
पोखरा, ३ वैशाख । युनाइटेड क्लब पोखराले पोखरा ३३ तल्लो पुँडिटारमा रहेको भुलभुला आधारभूत विद्यालयमा पुस्तकालय स्थापना गरेको छ । क्लबको १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रम अन्तर्गत विद्यालयमा स्थापना गरिएको पुस्तकालय हस्तान्तरण गरेको हो । पुस्तकालयको पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले उद्घाटन गर्दै युनाइटेड क्लबद्धारा स्थापना गरिएको पुस्तकालयको...
महेन्द्रपुलमा संसारका झन्डाहरू फहराउने गरी झन्डा पार्क निर्माण गर्दै महानगर
पोखरा, २ वैशाख ।पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गरिने भएको छ । लायन्स क्लब लफ इन्टरनेश्नलको आर्थिक सहयोगमा निर्माण गरिने उक्त पार्कको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नयाँ वर्ष २०८० को अवसरमा शिलान्यास गर्नुभएको हो । पार्कको शिलान्यास गर्दै प्रमुख आचार्यले चार तहको प्यारा फिट शैलीमा निर्माण गरिने पार्कमा सबै देशको नाम सहितका पिल्लरहरु...
पोखरा–३० मा ढलान बाटो उद्घाटन
पोखरा, १ वैशाख । पोखरा महानगरपालिका वडा नं ३० को शिशुवामा शिशुवा नौबिसे टोलमा निर्माण गरिएको ढलान बाटोको उद्घाटन गरिएको छ। महानगरपालिका तथा उपभोक्ताको संयुक्त लगानीमा २२ लाख ८ हजार रुपैयाँ लागतमा निर्माण भएको एक सय ४८ मिटर ढलान बाटोको पोखरा महानगरपालिका वडा नं ३० का वडा अध्यक्ष दुर्गा बहादुर सुबेदी र निवर्तमान वडा अध्यक्ष...
नव वर्षका अवसरमा एगाद्वारा बाल आश्रममा सहयोग
पोखरा, १ वैशाख । इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसियन(एगा) पोखराले नयाँ वर्ष २०८० का अवसरमा पोखरा महानगरपालिका वडा नं १९ लामाचौरस्थित कल्याणी बाल आश्रममा खाद्यान्न सहयोग गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष विभिन्न आश्रमममा सहयोग गर्दै आएकोमा यस वर्ष पनि लगभग ३५ हजार रुपैयाँ बराबरका खाद्यान्न सहयोग गरेको एगा पोखराका अध्यक्ष इन्द्रप्रसाद भण्डारीले...
डुङ्गा दौडमा तालपारी समूह प्रथम
पोखरा, ३० चैत । पोखरामा जारी तीन दिने १८ औं फेवा नब वर्ष महोत्सव अन्तर्गत दोश्रो दिन विहिबार फेवा तालमा आयोजित डुंगा दौड प्रतियोगितामा तालपारी समूह प्रथम भएको छ । यसैगरी बाराही घाट ए द्वितीय भयो भने बाराही घाट डी ले तृतीय स्थान हासिल गरेको छ । गौरीघाट बी समूहले सान्त्वना स्थान प्राप्त गरेको छ...
बर्दिया पोखरा सम्पर्क समाजको अध्यक्षमा पौडेल
पोखरा, ३० चैत । बर्दिया पोखरा सम्पर्क समाजको तेस्रो अधिवेशन तथा पाँचौं साधारण सभाले केशवराज पौडेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्ष सुरेशराज सुवेदी, उपाध्यक्ष पुष्पा मरासिनी, महासचिव तोया अधिकारी, सचिव पदमप्रसाद ढकाल, कोषाध्यक्ष रामप्रसाद अधिकारी, सहकोषाध्यक्ष विन्दु अधिकारी हुनुहुन्छ । सदस्यहरुमा उषा रिमाल, सीता थारु, दर्पण थारु, रंगिला बास्तोला, ज्योति...
आलु महोत्सवमा दर्शक सहभागिता बढ्दो
हेमजा, २९ चैत। हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइपुग्दा दर्शक सहभागिता हवात्तै बढेको छ । महोत्सवमा आलु किन्नेको भिड देखिन्छ भने अवलोकनका लागि समेत कास्कीका विभिन्न स्थान लगायत छिमेकी जिल्लाबाट समेत मानिसहरु आउने क्रम बढ्दो छ । बुधवार मात्रै करिव पाँच हजार दर्शकले महोत्सव अवलोकन गरेको मूल आयोजक समितिका अध्यक्ष...